एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८० :नवजीवन को–अपरेटिभ्स सह–प्रायोजक

शेयेर गर्नुहोस


धनगढी/‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मा धनगढीको नवजीवन को–अपरेटिभ्स लिमिटेड जोडिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डको पाँचौं संस्करणमा नवजीवन सह–प्रायोजकको रुपमा जोडिएको हो ।

नेपाल खेलकुद पत्रकार मञ्चका सचिव विराज रोस्यारा र नवजीवन को–अपरेटिभ्स लिमिटेडका अध्यक्ष देवबहादुर बमबीच प्रायोजन सम्बन्धी सम्झौता भएको छ । अवार्डका अघिल्लो संस्करणमा पनि साथ दिदैं आकको को–अपरेटिभ्सका अध्यक्ष बमले आगामी दिनमा पनि खेलाडीहरुको हौसला बढाउने कार्यक्रमलाई सहयोग गर्ने बताए । नवजीवन को–अपरेटिभ्स लिमिटेड नेपालकै बैकिङ कारोबार गर्ने पहिलो सहकारी हो ।

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । पाँचौ संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Essential details concerning marsbahis provide informed choices for eager players today

Güncel fırsatlar ve marsbahis giriş ile kesintisiz eğlence deneyimi sizi bekliyor

Reigning King of Casino Slots, OneKing

Estrategias brillantes para dominar chickenroad y superar todos los obstáculos en tu camino

Wazamba – Szimbólumok és Azonnali Fogadások Játékmódja

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

डोटिमा क्यामेरा ट्रयाप बिधीबाट बन्यजन्तुको अनुगमन कार्य सुरु

जमुना न्युरे ,बुडर/ डोटि जिल्लाको जोरायल गाउँपालिका वडा २ बुडरमा महाभारत प्रर्वत क्षृङखला मा क्यामेरा ट्रयाप बिधिबाट बन्यजन्तु अनुगमन तथा अनुसन्धान अभिमुखिकरण कार्यक्रम आज बाट

अझै पढ्नुहोस्