एनएमबी बैंक सुखडद्वारा रक्तदान कार्यक्रम आयोजना, एटीएम सेवा सुरु

शेयेर गर्नुहोस

सुखड/एनएमबी बैंक सुखड शाखाले एटीएम सेवा सुचारु गरेको छ । मङ्गलबार एक कार्यक्रमका बीच घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले एटीएमको उद्घाटन गरे ।

विगत चार वर्ष देखि सुखडमा बैंकको शाखा सञ्चालन सुरु गरी सेवा दिँदै आएको एनएमबीले ग्राहकहरुको सेवालाई ध्यानमा राख्दै आज एटीएमको उद्घाटन गरेको हो । विगत १ वर्षदेखि सुखड शाखामा आफ्नो एटीएम सेवा सुचारु गर्ने प्रयास गरे पनि त्यो सफल नभएको र आज आएर सफल भएको एनएमबी बैंक सुदूरपश्चिम तथा कर्णाली प्रदेशका प्रमुख श्याम अधिकारीले बताए । उक्त कार्यक्रममा विशिष्ट अथिति समेत रहेका अधिकारीले ‘केही समय यता ग्राहकहरू बढ्दै गएका र आफूहरुले पनि थप प्रविधिमैत्री हुँदै सेवालाई अगाडि बढाउने उद्देश्यले यस सेवालाई अगाडि बढाएको बताए ।’

साथै कार्यक्रममा प्रमुख अतिथि रहेका घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले विगत १६ वर्ष देखि यस बैंकले राष्ट्रिय बैंकको रूपमा मान्यता प्राप्त गरेको र यसले जनप्रतिनिधिले चाहे अनुसार सामाजिक सुरक्षा भत्ता समेत प्रदान गर्दै आएको भन्दै धन्यवाद दिए।

२०७४ वैशाख १७ गतेदेखि कञ्चन विकास बैंकको रूपमा सेवा दिँदै आएकोमा २०७७ भाद्र ६ गते एनएमबी बैंकसँग समाहित हुँदै एनएमबी बैंकको रुपमा सो बैंकले सेवा दिँदै आएको छ । हाल सम्म देशैभरि २ सय १ शाखा सञ्चालनमा ल्याएको छ । भने, देशभर आफ्ना १ सय ७७ एटीएम मेसिन राखी सकेको छ । १७७ औं एटीएमको रूपमा सुखड शाखाले एटिएम सुरु गरेको शाखा प्रबन्धक रमेश भाटले जानकारी दिए ।

साथै सोही एटीएम उद्घाटन कार्यक्रमको अवसर पार्दै बैंकले रक्तदान कार्यक्रको आयोजना गरेको छ। जसमा जम्मा ३४ पोइन्ट रगत जम्मा भएको बैंकले जनाएको छ। उक्त रक्तदान कार्यक्रममा ३४ जना सहभागी भएका थिए ।

सो कार्यक्रममा विभिन्न वैंकका प्रतिनिधिहरूका साथै कर्मचारी, स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायत सञ्चारकर्मी सहितको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

विद्यार्थी परिषद्ले यस वर्ष १६ जिल्लाका २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विद्यार्थी परिषद्ले यस वर्ष पनि २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै प्राज्ञिक विद्यार्थी परिषद्ले १६ जिल्लाका २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।

अझै पढ्नुहोस्
समाचार

सुखडमा ५० औ सिमसार दिवसमा विभिन्न कार्यक्रम गरिदै

जमुना न्युरे,सुखड/कैलालीको सुखडमा ५० औ बिश्व सिमसार दिवसरमा विभिन्न कार्यक्रम गरिने भएको छ ।“दलदल ,पानी ,पोखरी र खोला सरक्षण गरे सर्बहित होला ” भन्ने मुल

अझै पढ्नुहोस्
समाचार

लोपोन्मुख जातीको क्षमता बिकासका लागि अभिमुखिकरण

सुखड/कैलालीको घोडाघोडी नगरपालिका ८ मा लोपोन्मुख जातीको क्षमता बिकासका लागि अभिमुखिकरण गरिएको छ । घोडाघोडी नगरपालिका वडा न ८ को आयोजना तथा राजमार्ग सञ्चारिका महिला

अझै पढ्नुहोस्
समाचार

मुक्त भएको २४ बर्ष हुँदा पनि अझै पुनस्थापना भएन मुक्त कमैया

धनगढी । पुनस्र्थापनाबाट वञ्चित मुक्त कमैयाले तीन तहकै सरकारसँग पुनस्र्थापना तथा जीविकोपार्जन समस्या समाधान गर्न माग गरेका छन् । कमैया मुक्तिको २४ वर्ष पुग्दा पनि दुई

अझै पढ्नुहोस्