एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८० भेनु पाटर्नर ओम प्यालेस

शेयेर गर्नुहोस


धनगढी, जेठ ३२
‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को भेनु पाटर्नर धनगढीको ओम प्यालेस भएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले असार ७ गते आयोजना गर्ने सुदूरपश्चिम स्पोर्टस अवार्डको भेनु पाटर्नरको रुपमा ओम प्यालेससँग सम्झौता गरिएको हो ।


कार्यक्रम पनि असार ७ गते ओम प्यालेसमा आयोजना हुनेछ । ओम प्यालेसलाई अवार्डमा भेनु पाटर्नरका रुपमा स्थान दिईनेछ । धनगढीको ओम प्यालेसमा हुने अवार्ड कार्यक्रम झण्डै तीन घण्टा सञ्चालन हुनेछ । त्यसमा विभिन्न सांस्कृतिक तथा खेलकुद प्रवद्र्धनका कार्यक्रमहरु पनि समावेश गरिनेछन । ओम प्यालेसका तर्फबाट म्यानेजर कल्याण मोक्तान र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका तर्फबाट सचिव विराज रोस्याराले सम्झौता पत्रमा हस्ताक्षर गरे ।


ओम प्यालेसले विभिन्न कार्यक्रम तथा शुभ कार्यहरुका लागि विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ । सुदुरपश्चिमको पहिलो पार्टी प्यालेसको रुपमा सेवा दिदैं आएको प्यालेस धनगढीमा सबैको रोजाईमा पर्दै आएको छ ।
अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । पाँचौ संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

भजहरमा रमाउँदै नारायणपुरका थारु समुदाय

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सत्ती कर्णाली सामुदायिक वनको अध्यक्षमा जितराम चौधरी निर्वाचित

सत्ति / टीकापुर ७ स्थित सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा जितराम चौधरी निर्वाचित हुनु भएकाे छ । शनिबार भएको मतदानमा उनले ५३३ मत

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम प्रदेशमा प्रदेशस्तरिय सुरक्षा गोष्ठी सुरु

धनगढी/सुदूरपश्चिम प्रदेशमा सीमामा हुने अपराध र लागूऔषध मुख्य चुनौतीका रुपमा रहेको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले बताए। धनगढीमा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा प्रमुख

अझै पढ्नुहोस्
समाचार

विमानस्थलमा एक किलो सुनसहित पाँच बंगलादेशी पक्राउ

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३११ ग्राम सुन, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर,

अझै पढ्नुहोस्
समाचार

टीकापुर नगरपालिकाले दुई महिनामा १ करोड ३९ लाख राजश्व संकलन

टीकापुर नगरपालिकाले दुई महिनामा १ करोड ३९ लाख भन्दा बढी आन्तरीक राजश्व संकलन गरेको छ ।नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को दुई महिनामा एक करोड ३९

अझै पढ्नुहोस्