उपभोक्ताहरूलाई ग्याँस सिलिन्डर र चुलो वितरण

शेयेर गर्नुहोस

सुखड/घोडाघोडी नगरपालिका–१२ नक्फोडुवामा रहेको जनता सामुदायिक वन उपभोक्ता समूहको नवनिर्मित भवनको सम–उद्घाटन तथा उपभोक्ताहरूलाई ग्याँस सिलिन्डर र चुलो वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमको आयोजना गरी वन माथिको निर्भरता कम गर्नका लागि उपभोक्तालाई ग्याँस सिलिन्डर र चुलो वितरण गरिएको हो । सामुदायिक वनको सामाजिक विकास कार्यक्रम अन्तर्गत १ सय ४५ जना उपभोक्तालाई ग्याँस सिलिन्डर र चुलो वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथिक डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख वन अधिकृत राम बिचारी ठाकुरले सामुदायिक वन उपभोक्ता समूहको नवनिर्मित भवनको सम–उद्घाटन गर्दै सामुदायिक बनले आफ्नो कुल आम्दानीको वन ऎन २०७६ अनुसार समुहको बिधान अनुसार , कार्ययोजना अनुसार आम्दानीको खर्च गर्नु पर्ने , बिधान अनुसार समुहको आम्दानीलाई विभिन्न शिर्षक अनुसार २५ % बन ब्यबस्थापन काम गर्नु पर्छ , गरिबी निवारण ३७.५% बजेट , ३७.५ %कार्यलय सन्चालन जस्ता शिर्षकमा अनिवार्य खर्च गर्नु ,आय आर्जन ,जिबिको पार्जन जस्ता शिषर्कमा खर्च गर्नु पर्ने बताउदै उपभोक्ताहरूलाई ग्याँस सिलिन्डर र चुलो वितरण गरेका थिए । जनता सामुदायिक वनले आफ्ना उपभोक्तालाइ सामाजिक विकास कार्यक्रम अन्तर्गत ग्याँस सिलिन्डर र चुलो वितरण गरेको धन्यावाद दिएका थिए । सामुदायिक वनमा आबद्ध उपभोक्ताहरूले वैकल्पिक ऊर्जाको प्रयोगमा जोड दिँदा वन विनाश कम हुने उनले भने । वन क्षेत्रमा खर्च हुने समय महिलाहरूले खेतबारी र अन्य आयआर्जन हुने कार्यमा खपत हुने डिभिजन वन अधिकृत ठाकुरले बताए ।

ग्याँस चुलो वितरणले उपभोक्तालाई वन संरक्षण गर्न उत्साहित बनाएको जनता सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्ण बहादुर चौधरीले बताए । दाउराको प्रयोग घटाउँदै वन जोगाउने उद्देश्यले ग्यासको सिलिन्डर र चुलो वितरण गरेको उनले बताएका छन् । काठ बिक्रीबाट आएको रकम खर्चेर प्रति उपभोक्ता ६ हजार ४५ रुपैयाँ पर्ने गरी सामुदायिक वनले ग्याँस सिलिन्डर र चुलो वितरण गरिएको अध्यक्ष कृष्ण बहादुर चौधरीले बताए

। समूहको नवनिर्मित भवन २१  लाखमा निमार्ण भएको बताइएको छ । ग्यास पाएपछि स्थानीय खुसी भएका छन् । स्थानीयले दाउरा खपत कमी, समयको बचत, र वन फडानीमा कमी आउनुका साथै अन्य काम गर्न सहज हुने बताएका छन् । विसं २०७२ सालमा स्थापना भएको सामुदायिक वनमा १ सय ४२ जना उपभोक्ता आबद्ध रहेका छन् ।

सामुदायिक वन २१८ दशमलव ७० हेक्टर क्षेत्रफलमा फैलिएको छ । सामुदायिक वनले बाटोघाटो निर्माणका साथै विभिन्न सामाजिक काम गर्दै आएको छ । जनता सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्ण बहादुर  चौधरीको सभाध्यक्षमा भएको कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष रामदुलारे चौधरी, वडा सदस्य, कार्यपालिका सदस्य, भलमन्सा, शिक्षक, प्रहरी लगायत उपभोक्ताहरूको सहभागिता रहेको थियो । जनता सामुदायिक वन उपभोक्ता समूहका सचिव राज कुमारी चौधरीको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक  प्रागि लाल चौधरीले गरेका थिए ।

ताजा खबर

Winbeast Pre-Match vs Live Betting

Recognizing the Period of an ESA Letter

PayPal az Energy Casinónál: Előnyök, Hátrányok és Alternatívák

Stake GamCare et BeGambleAware Ressources

Kingia Community Features: Forums and Chat

सम्बन्धितखवर

छुटाउनु भयो कि !