कैलालीका उत्कृष्ट खेलाडीहरु सम्मानित हुदैं

शेयेर गर्नुहोस


धनगढी/ कैलाली जिल्लाका उत्कृष्ट खेलाडीहरु सम्मानित हुने भएका छन् । कैलाली जिल्ला खेलकुद समितिको आयोजनामा पछिल्लो आर्थिक बर्षमा उत्कृष्ट प्रदर्शन गरेका विभिन्न खेलका खेलाडीहरुलाई नगद सहित सम्मान गर्न लागिएको हो ।

आर्थिक बर्ष २०८०/८१ सालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीता जनाएर पदक जित्न सफल खेलाडीहरुलाई भोली मंगलबार सम्मान कार्यक्रम आयोजना गरी सम्मानित गर्न लागेको कैलाली जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तथा कार्यक्रमका संयोजक आश्रम केसीले जानकारी दिए । उनका अनुसार बर्ष खेलाडी महिला र पुरुष तथा युवा खेलाडी महिला र पुरुष गरी ४ विधाका उत्कृष्ट खेलाडीहरुलाई नगद सहित सम्मान गरिन लगेको हो । ‘कैलाली जिल्लामा क्रियासिल सम्पुर्ण खेल संघहरुलाई सक्रिय बनाउनका लागि कार्यक्रम गर्न लागेका हौं ।’ कार्यक्रम संयोजक केसीले भने–‘यो कार्यक्रमले खेलाडी, प्रशिक्षक र खेल संघलाई उत्प्रेरित गर्न र कैलाली जिल्लामा खेलकुदको विकासको गति बढ्ने अपेक्षा लिएका छौं ।’

कैलाली जिल्ला खेलकुद समितिमा आयोजना हुने सम्मान कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह रहेका छन् । त्यस्तै सुदुरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातारण मन्त्री लक्ष्मणकिशोर चौधरी र नेपाल कराँते महासंघका महसचिव तथा नेपाल सितोरियो कराँते संघका अध्यक्ष दावा गुरुङ विशिष्ठ अतिथि रहनेछन् । कार्यक्रमभन्दा अगाडी धनगढीको चौराहदेखि कभर्डहलसम्म प्रभातफेरीको आयोजना गरिएको छ । कैलालीमा पहिलो पटक खेलाडी सम्मान कार्यक्रमको आयोजना गरेको कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललीत खत्रीले जानकारी दिए । उनका अनुसार उत्कृष्ट चार विधाका खेलाडीसँगै जिल्लाको एउटा उत्कृष्ट पालिकालाई पनि सम्मान गरिनेछ । ‘यो पहिलो प्रयास हो । आगामी बर्षहरुमा यसलाई परिस्कृत गर्दै लैजानेछौं ।’ अध्यक्ष खत्रीले भने ।

कराँते खेलाडी एरिका गुरुङलाई नगद दुई लाख सहित सम्मान गरिने : सुदुरपश्चिम प्रदेश कराँते महासंघले पनि उत्कृष्ट कराँते खेलाडीलाई कार्यक्रममा सम्मान गर्ने भएको छ । १९ औं एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक जिताउने कराँते खेलाडी एरिका गुरुङलाई नगद दुई लाख सहित सम्मान गरिने भएको हो । यस कार्यका लागि सुदुरपश्चिम प्रदेशका अन्तराष्ट्रिय कराँते खेलाडी जनक खड्काले नगद दुई लाख दिएका छन् । उनले १९ औं एसियाली खेलकुद प्रतियोगिता अघि नै एसियाडमा कराँते खेल तर्फ स्वर्ण रजत र कास्य पदक जित्ने कराँते खेलाडीलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख पुरस्कार प्रदान गर्ने घोषणा गरेकोमा सोही अनुसार रजत पदक विजेता एरिकालाई नगद दुई लाख सहित सम्मान गर्न लागिएको हो ।

८ औं दक्षिण एसियाली कराँते प्रतियोगिताका खेलाडीलाई पनि नगद प्रदान गरिने

८ औं दक्षिण एसियाली कराँते प्रतियोगिताका खेलाडीलाई पनि नगद प्रदान गरिने भएको छ । भुटानमा भएको प्रतियोगिताको सुदुरपश्चिम छनोट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले पुर्व घोषणा गरे अनुसार नगद एक लाख सहित सम्मान गरिने भएको हो । सो प्रतियोगितामा सुदुरपश्चिम प्रदेशका ६ खेलाडी सहभागी भएकोमा यस प्रदेशका खेलाडीहरुले एक स्वर्ण र चार कास्य पदक जितेका थिए । पदक विजेता र सहभागी खेलाडीहरुलाई पदक अनुसार नगद पुरस्कार प्रदान गरिने सुदुरपश्चिम प्रदेश कराँते महासंघका अध्यक्ष त्रिलोक पाण्डेयले जानकारी दिए । उनका अनुसार सोही कार्यक्रममा सुदुरपश्चिममा कराँते खेलको विकास र विस्तारमा योगदान दिएका व्यक्तित्वलाई पनि सम्मान गरिनेछ ।

प्रथम प्रदेश स्तरीय रेफ्री तथा कोच सेमिनार हुने
सुदुरपश्चिम प्रदेश कराँते महासंघको आयोजनामा सुदुरपश्चिम प्रदेश स्तरीय रेफ्री तथा कोच सेमिनार पनि आयोजना हुने भएको छ । कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाहरुका २ सयभन्दा वढी प्रशिक्षक र रेफ्रीहरुको रहभागीता रहने भएको छ । प्रदेशमा कराँतेको स्तरलाई अझ माथि उठाउनका लागि कार्यक्रम गर्न लागेको सुदुरपश्चिम प्रदेश कराँते महासंघका सचिव वहादुर सिंह ओडले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Veliki Svet za Zabavo pri Grand Mondialu

Estructuras sólidas para ganar con estrategias innovadoras en spinwinera casino online

Spanning en strategie verhogen je winkansen bij holyluck casino online vandaag

Discover the Exhilaration of Free Slot Gamings – No Download And Install Required!

No Account Casino Sites: The Future of Online Gambling

Are you able to win real money playing no-cost casino games?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

राष्ट्रिय सभाको गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित

जमुना न्युरे/ राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित भएका छन् । महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले

अझै पढ्नुहोस्