TRENDING
Casino Games No Deposit: A Comprehensive Review
Roulette gratis echtgeld: Alles, was Sie wissen müssen
Ruletka doświadczenie darmowe spiny – Recenzja kasyna online
Recenzja kasyna online – Ruletka Aplikacja Pieniądze
Ruletka Mobilna Nowa – Recenzja Kasyna Online
Next
Prev

करारका कर्मचारीको कासमु हुने,८० भन्दा कम अंक ल्याए सम्झौता नविकरण नहुने

शेयेर गर्नुहोस

टीकापुर/ करारका कर्मचारीले पुर्ननियुक्ति हुँदा मूल्यांकनमा कम्तिमा ८० प्रतिशत अंक ल्याउनु पर्ने भएको छ ।

स्थायी कर्मचारीहरुको बर्षेनी कार्यसम्पादन मुल्यांकन हुने तर करारका कर्मचारीहरु एक पटक सरकारी सेवामा प्रवेश गरेपछि हटाउनै नसकिने स्थिती भएपछि सरकारले करार सेवाका कर्मचारीहरुलाई काम र संस्थाप्रति जिम्मेवार बनाउनका लागि भन्दै म्याद थपका लागि कम्तिमा ८० प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था बनाएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै गत १४ कार्तिकमा तयार पारेको सो मापदण्ड मन्त्रालय,आयोग,सचिवालय,
सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ७५३ वटै स्थानीय तहलाई करार परिपत्र गरेको छ । करार सेवामा कार्यरत कर्मचारीहरुको कार्यसम्पादन स्तर मुल्यांकन तथा नयाँ अवधिका लागि करार सम्झौता सम्बन्धि मापदण्ड नामाकरण गरिएको छ ।

जसमा ५ वटा परिच्छेद र १८ वटा बुँदा छ । जसअनुसार,एक सय अंकभार निर्धारण गरिएको छ । बिषयबस्तुको ज्ञान तथा सीप २० अंकभार,अनुशासन,आचरण,शिष्टाचारलाई २० अंकभार,समयपालना र नियमिततालाई २० अंकभार,सरोकारवालाप्रतिका व्यवहार २० अंक र कामप्रतिको लगाव र नतिजाका लागि २० अंक छुट्टाइएको छ । सोही आधारमा करारका कर्मचारीहरुको मूल्यांकन गरिने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

यस्तै मूल्यांकन गर्दा सुपरिवेक्षकले अधिकतम ४० अंक,पुनरावलोकनकर्ताले अधिकतम ३० अंक र पुनरावलोकन समितिले ३० अंक दिन सक्नेछ ।
करारका कर्मचारीहरुले पुस ७ गतेभित्र प्रथम पाँच महिनाको र असार सात गतेभित्र बाँकी अवधिको मूल्यांकन फाराम भरी सुपरीवेक्षकसमक्ष पेश गर्नुपर्नेछ ।

करारका कर्मचारीहरुले सुपरीवेक्षक समक्ष पेश गरेको कार्यसम्पादन मुल्यांकन सम्बन्धित सुपरीवेक्षकले तीन दिनभित्र मुल्यांकन तथा पुनरावलोकन समितिमार्फत पेश गर्ने र सो समितिले साता दिनभित्र सबै कार्यसम्पादन मुल्यांकन गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

यस्तै कार्यसम्पादन मुल्यांकनमा ७५ प्रतिशतभन्दा कम र ९५ प्रतिशतभन्दा बढी अंक प्रदान गर्नुपर्दा कारण खुलाउनुपर्नेछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अहिले मुलुकभर ३० हजारभन्दा बढी करारका कर्मचारी कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Casino Games No Deposit: A Comprehensive Review

Roulette gratis echtgeld: Alles, was Sie wissen müssen

Ruletka doświadczenie darmowe spiny – Recenzja kasyna online

Recenzja kasyna online – Ruletka Aplikacja Pieniądze

Ruletka Mobilna Nowa – Recenzja Kasyna Online

Pin Up Casino и Aviator: как простая идея стала популярной игрой в Казахстане

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

कैलाली ३ (क) र (ख) मा नागरिक उन्मुक्ति बिजयी

जमुना न्युरे,सुखड / कैलाली क्षेत्र नम्बर ३ (क) र (ख) दुवै प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन । अन्तिम मतपरिणाम अनुसार ३

अझै पढ्नुहोस्
समाचार

स्वास्थ्य संस्था विरुद्ध विभेदकारी मापदण्ड ल्याएको भन्दै नीजि अस्पताल व्यवासायीकाे आपत्ति

जमुना न्युरे,धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले नीजि स्वास्थ्य संस्थाविरुद्ध विभेदकारी मापदण्ड ल्याएको भन्दै नीजि अस्पताल व्यवासायी संघर्ष समिति गठन गरेका छन । संजीवनी अस्पताल प्रालिका

अझै पढ्नुहोस्
Highlights

धनगढीको ६ लेन सडकमा साइकल लेन संचालन

धनगढी ।धनगढीको मोहनापुल-अत्तरिया ६ लेन सडकखण्डमा साइकल लेन सञ्चालन भएको छ । ६ लेन सडकखण्डको कैलाली भन्सारदेखि धनगढी विमानस्थलसम्म धनगढी उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेर

अझै पढ्नुहोस्