एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डः वर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक

शेयेर गर्नुहोस

धनगढी । चैत ७ गते कैलालीको धनगढीमा हुने ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’को थप दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । छनोट समितिका संयोजक सीताराम ओझाका अनुसार वर्ष युवा खेलाडीको मनोनयनमा क्रिकेटका नरेन साउँद, फुटबलका निराजन धामी र कबड्डीका सुशील चुनारा परेका छन् ।


फुटबलका धामी साफ यू–२० च्याम्पीयनसीपमा नेपाल उपविजेता बन्दा नेपालबाट सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनी केपी ओली कपमा उदयमान खेलाडी बन्न सफल भएका थिए । कबड्डीका चुनारा बंगलादेशमा भएको चौथो बंगबन्धु पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाली टोली उपविजेता बन्दा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् । उनी १७ वर्षको उमेरमै नेपालको सिनियर टोलीमा परेका थिए । क्रिकेटका साउँदले यू–१९ एसिया कपमा अफगानस्थानमाथि जित दर्ता गर्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपाल प्रिमियर लिगको डेब्यु खेलमा उनले पाँच विकेट लिएका थिए ।


यस्तै, वर्ष प्रशिक्षकको मनोनयमा कबड्डीका विष्णुदत्त भट्ट, भलिबलका जगदीश भट्ट र कबड्डीकै हरिना थापा परेकी छिन् । कबड्डीका प्रशिक्षक भट्ट बंगलादेशमा भएको चौथो बंगबन्धु पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाली टोलीलाई उपविजेता बनाउने प्रशिक्षक हुन् । भलिबलका भट्ट काभा भलिबल नेसन्स लिगमा नेपाललाई उपविजेता बनाउने प्रशिक्षक हुन् । उनकै प्रशिक्षणमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको थियो । कबड्डीकी थापा नेपाललाई एसियन महिला कबड्डी च्याम्पियनसिपमा पहिलो पटक कास्य पदक जिताउने प्रशिक्षक हुन् ।


आयोजकले यसअघि नै सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक गरिसकेको हो । सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका छन् । आयोजकका अनुसार आठ विधामा ७ चैतमा आठ विधामा अवार्ड प्रदान गरिने छ । वर्ष खेलाडी पुरुष र महिलाको मनोनयन सार्वजनिक गर्न बाँकी छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ ।
सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)को मुख्य प्रायोजनमा अवार्ड भइरहेको हो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको छ भने कैलाली उद्योग वाणिज्य संघ, धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४, ९, १३ र १८ ले प्रबद्र्धक रहेका छन् । अवार्डलाई चैतन्य पाठशाला, सीपी अस्पताल, मायामेट्रो अस्पताल र निसर्ग अस्पतालले पनि प्रायोजकका रुपमा साथ दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

गोदावरी नगरपालीकाको कार्यालय परिसरमा शिक्षकको विरोध सभा

जमुना न्युरे/अत्तरिया कैलालीको गोदावरी नगरपालीकाको कार्यालय परिसरमा शिक्षकहरुले विरोध सभा गरेका छन् । शिक्षहरु आवद्ध गोदावरी नगर शिक्षक समिति,नेपाल राहत शिक्षक समिति,एकिकृत अखिल नेपाल शिक्षक

अझै पढ्नुहोस्
समाचार

सबडिभिजन बन कार्यालय पन्डौनको भवन उदघाटन

जमुना न्युरे,पण्डौन/कैलाली जिल्लाको मोहन्याल गाउँ पालिका वडा ४ खिमडिमा सब डिभिजन बन कार्यलय पन्डौनको नव निमिर्त भवन आज एक कार्यक्रम बिच उदघाटन गरिएको छ ।

अझै पढ्नुहोस्

प्रेस युनियनद्वारा परामर्श समिति गठन

३ असोज, काठमाडौँ । नेपाल प्रेस युनियनले ‘नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समिति’ गठन गरेको छ । युनियनका अध्यक्ष शिव लम्सालले आज ६१ सदस्यीय केन्द्रीय

अझै पढ्नुहोस्
समाचार

भजनीकाे कुसुमघाटबाट लागूऔषध सहित २ जना पक्राउ

भजनी/ कैलालीको भजनीनगरपालिकाकाे कुसुमघाटबाट दुई जना लागुओैषध सहित दुई जना पक्राउ परेका छन् । भजनी नगरपालिका-३ कुसुमघाटबाट २ ग्राम ७ सय ६० मिलिग्राम अवैध लागूऔषध

अझै पढ्नुहोस्