काग्रेंसले सुदुरपश्चिम प्रदेश सरकारमा दुई मन्त्री र दुई राज्यमन्त्री पठाउने निर्णय

शेयेर गर्नुहोस

धनगढी/नेपाली काग्रेंसले सुदुरपश्चिम प्रदेश सरकारमा दुई मन्त्री र दुई राज्यमन्त्री पठाउने निर्णय गरेको छ । प्रदेशसभा ससंदिय दलको कार्यालयमा बसेको बैठकले दुई मन्त्री र दुई राज्यमन्त्रीको नाम टुग्यांएको हो । मुख्यमन्त्री कमल बहादुर शाह सगैं आर्थिक मामिला मन्त्रीमा कञ्चनपुरका बहादुर सिहं थापा, सामाजिक बिकास मन्त्रीमा अछामका मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्रीमा कैलालीका प्रकाश बम र सामाजिक बिकास राज्यमन्त्रीमा डडेल्धुराकी सरस्वती खड्का सिफारिश भएकि हुन् । उनिहरु आज साढे ३ बजे मुख्यमन्त्री शाह सगैं सपथ लिने छन् ।

नागरिक उन्मुक्ति पार्टीले पनि पूर्व सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरिरकेको छ । उनलाई उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईने छ । एमालेबाट भौतिक पुर्वाधार बिकास मन्त्रीमा बैतडीका शुरेन्द्र पाल, भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रीमा कञ्चनपुरका बिर बहादुर थापा र आन्तरिक मामिला मन्त्रीमा कञ्चनपुरकै हिरा शार्की सिफारिश हुने निश्चित भएको छ ।

राज्यमन्त्रीमा भने डोटीकी निर्मला साउँद सिफारिश हुने भएकि छिन् । पाल, थापा र शार्की यसअघि २४ दिनका लागि मात्रै मन्त्री भएका थिए । जेठ २८ गते मन्त्री भएका दुबैजनाले असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वन्यजन्तुका लागि जंगलमै पोखरी निर्माण

धनगढी,कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानीखान पोखरी निर्माण गरिएको छ । जिल्लाको मोहोन्याल गाउँपालिकास्थित बरगदा सामुदायिक वन, जालपा सामुदायिक वन र लम्किचुहाको महिला जागरण सामुदायिक वनमा

अझै पढ्नुहोस्
समाचार

वन मन्त्रालयको सचिव सवार गाडीमा ढुङ्गा प्रहार

धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेल सवारी गाडीमा ढुङ्गा प्रहार गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९

अझै पढ्नुहोस्
समाचार

कर्मचारीहरुले आफ्ना माग राख्दै प्रधानमन्त्रीलाई बुझाय ज्ञापनपत्र

जमुना न्युरे,धनगढी/सुदुरपश्चिम प्रदेशका कर्मचारी हरुले आफ्ना विभिन्न माग राख्दै प्रधानमन्त्री लाई २१ बुदे सहित ज्ञापन पत्र बुझाए । सुदूरपश्चिम प्रदेश स्थित कर्मचारीहरुका विभिन्न सघंसगठनहरुले सयुक्त

अझै पढ्नुहोस्
समाचार

पासोमा पर्दैछन चितुवा र बाघ

ईन्द्रा कुमारी केसी,घोडाघोडी /एक साता पहिले कैलालीको जानकी गाउँपालिका ९ स्थित अमरावती सामुदायिक वन भित्र पाटे बाघ मृत अवस्थामा भेटियो । मृत अवस्थामा फेला परेको

अझै पढ्नुहोस्