एनएमबी बैंक सुखडद्वारा रक्तदान कार्यक्रम आयोजना, एटीएम सेवा सुरु

शेयेर गर्नुहोस

सुखड/एनएमबी बैंक सुखड शाखाले एटीएम सेवा सुचारु गरेको छ । मङ्गलबार एक कार्यक्रमका बीच घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले एटीएमको उद्घाटन गरे ।

विगत चार वर्ष देखि सुखडमा बैंकको शाखा सञ्चालन सुरु गरी सेवा दिँदै आएको एनएमबीले ग्राहकहरुको सेवालाई ध्यानमा राख्दै आज एटीएमको उद्घाटन गरेको हो । विगत १ वर्षदेखि सुखड शाखामा आफ्नो एटीएम सेवा सुचारु गर्ने प्रयास गरे पनि त्यो सफल नभएको र आज आएर सफल भएको एनएमबी बैंक सुदूरपश्चिम तथा कर्णाली प्रदेशका प्रमुख श्याम अधिकारीले बताए । उक्त कार्यक्रममा विशिष्ट अथिति समेत रहेका अधिकारीले ‘केही समय यता ग्राहकहरू बढ्दै गएका र आफूहरुले पनि थप प्रविधिमैत्री हुँदै सेवालाई अगाडि बढाउने उद्देश्यले यस सेवालाई अगाडि बढाएको बताए ।’

साथै कार्यक्रममा प्रमुख अतिथि रहेका घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले विगत १६ वर्ष देखि यस बैंकले राष्ट्रिय बैंकको रूपमा मान्यता प्राप्त गरेको र यसले जनप्रतिनिधिले चाहे अनुसार सामाजिक सुरक्षा भत्ता समेत प्रदान गर्दै आएको भन्दै धन्यवाद दिए।

२०७४ वैशाख १७ गतेदेखि कञ्चन विकास बैंकको रूपमा सेवा दिँदै आएकोमा २०७७ भाद्र ६ गते एनएमबी बैंकसँग समाहित हुँदै एनएमबी बैंकको रुपमा सो बैंकले सेवा दिँदै आएको छ । हाल सम्म देशैभरि २ सय १ शाखा सञ्चालनमा ल्याएको छ । भने, देशभर आफ्ना १ सय ७७ एटीएम मेसिन राखी सकेको छ । १७७ औं एटीएमको रूपमा सुखड शाखाले एटिएम सुरु गरेको शाखा प्रबन्धक रमेश भाटले जानकारी दिए ।

साथै सोही एटीएम उद्घाटन कार्यक्रमको अवसर पार्दै बैंकले रक्तदान कार्यक्रको आयोजना गरेको छ। जसमा जम्मा ३४ पोइन्ट रगत जम्मा भएको बैंकले जनाएको छ। उक्त रक्तदान कार्यक्रममा ३४ जना सहभागी भएका थिए ।

सो कार्यक्रममा विभिन्न वैंकका प्रतिनिधिहरूका साथै कर्मचारी, स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायत सञ्चारकर्मी सहितको उपस्थिति रहेको थियो ।

ताजा खबर

The Ultimate Guide to Neospin Official: Everything You Need to Know

Mummyland Treasures: почему казахстанцы выбирают этот слот

Free Online Slot Games – How to Win Real Money at Home

Les Machines Électroniques de Hasard du Ludothèque Spinrise Casino

Overview of Stardust Casino Gaming Services and Facilities.

Understanding Nitro Casino: A Guide to Online Gaming Options

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टेम्पो क्षतिपूर्ति दाबी गर्ने धामीको नाममा गाडी नरहेको पुष्टि, वन कर्मचारी पक्राउ प्रकरणमा नयाँ मोड

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा वन अतिक्रमण हटाउने क्रममा भिरबाट टेम्पो खसालिएको घटनामा नयाँ तथ्य सार्वजनिक भएको छ। घटनापछि क्षतिपूर्ति दाबी गर्दै आएकी धनादेवी धामीको

अझै पढ्नुहोस्