अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले स्थायी पदपूर्तिको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाए

शेयेर गर्नुहोस

धनगढी/अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले स्थायी पदपूर्तिको व्यवस्था गर्न माग गर्दै सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

सोमबार मुख्य मन्त्री कमल बहादुर शाहलाई ज्ञापन पत्र बुझाउँदै लामो समयदेखि अस्थायी, करार तथा ज्यालादारी पदमा कार्यरत कर्मचारीहरूको भविश्य अन्योलमा परेको भन्दै स्थायी पदपूर्तिको व्यवस्था गर्न माग गरेको छन्।

ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार ०५६/०५७ सालदेखि लोक सेवा आयोगमार्फत स्थायी पदपूर्ति प्रक्रिया रोकिएपछि श्रेणीविहीन पदहरूमा कार्यरत कर्मचारीहरूले उमेर हदबन्दीका कारण अवसर गुमाउँदै आएको र बृद्धावस्थामा खाली हात बस्नुपर्ने अवस्थाले पीडा थपेको छ । यस्ता कर्मचारीहरूको रोजगारीको ग्यारेन्टी र सुनौलो भविश्य सुनिश्चित गर्न सर्वोच्च अदालतले मिति २०७०/१०/९ मा निर्देशात्मक आदेश दिएको र मिति २०७४/१/२१ मा मन्त्रीपरिषद्ले समेत सहमति जनाएको भए पनि अहिलेसम्म कार्यान्वयन नभएको उनीहरूको गुनासो छ ।

संघले प्रदेश निजामती सेवा ऐन संशोधन गरी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई उमेर हदबन्दी नलगाई एकपटकका लागि स्थायी गर्ने व्यवस्था गर्न माग गरेको छन् । ज्ञापन पत्रमा हाल कार्यरत सम्पूर्ण अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन र स्थायी कर्मचारीसरह सबै सेवा सुविधाको सुनिश्चितता गराउन माग गरिएको छ।

त्यस्तै जटिल प्रकृतिका रोग लाग्दा बिरामी बिदा तथा बिमाको विशेष व्यवस्था हुनुपर्ने माग पनि संघले अघि सारेको छ। संघले कार्यरत कर्मचारीहरूको सेवा अवधि र गुमेको अवसरको समेत मूल्यांकन गरी उपयुक्त व्यवस्थाको लागि पहल गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

ट्राफिक प्रहरी पाेष्ट सत्तिद्वारा चेकजाँच कडाइ

टीकापुर/ कैलालीको टीकापुर स्थित अस्थाई ट्राफिक प्रहरी पाेष्ट सत्तिले चेकजाँचमा कडाइ गरेको छ । अस्थाई ट्राफिक प्रहरी पाेष्ट सत्तिमा किशोर बहादुर सिंह इन्चार्ज भइ आए

अझै पढ्नुहोस्
खेलकुद

ई-प्लानेट नेशनल हाई स्कुल च्याम्पियनसिप : सुदूरपश्चिम छनोटको उपाधि वेस्टर्न क्रिस्टललाई

धनगढी/ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को सुदूरपश्चिम छनोटको उपाधि वेस्टर्न क्रिस्टल एकेडेमीले जितेको छ। धनगढी स्थित मोहना खेल मैदानमा शुक्रबार सम्पन्न

अझै पढ्नुहोस्
समाचार

पुन:उत्पादन हुँदै खयरसिसौ र साल प्रजाती

जमुना न्युरे,धनगढी / कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ८ जरहीमा रहेको जरही सामुदायिक बन उपभोक्ता समुहमा खयरसिसौ र साल प्रजाती पुनरोउत्पादन राम्रो हुँदै बिरुवा हुर्कदै

अझै पढ्नुहोस्
समाचार

केराबारिमा मृत अवस्थामा चितुवा फेला

जमुना न्युरे,लम्की/कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा ७ रहेको मा रहेको सत्तिकर्णाली सामुदायिक वन उपभोक्ता समूह छेउ मा रामजानकी टोलमा मृत अवस्था चितुवा फेला परेको छ

अझै पढ्नुहोस्