एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८० :नवजीवन को–अपरेटिभ्स सह–प्रायोजक

शेयेर गर्नुहोस


धनगढी/‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मा धनगढीको नवजीवन को–अपरेटिभ्स लिमिटेड जोडिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डको पाँचौं संस्करणमा नवजीवन सह–प्रायोजकको रुपमा जोडिएको हो ।

नेपाल खेलकुद पत्रकार मञ्चका सचिव विराज रोस्यारा र नवजीवन को–अपरेटिभ्स लिमिटेडका अध्यक्ष देवबहादुर बमबीच प्रायोजन सम्बन्धी सम्झौता भएको छ । अवार्डका अघिल्लो संस्करणमा पनि साथ दिदैं आकको को–अपरेटिभ्सका अध्यक्ष बमले आगामी दिनमा पनि खेलाडीहरुको हौसला बढाउने कार्यक्रमलाई सहयोग गर्ने बताए । नवजीवन को–अपरेटिभ्स लिमिटेड नेपालकै बैकिङ कारोबार गर्ने पहिलो सहकारी हो ।

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । पाँचौ संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

२७ औं वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न

जमुना न्युरे , सुखड/मानव बन्यजन्तु सह अस्तित्व :हाम्रो दायित्व भन्ने मुल नाराका साथ बन्यजन्तु सप्ताह साताव्यापी कार्यक्रम आज घोडाघोडिमा सम्पन्न गरिएको छ । कार्यक्रम डिभिजन

अझै पढ्नुहोस्
समाचार

लिक्मामा चतुर्दशी दसैं मनाइदै

सुखड/आश्विन शुक्ल चतुर्दशी अर्थात् चतुर्दशी दसैं । आज गौरीगंगा नगरपालिका–८, लिक्मामा सुदूरपश्चिमको खुसी, समृद्धि र प्रगतिको कामनाको संकल्प गर्दै आश्विन शुक्ल चतुर्दशी अर्थात् चतुर्दशी दसैं

अझै पढ्नुहोस्
Highlights

बानेश्वरमा सुरु भयो प्रचण्ड–माधव समूहका सांसदहरुको भेला

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहका सांसदहरुको बैठक सुरु भएको छ । प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेको

अझै पढ्नुहोस्
समाचार

बोगटान फुडसिल गापा र भैतिक विकास मन्त्रालय बिच सम्झौता

धनगढी/बोगटान फुडसिल गाउँपालिका र सुदुरपश्चिमप्रदेश भौतिक पुर्बाधार बिकास मन्त्रालय बिच पहुँच मार्ग निर्माण गर्ने सम्झौता । सेती र बुढिगगाको दोभानमा निर्माण हुने एस आर6 ४५०

अझै पढ्नुहोस्