अत्यावश्यक वाहेक अन्य विदामा नबस्न कर्मचारीहरुलाई मुख्यमन्त्रीको निर्देशन

शेयेर गर्नुहोस

कैलाली/सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले अत्यावश्यक वाहेक अन्य विदामा नबस्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।


बुधबार मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन २०८२, नीति तथा कानुन अध्ययन तथा सिफारिस उपसमितिले आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा उहाँले सो निर्देशन दिनुभएको हो ।


“सुदूरपश्चिम प्रदेश सरकार यतिबेला आगामी असोज १ र २ गते लगानी तथा विकास सम्मेलनको तयारीमा जुटेको छ,” मुख्यमन्त्री शाहले भन्नुभयो “कोहीपनि अत्यावश्यक वाहेक अन्य विदामा नबस्नु होला।” साथै उहाँले प्रमुख सचिव डा. कमल प्रसाद पोख्रेललाई मातहतका निकायमा निर्देशन परिपत्र गर्न निर्देशन दिनु भएको छ । लगानी तथा विकास सम्मेलन सफल बनाउन सबैलाग्नु पर्नेमा जोड दिदै मुख्यमन्त्री शाहले प्रदेशमा लगानी मैत्री बातावरण बनाई लगानीकर्तामा विश्वासको वातावरण सिर्जना प्रदेश सरकार गम्भिर रहेको बताउनु भयो ।


“काम गर्ने क्रममा विभिन्न कानूनी जटिलता आउन सक्छन,” मुख्यमन्त्री शाहले भन्नुभयो “प्रदेश कानुन सचिब डा. वीरेन्द्र कुमार मिश्रले तत् तत् निकायमा समन्वय गरी एक हप्ताभित्र कानुनी समस्या पहिचान गर्नु होला ।” उहाँले दुई तरिका (अध्यादेश मार्फत र संकल्प प्रस्ताव पेश) बाट ऐन संशोधन गर्न सकिने बताउनु भयो ।


लगानी तथा विकास सम्मेलनल सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक र पूर्वाधार विकासका लागि एक कोशेढुङ्गा सावित हुनेछ । सम्मेलनबाट पूर्वाधार विकास, पर्यटन विकास, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, कृषि तथा वन उपजमा मूल्य अभिवृद्धि, सीमा व्यापार तथा अन्तरदेशीय आर्थिक साझेदारी लगायतका क्षेत्रमा टेवा पुग्ने विश्वास प्रदेश सरकारले लिएको छ ।

ताजा खबर

The Comprehensive Guide to Pettable ESA Letter Expenses

Feinste Online Portomaschinen: Ein Leitfaden für das ultimative Pc-Spiel-Erlebnis

The Home Associated With Online Slot Games

बिरबहादुरको एक कलले बचायो करिब ३० परिवार

Quais os casinos online legais mais populares em Portugal que conquistam os jogadores?

Entdecken Sie die spannende Welt der Echtgeld Online-Casinos

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Online Slots kostenlos spielen Eine der besten Möglichkeiten, um zu gewinnen, Geld online zu verdienen, ist kostenlos Online-Slotspiele zu spielen. Diese Spiele erfordern Software zum

अझै पढ्नुहोस्