६९ औं प्रहरी दिवस २०८१ कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस


धनगढी/कैलालीको आयोजनामा सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाह ज्यूको प्रमुख आतिथ्यतामा एक समारोहका बिच ६९औं प्रहरी दिवस २०८१ भव्यताका साथ सम्पन्न भएको छ ।


उक्त कार्यक्रममा विशिष्ठ अतिथि सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा. कमल पोख्रेल ज्यू, सुदूरपश्चिम प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सुशिल वैद्य ज्यू, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र ज्यू र अतिथिको रुपमा सुदूरपश्चिम पृतना हेडक्वाटर तेघरी कैलालीका सहायक रथी किरण के.सी. ज्यू, सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ वैद्यनाथ वाहिनी अत्तरिया, कैलालीका स.प्र.ना.म.नि. दिपक अधिकारी ज्यू, राष्ट्रिय अनुसन्धान विभाग,

सुदुरपश्चिम प्रदेश कार्यालयका अनुसन्धान निर्देशक किशोर कुमार श्रेष्ठ ज्यू, प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख बासुदेव जोशी ज्यू, कैलाली जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, जन प्रतिनिधिहरु, कैलाली जिल्ला स्थित विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पूर्व प्रहरी संगठनका पदाधिकारी तथा पुर्व प्रहरीहरू, सञ्चारकर्मी, स्थानीय बुद्धिजीविहरू, अमर प्रहरीका आश्रित परिवारजन, समाजसेवी तथा प्रहरी अधिकृत सहित अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


उक्त कार्यक्रममा सदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, कैलालीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ज्यूको शुभ-कामना सन्देश बाचन गर्नुभएको थियो ।
प्रमुख अतिथि ज्यूबाट सुदूरपश्चिम प्रदेश अन्तर्गतमा उत्कृष्ठ कार्य सम्पादन गर्ने प्रहरी अधिकृत तथा जवानहरुलाई पुरस्कार वितरण गर्नु भएको उक्त कार्यक्रममा “नेपाल प्रहरीको अपराध नियन्त्रण तथा अनुसन्धानमा भुमिका” शिर्षकमा रचित उत्कृष्ठ नारा “आँधी हुरी घाम होस चाहे परोस झरी, अपराध नियन्त्रणमा प्रतिवद्ध नेपाल प्रहरी” को लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक दिपक बहादुर धामी र अपराध अनुसन्धान लागायत प्रहरी कार्यमा उत्कृष्ठ सहयोग पुर्‍याए बाफत दिपायल सिलगढी न.पा वडा न.६ का वडाध्यक्ष नरेश मलासी ज्यूलाई कार्यक्रमका बिशिष्ठ अतिथि सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा. कमल पोख्रेल ज्यूले कदर पत्र वितरण गर्नु भएको थियो भने ६९ औं प्रहरी दिवस २०८१ को अवसरमा आयोजित ब्याटमेन्टन प्रतियोगितामा बिजेता तथा उप-बिजेता टिमका खेलाडीहरुलाई कार्यक्रमका बिशिष्ठ अतिथि आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सुशिल वैद्य ज्यूले पुरस्कार वितरण गर्नु भएको थियो ।


उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि ज्यू तथा बिशिष्ठ अतिथि ज्यूहरुले ६९औं प्रहरी दिवसको अवसरमा आ-आफ्नो शुभकामना मन्तव्य समेत व्यक्त गर्नु भएको थियो ।
सुदूरपश्चिम प्रदेशका निमित्त प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीबाट कार्यक्रमका प्रमुख अतिथि माननिय मुख्यमन्त्री ज्यूलाई मायाको चिनो प्रदान गर्नुका साथै प्रमुख अतिथि, बिशिष्ठ अतिथि तथा अन्य आमन्त्रित सम्पूर्ण अतिथि महानुभावहरूमा धन्यवाद ज्ञापन पश्चात उक्त कार्यक्रम समापन भएको थियो ।

ताजा खबर

La Sostanza di Strada degli Galli 2

Spielautomaten von Wunderwins Casino: Chancen und Risiken auf einen Blick

Verkehrskamera-Spiel: Automatenslot mit Verkehrszählern und Glücksspielen.

La Carretera del Pollo Aventurero

Glücksrad der Hühnerstraße

Glücksstrategie mit LuckyMate Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

खप्तडमा लेक लागेर घाइते भएका धनगढीका एक जनाको उद्धार

धनगढी/ खप्तड घुम्न गएका बेला लेक लागेर घाइते भएका धनगढीका एक जनाको उद्धार गरिएको छ। लेक लागेर विरामी भएका धनगढी उपमहानगर पालिकाका ५४ वर्षिय ओम प्रकाश

अझै पढ्नुहोस्
समाचार

वन कार्यलय सङ्ग कुनै गुनासो छैन पहिरो पीडितहरु

जमुना न्युरे,धनगढी/कैलाली जिल्लाको चुरे गांउ पालिका वडा ४ ,५र ६ आमपानी , सैन , सिउती गाउँका पहिरो र बाढीपीडितहरुले ४ बर्ष बितिसक्दा पनि अझै पनि

अझै पढ्नुहोस्