इन्धनको मूल्यमा वृद्धि

शेयेर गर्नुहोस

काठमाडौ / सरकारले गएराति देखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकोले घाटा कम गर्न निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको रु १३३ कायम गरेको छ । त्यसैगरी डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु तीनले बढेर रु ११६ पुगेको छ ।

आन्तरिक तथा बाहृय हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर रू १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु ९६ पुगेको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार आज रातिदेखि लागू हुनेगरी मुल्य वृद्धि गरिएको निगमका सह प्रवक्ता पुस्कर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एलपी ग्यासमा साविक बिक्री मूल्यमा प्रति सिलिण्डर रु ५० वृद्धि गरी एक हजार ५०० कायम गरिने भएको छ । पछिल्लो पटक असोज ३० गते इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा १५ दिनमा रु दुई अर्ब २२ करोड घाटा भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नागरिक उन्मुक्ति पार्टीको वडा नं. २ मा प्रथम वडा भेला सम्पन्न

धनसरा बुढा,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको वडा नं. २ काे प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ । बुधबार कैलालीको टीकापुर नगरपालिका वडा नं. २

अझै पढ्नुहोस्
प्रदेश

सुदूरपश्चिमका मन्त्रालय एक महिना सम्म मन्त्री बिहीन

धनगढी । सुदूरपश्चिम प्रदेशमा मन्त्रीपरिषद विस्तार नहुँदा एक महिना देखि विषयगत मन्त्रालय मन्त्री बिहीन बनेका छन् । मन्त्री नहुँदा नीति तथा योजना कार्यान्वयन र नीतिगत निर्णय

अझै पढ्नुहोस्
समाचार

दोस्रो घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव २०८१ सुरु

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा दोस्रो घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव २०८१ सुरु भएको छ । घोडाघोडी सामाजिक सरोकार केन्द्रले आयोजना गरेको महोत्सवको एक कार्यक्रमका बिच

अझै पढ्नुहोस्
समाचार

सुखड दरख खानेपानीको ५ औँ चुनावी उद्घाटन सत्र सम्पन्न

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको सुखड दरख खानेपानि तथा सरसफाइ उपभोक्ता समितिको ५ औँ चुनावी उद्घाटन सत्र सम्पन्न भएको छ । “खानेपानीमा शुद्धता

अझै पढ्नुहोस्