अस्थायी संरचना हटाउन ७ दिने अल्टिमेटम दियो रा.मा.बि सुखडले

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले अस्थायी घर टहरा गरी निर्माण भएका संरचना हटाउन ७ दिनको समय दिएको छ ।

सोमबार एक सूचना प्रकाशित गरी विद्यालयको नाममा दर्ता स्रेस्ता कायम रहेको ८ कट्ठा क्षेत्रफल भएको कित्ता नं.९७ मा निमार्ण गरिएका अस्थायी घर टहरा तथा विभिन्न संरचना आफ्नै तरिकाले हटाउन निर्देशन दिएको हो ।

३५ दिने सूचना प्रकाशित पछि विद्यालयले अर्को ७ दिनको सूचना निकालेको हो । सो समयमा खाली नगरेको खण्डमा जुनसुकै सयमा पनि विद्यालयले बल प्रयोग गरी खाली गर्दा हुने व्यक्तिगत धनजनको नोक्सानीको जिम्मेवारी स्वयम् व्यक्तिले लिनु पर्ने सूचनामा उल्लेख गरिएको छ । सूचना प्रकाशित भएको ७ दिन भित्र अर्थात् फागुन २० गते सम्म आफै हटाई सक्नु पर्ने राष्ट्रिय माध्यमिक विद्यालयले भनेको छ ।

सूचनामा विद्यालयले घोडाघोडी नगरपालिका, वडा नम्बर १ को कार्यालय, इलाका प्रशासन कार्यालय सुखड, इलाका प्रहरी कार्यालय सुखड, जिल्ला प्रशासन कार्यालय धनगढी, जिल्ला समन्वय समिति कैलाली,नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय भजनी र विद्युत कार्यालय पहलमानपुरलाई बोधार्थ समेत लेखेको छ । आर्थिक वर्ष २०७६/२०७७ मा सङ्घीय सरकारबाट प्रत्येक प्रदेशमा निमार्ण गर्ने नमुना विशेष आवासीय विद्यालय अन्तर्गत प्राप्त अनुदान बाट निमार्ण गर्ने छात्रावास,क्यान्टिन, र थेरापी भवन बनाउन विद्यालय लागी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

भजहरमा रमाउँदै नारायणपुरका थारु समुदाय

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

डल्फिन तथा जलचर संरक्षणका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने :- नगर प्रमुख थारु

टीकापुर/टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले डल्फिन तथा जलचर संरक्षणका लागि नगरपालिका बाट सक्दो सहयोग रहने बताउनुभएकाे छ । डल्फिन तथा जलचर संरक्षणका लागि

अझै पढ्नुहोस्
समाचार

भलढुङी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको जानकी गाउँ पालिकामा ९ रहेको बर्दिया राष्ट्रिय निकुञ्ज बाट कर्णाली जैविक मार्ग हुँदैभलढुङी सामुदायिक वन उपभोक्ता समुह आएको हात्तीमृत फेला परेको छ

अझै पढ्नुहोस्
राजनीति

टीकापुरका किसान गहुँबाली भित्र्याउने चटारोमा, घरदैलोमा नेता कार्यकर्ता

अप्सरा बुढा,टीकापुर/स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै टीकापुरमा चुनावी सरगर्मी बढेको छ। पाँच दलीय गठबन्धन देखि प्रतिपक्षमा रहेको नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी लगायतका दलहरु चुनावी

अझै पढ्नुहोस्
समाचार

बन्यजन्तुको आक्रमण मृत्यु भयको परिवारलाई राहत दिइयो

जमुना न्युरे,धनगढी /कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० भिमवस्ती मदन टोलकी कलसा सार्कीका परिवारलाई राहात रकम प्रदान गरिएको छ । सामुदायिक वन समन्वय समिति कंचनपुरले

अझै पढ्नुहोस्