कर्मचारी युनियनद्वारा भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान

शेयेर गर्नुहोस


धनगढी, चैत २९– नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेश कार्य समिति र जिल्ला कार्य समिति कैलालीले प्रकाशन गरेका भित्तेपात्रो २०८१ को विमोचन गरिएको छ ।

विहीबार धनगढीमा एक भव्य कार्यक्रमका बीच नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचित गरिएको हो । कार्यक्रममा अतिथिहरुले भित्तेपात्रो विमोचन गर्नुका साथै उपस्थित निजामती कर्मचारीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेश कार्य समिति र जिल्ला कार्य समिति कैलालीको छुट्टा छुट्टै भित्तेपात्रो विमोचन गरिएको हो । कार्यक्रममा युनियनका संस्थापक, सेवा निवृत्त युनियन आवद्ध कर्मचारीहरु, बहालवाला कर्मचारी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रममा युनियन आवद्ध कर्मचारीको हक हित र सुरक्षाका साथै कर्मचारीलाई युनियनमा आकर्षित गर्न सुझाव दिइएको थियो ।

कार्यक्रममा पूर्व केन्द्रीय उपाध्यक्ष नारायण सत्याल, सल्लाहकार नारायणप्रसाद शर्मा, चेतराज जोशी, केन्द्रीय प्रतिनिधि सुरेश रोकाया, नारदप्रसाद भट्ट, केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संयोजक धर्मबहादुर देउवा, केन्द्रीय सदस्य त्रैलोक्य जोशी, केन्द्री सदस्य तथा स्थानीय तह कर्मचारी युनियन दाताराम जोशी लगायतका युनियन नेताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

१ दिने कान तथा दातको निशुल्क जाँच शिविर मसुरियामा सप्पन्न

सुखड/गौरीगंगा नगर स्तरीय मेलमिलाप केन्द्र चौमलाको आयोजनामा,नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको सहकार्य तथा ९ न. वडा कार्यालयको समन्वयमा १ दिने कान तथा दातको निशुल्क जाँच

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

लम्पी स्किन रोग सङ्क्रमित पशुहरुको उपचारको लागि प्रयोग गर्न सकिने उपचार विधि

टीकापुर/लम्पी स्किन रोग गाई गोरु / राँगा/भैंसीमा क्याप्रीपक्स भाइरस अन्तर्गतको लम्पी स्कीन डिजिज भाइरसका कारण लाग्ने रोग हो। यो रोग सामान्यतया टोक्ने वा रगत चुस्ने

अझै पढ्नुहोस्
समाचार

घोडाघोडीको बुट्का बाबा मन्दिरमा यो वर्ष पनि माघी सङ्क्रान्ति तीर्थ मेला हुने

 कैलालीको पुरानो धार्मिक क्षेत्र घोडाघोडी नगरपालिका–७ कृतिपुरमा रहेको बुट्का बाबा मन्दिरमा यो वर्ष पनि माघी सङ्क्रान्ति तीर्थ मेला लाग्ने भएको छ । “भाषा,धर्म,संस्कृति तथा पर्यटन

अझै पढ्नुहोस्
खेलकुद

सुखडमा प्रथम जिल्ला स्तरीय यु–२० वडा अध्यक्ष फुटबल कप प्रतियोगिता–२०८१ हुने

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा प्रथम जिल्ला स्तरीय यु–२० वडा अध्यक्ष फुटबल कप प्रतियोगिता–२०८१ हुने भएको छ । वडा नम्बर १ को आर्थिक सहयोग र घोडाघोडी

अझै पढ्नुहोस्