कर्णाली नदीमा मत्स्य अभयारण्य क्षेत्र घोषणा

शेयेर गर्नुहोस


टिकापुर/कैलाली जिल्ला र बर्दिया जिल्लाको सिमानामा रहेको कर्णाली नदिलाइ मत्स्य अभय आरण्य क्षेत्र घोषणा गरियको छ ।
कैलालीको टीकापुर र बर्दियाको राजापुर नगरपालिकाले मिलेर कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा मत्स्य अभयारण्य क्षेत्र बनाएका हुन् । 

आज एक समारोहकाबिच नेपालकै पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा गरिएको छ । साना स्तनधारी वन्यजन्तु अनुसन्धान तथा संरक्षण फाउन्डेसन, डल्फिन संरक्षण केन्द्र, मुक्त कमैया महिला विकास मञ्च, सोनहा विकास समाज, डब्लुडब्लु एफ लगायतका संघ संस्थाहरुको समन्वयमा स्थानीय सरकारले मत्स्य अभयारण्य क्षेत्र घोषणा गरेको सरक्षण कर्मी बिजय राज श्रेष्ठले जानकारी दिए । 

नेपालको जलचर ऐन २०१७, टीकापुर नगरपालिकाको जलचर तथा जैविक विविधता संरक्षण ऐन २०७६ र राजापुर नगरपालिकाको जलचर तथा जैविक विविधता संरक्षण ऐन २०८२ को दफा १८ लाई टेकेर मत्स्य अभयारण्य क्षेत्र घोषणा गरेको जनाइएको छ ।  

कैलालीको टीकापुर नगरपालिका –८ फाँटादेखि सोही वडाको अर्नहवा फाँटा र बर्दियाको राजापुर नगरपालिका –३ को टेडियाघाट हुँदै सोही नगरपालिकाको वडा नम्बर ४ छेदियासम्मको क्षेत्र मत्स्य अभयारण्य क्षेत्र घोषित भएको छ ।

मत्स्य अभयारण्य क्षेत्रमा अवैध माछा मार्ने, विषादी तथा करेन्ट प्रयोग गर्ने, अनाधिकृत रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्जस्ता कार्यमा रोक लगाइने जनाइएको छ । साथै, कार्यविधि बनाइ समय चक्रअनुसार साँस्कृतिक सम्पदा जगेर्नाका लागि निश्चित मापदण्ड अपनाएर समुदायमा आधारित अनुमतिपत्र कार्यान्वयन गरी माछा सङ्कलन गर्न दिइने घोषणापत्रमा उल्लेख छ । 

माछामा आश्रित आसपासका समुदायलाई माछा पालन र बिक्री, पर्यापर्यटकीय व्यवसाय लगायत वैकल्पिक आयमूलक कार्यक्रममा अग्रसर गराइने टीकापुर नगरपालिकाका प्रमुख रामलाल डङ्गौराले बताए । उहाँले आत्मनिर्भरताका लागि स्थानीय सरकार तथा सम्बन्धित सरोकारवालासँग हातेमालो गर्दै एक छुट्टै वैकल्पिक कोषको व्यवस्था गरिने जानकारी दिएका थिए । 

दुबै स्थानीय सरकारले सामुदायिक नदी खण्ड सह–व्यवस्थापन समूहको दिगो परिचालन, सवलीकरण, क्षमता अभिवृद्धि गर्दै समुदायमा केन्द्रित मत्स्य अभयारण्यकोे विकास एक दीर्घकालीन संरक्षण भएको उदाहरण सावित गर्ने राजापुर नगरपालिकाका प्रमुख दीपेश थारू बतए । 

दुवै स्थानीय सरकारले समुदाय, सरोकारवालाहरु र संरक्षण समूहको सहभागितामा संरक्षणको योजना निर्माण र एकीकृत अनुगमन व्यवस्था लागु गर्न सहजीकरण गर्ने जनाइएको छ ।

ताजा खबर

Cascaderende winsten op de speelautomat

Cassinos que Aceitam Pix: Tudo o Que Você Precisa Saber

Understanding the Expense of an ESA Letter: What You Need to Know

Die allerbesten Online-Glücksspielunternehmen Liste: Das passende Glücksspiel-Erlebnis entdecken

Comprehending ESA Letters in North Dakota: A Comprehensive Overview

Kasyno Online Polska Blik: Poradnik dla doświadczonego gracza

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

युवा दिवसमा युवा उद्यमी मञ्च कैलालीद्धारा रक्तदान

धनगढी/ विश्व युवा दिवसको अवसरमा नेपाली युवा उद्यमी मञ्च कैलाली च्याप्टरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको

अझै पढ्नुहोस्
समाचार

सूचनाको हकका राष्ट्रिय महासंघ कैलालीको दोस्रो जिल्ला अध्यक्ष उपाध्याय

धनगढी, २४ फागुन / “सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौं” भन्ने नाराका साथ सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीको दोस्रो जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको

अझै पढ्नुहोस्