आज फेब्रुअरी २ तारिख विश्वभर आज विश्व सिमसार दिवस मनाइयो

शेयेर गर्नुहोस

जमुना न्युरे/बर्सेनि सिमासार दिवश मनाइन्छ तर तिनको सरक्षण र सदुपयोग हुन सकेका छैन , दिन प्रतिदिन सिमसार क्षेत्रमा मिचाह्रा प्रजातीले भरिएको , अतिक्रमणको चपेटामा परेको ,पानी सुकाउदै जानू जस्ता क्रियाकलाप भै रहेका पाइन्छन् ।


५४ औ बिश्व सिमसार दिवश मनाइ रहदा स्थानीय सरकार , प्रदेश सरकार तथा सघिय सरकार सङ्ग छैन ठोस नीति तथा कार्यक्रम सिमसार सरक्षणका तथा सदुपयोग लागि । Wetlands and Traditional Knowledge: Celebrating Cultural t पहिचान” भन्ने मुल नाराका साथ ५४ औ बिश्व सिमसार दिवश विभिन्न सिमसार क्षेत्रमा मनाउदै आयको छ ।


डिभिजन वन कार्यलय पहलमानपुरले विभिन्न कार्यक्रम गरि बिश्व रामसार सुचिमा सुचिकृत तथा नेपालको पहिलो पन्क्षी अभय आरयण ( बर्ड सेन्चुरी )क्षेत्र घोडाघोडी तालमा विभिन्न कार्यक्रम गरि सिमसार दिवश मनाइयको छ ।

कार्यक्रम बोल्दै सुदूरपश्चिम प्रदेश उधोग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिब दिर्घ नारायण कोइरालाले भने पछिल्लो समय जलवायु परिवर्तनको असर प्रत्येक्ष रुपमा सिमसारमा असर पुगेको छ , स्थानीय स्तरमा रहेका आदिवासी , सिमासारमा आश्रीत लाई अब परम्परागत सिपलाइ जोडेर लाग्नु पर्नेमा जोड , सिमसारलाई वातावरण मैत्री सरचना निर्माण अहिले अप्राकृतिक कृत्रिम सिमेन्ट को भौतिक सरचना बनाउदा झन जोखिम पर्ने गरेको बताए ।

तेस्तै कार्यक्रममा बोल्दै वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, निर्देशक श्री भोज राज पाठकले अब्यवस्थित सहरीकरण, प्लाष्टिकजन्य प्रदूषण, र मिचाहा प्रजातिका कारण सिमसार क्षेत्र हरू खुम्चिँदै गएका छन्। यदि हामीले हाम्रा पुर्खाहरूले सिकाएको परम्परागत ज्ञान र आधुनिक संरक्षण विधिलाई सँग सँगै अगाडि बढाउन सकेनौँ भने, भोलिको पुस्ताले यी नीलमणिरुपी सुन्दर तालहरू देख्न पाउने छैनन्।


त्यसैले, यस दिवसले हामीलाई हाम्रा सिमसार क्षेत्रहरूको सरसफाइ गर्ने, अतिक्रमण रोक्ने र स्थानीय समुदायको अधिकारलाई सुरक्षित गर्दै पर्यटन प्रवर्द्धन गर्ने प्रेरणा काम गर्ने बताए ।

कार्यक्रममा सामुदायिक वन समन्वय समितीका अध्यक्ष पुस्कल बम , चरा सरक्षण नेटवर्कका उपाध्यक्ष रामकुमार चौधरी , डल्फिन सरक्षण केन्द्रका अध्यक्ष बिजय राज श्रेष्ठ , घोडाघोडी जन जागरण मन्चका अध्यक्ष हेम बहादुर बम , सामुदायिक वन उपभोक्ता महासघ जिल्ला उपाध्यक्ष मैना ढकाल लगायतका बक्ताहरुले शुभकामना मन्तब्य दिएका थिए भने कार्यक्रम माथी प्रकास डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत सुरेन्द्र कठायतले कार्यक्रम उदेश्य माथि प्रकाश पारेका थिए ।
कार्यक्रम डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक राज पाध्यायको सभापति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Sportwetten ohne Schufa: Tipps von einem erfahrenen Spieler

A Casino Experience at Euro Palace

Trybet Slot Machine Entertainment Options

Glücksspiel in Casino Mainz – Die neuesten Ergebnisse und Auswertungen von Spielautomaten.

Spielsucht in Casino Kassel – Fakten und Hintergründe

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

राष्ट्रिय मानव अधिकार आयोगको २४ औं स्थापना दिवस मनाइयो

धनगढी,१३ जेठ । राष्ट्रिय मानव अधिकार आयोगको २४ औं स्थापना दिवसको अवसरमा धनगढीमा एक कार्यक्रम गरी मनाईएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्य मन्त्री माननिय

अझै पढ्नुहोस्

Бездепозитные бонусы: почему они важны для игроков Казахстана В Казахстане онлайн‑казино растут как грибы после дождя.В 2024 году открылись двенадцать новых площадок, каждая пытается выделиться.Самое

अझै पढ्नुहोस्