कैलालीको गोदावरी सामुदायिक वन क्षेत्रमा अतिक्रमण हटाउने अभियान सुरु

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी /कैलालीको गोदावरी सामुदायिक वन क्षेत्रमा अतिक्रमण हटाउने अभियान सुरु गरिएको छ। डिभिजन वन कार्यालय धनगढी र गोदावरी सामुदायिक वनको संयुक्त पहलमा अतिक्रमित क्षेत्र खाली गराउने कार्य अघि बढाइएको हो।

सामुदायिक वनका अध्यक्ष निर्मल कुमार मगरका अनुसार वन क्षेत्रको भ्यागुते पानी आसपासका भागमा पछिल्लो समय अनधिकृत रूपमा घरटहरा निर्माण बढ्दै गएपछि नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको हो।

अभियानअन्तर्गत अतिक्रमण गरी बनाइएका संरचना भत्काउने कार्य सुरु भइसकेको छ भने आवश्यक परे थप कडाइ गरिने जनाइएको छ। वन क्षेत्र संरक्षण, जैविक विविधता जोगाउने तथा प्राकृतिक स्रोतको दिगो उपयोग सुनिश्चित गर्न यस्तो कदम चालिएको अध्यक्ष मगरले बताए। स्थानीयवासीलाई पनि वन अतिक्रमण नगर्न र संरक्षणमा सहयोग गर्न आग्रह गरिएको छ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख वरिष्ठ डिभिजनल वन अधिकृत राम बिचारी ठाकुरले सामुदायिक वन जमिन अतिक्रमण गरि लगायको मकै , तरकारी बाली करिब २ हेक्टर जमिन खाली गरियको छ भने वन अतिक्रमण गरि बनाएका १५/१६ घरटहरा हटाइएको बताए ।
डिभिजनलन बन अधिकृत ठाकुरले भने अब कैलालीमा वन अतिक्रमण हटाउने कार्य अब निरन्तरता दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Online Spielautomaten: Aussie Pokies Go Digital

Expert Article: UK Casinos Not on Gamstop

Casino mit MGA Lizenz: Alles, was Sie wissen müssen

Roulette with Live Dealer USA Fast: Everything You Need to Know

Roulette Strategies UK Popular: A Comprehensive Guide

Free Casino Slots Can Be Great Games To Play Before You Get Paid

सम्बन्धितखवर

छुटाउनु भयो कि !