एम्बुलेन्स चालकको पीडा, आफ्ना कारण परिवार त्रासमा

शेयेर गर्नुहोस

बिरामिहरुका लागि एक महत्त्वपूर्ण माध्यम हो एम्बुलेन्स । अहिले कोरोनाको महामारीमा पनि ठूलो जोखिम मोलेर बिरामीहरुको सेवामा लागेका एम्बुलेन्स चालकहरुको पीडा पनि कम छैन । सबै महामारीको समयमा घरमा सुरक्षीत भएर बस्दा संक्रमित हो भन्ने थाहा पाउँदा पाउदै पनि बिरामीका लागि दौडिरहेका एम्बुलेन्स चालकलाई आफुलाई भन्दा बढि चिन्ता यो समयमा आफ्नो परिवारको रहेको देखिएको छ ।
कैलालीको टीकापुरका लोकेन्द्रबहादुर ठकुरी टीकापुर अस्पतालको एम्बुलेन्स चलाउनुहुन्छ । त्यो पनि कोरोना संक्रमितहरुलाई बोक्नको लागि मात्रै । सुरुवाती दिनहरुमा निकै अप्ठ्यारो भएको बताउदै लोकेन्द्रले अहिले कुनै आफुलाई कुनै मतलब नै नहुने गरेको बताउनुभयो । तर काम गर्दै जादा त उहाँलाई कुनै संकोच हुदैन तर घर जाने समयमा सबैभन्दा बढी सोच्नुहुन्छ । कतै म पनि संक्रमित त भएको छैन ? लोकेन्द्रको ४ जनाको परिवार छ । घर पुग्दा सबैभन्दा बढी चिन्ता छोराछोरीको हुने गरेको लोकेन्द्र बताउनुहुन्छ । “अस्पतालले बस्नको लागि क्वाटर त दिएको छ । खाना खान घरै जानुपर्छ । घर जादा छुट्टै घरबाहिरबाटै खाना खाएर निस्कन्छु ।” लोकेन्द्रले भने, “मनले नमान्दो रहेछ । छोराछोरी नजिक परिहान्छन । दिनभर संक्रमित बोकेर घर जादा घरमा पनि त्रास हुन्छ । आफुलाई पनि ।” अस्पतालमा कोरोना संक्रमितहरुलाई बोक्नको लागि छुट्टै एम्बुलेन्स छ । प्राय अन्य एम्बुलेन्स गाउँबाट संक्रमित ल्याउनुपर्ने भए जादैनन । बाहिर रिफर गरिएका बिरामीहरुलाई भने अन्य एम्बुलेन्सले नै बोक्ने गरेका छन ।
“पहिले त धेरै डर लाग्थ्यो । कामै संक्रमित बोक्ने भएपछी बिस्तारै सबै डर हराएको छ ।” लोकेन्द्रले भन्नुभयो, “डर त्यतिबेला लाग्छ जतिबेला घर जाने समय हुन्छ । आफ्नो भन्दा बढी अरुलाई सर्ने होकि भन्ने हुन्छ ।”
टीकापुरका कृष्णबहादुर शाही २०६४ साल देखि टीकापुर अस्पतालको एम्बुलेन्स चलाउदै आउनुभएको छ । शाहीले चलाउने एम्बुलेन्स अन्य एम्बुलेन्स भन्दा छिटो कुद्ने भएका कारण उहाँले फुर्सद प्राय कम पाउनुहुन्छ । आफुमा त त्यस्तो त्रास नभएपनी घरपरिवार भने सधै त्रासमै रहेको शाही बताउनुहुन्छ । “हामी एम्बुलेन्स चालक सबैभन्दा बढी जोखिममा छौ । दिनभर बिरामी बोक्नुपर्छ । साझ घर पुग्दा घरमा त्रासको बाताबरण हुन्छ ।” शाहीले भन्नुभयो, ” हामी त जोखिममा छौ नै हाम्रा कारणले परिवार समेत जोखिममा छ ।” उहाँले आफ्ना कारण परिवार मात्रै नभई छिमेकीहरुमा समेत त्रास रहेको बताउनुभयो । एम्बुलेन्स चालकमा परिवारबाट छिमेकीहरुपनी टाढिएका छन । त्यसले परिवारमा झन मानसिक चिन्ता थपेको उहाँहरुको गुनासो रहेको छ ।
कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ताको ब्यबस्था गरिएको भएपनी एम्बुलेन्स चालकहरूले खाइपाई आएको भन्दा अन्य कुनै सुबिधा नपाएको गुनासो गरेका छन । त्यति मात्र नभई संक्रमित बोक्दा पिपिई समेत पाउन नसकिएको गुनासो एम्बुलेन्स चालकको रहेको छ । टीकापुर अस्पतालले भने बिरामी र चालकको समन्वय नहोस भन्दै पाटेसन गरेको भएपनी अन्य संस्थागत एम्बुलेन्स चलाउने चालकहरूमा झनै जोखिम देखिएको छ ।
टीकापुरकै मुक्तिप्रसाद भट्टले नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरको एम्बुलेन्स चलाउनुहुन्छ । १० बर्षदेखी एम्बुलेन्स चलाउदै आउनुभएका भट्टले थुप्रै बिरामीहरुलाई एम्बुलेन्समा सवार गरेको भएपनि अहिले जस्तो कठिन मोड यो भन्दा पहिला कहिल्यै नआएको बताउनुभयो । उहाले मनभित्र जतिसुकै त्रास भएपनि काम गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ । “बस्नकोलागी अफिसमै बसेपनी खाना खान घर जानुपर्ने भएका कारण घरमा छुट्टै त्रास हुन्छ ।” भट्टले भन्नुभयो, ” परिवारसंग बसेर खाने भलाकुसारी गर्ने रहर भएपनी घरको बरण्डाबाटै खाना खाएर फर्किनुपर्छ ।”
उहाँले कैयौं संक्रमितहरुलाई सेवा दिएको भएपनी उच्च मनोबल र सावधानीका कारण कोरोनाको संक्रमणले छुन नसकेको बताउदै स्वास्थ्य सावधानी र उच्च मनोबल नै कोरिनाको औसधि भएको बताउनुभएको छ ।
टीकापुर अस्पतालको समन्वयमा अहिले ८ एम्बुलेन्स संचालनमा रहेका छन । गाउँसम्म कोरोनाको संक्रमण फैलिएको हुदा सुरुमै कुन कोरोना संक्रमित हो भनेर छुट्याउन समस्या भएका कारण पनि एम्बुलेन्स चालक बढी जोखिममा रहेका छन ।

ताजा खबर

Glück bringt Fortsetzung am LuckyStart Casino

The Fowl Fortune on Chicken Road Slots

The Ultimate Guide to Roulette Game Live Casino

Sveiki Šaukums Hotline Casino, Kasino Žausmus

Spinning the Wheel at Zinkra Casino

Ein Abenteuer in Crocoslots Casino – Chance oder Risiko?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

VAVADA KZ — регистрация 2025

Вавада Казино – Официальный Сайт Vavada Casino (2025) ▶️ ИГРАТЬ Содержимое Уникальные возможности для игроков Уникальные функции и инструменты вавада Казино – это популярный онлайн-казино,

अझै पढ्नुहोस्