सेती राजमार्गको ट्र्याक खोल्ने बिषयमा छलफल सहित अनुगमन

शेयेर गर्नुहोस

सुखड/सुदुरपस्चिम प्रदेशको राष्ट्रिय गौरवको आयोजना सेती राजमार्गको ट्र्याक खोल्ने बिषयमा छलफल सहित अनुगमन गरिएको छ ।

अछाम निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री शेरबहादुर कुँवर नेतृत्वको टोलिले सनिवार सेती राजमार्गको अनुगमन गरेका छन् । २ किलोमीटर ट्र्याक खोल्ने,रुख कटान आदेश वनले रोकेको निर्माण कम्पनीको गुनासो पश्चात् तत्काल काम सुचारु गर्न अनुगमन गरिएको हो । 

रोकिएको कामलाइ तत्काल सुचारु गर्न, कामको अवस्था बुझ्न तथा कामलाई गति बढाउने उदेश्यले गरिएको अनुगमनमा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर, सेती राजमार्ग योजना प्रमुख वीरेन्द्र बहादुर चन्द, सुदूरपश्चिम प्रदेश सचिव प्रमोद भट्टराई, प्रदेश निर्देशक हेम राज बिष्ट, डिभिजन वन कार्यालय  पहलमानपुरका अधिकृत रामचन्द्र कडेल, वरिष्ठ वन अधिकृत सुरेन्द्र कठायत, वन अधिकृत सुरेश रोकाया, मुख्यमन्त्री कमल बहादुर शाहका स्वकीय सचिव राम बहादुर बिष्ट र देवानन्द जोशी,बर्दगोरिया गाउँपालिका १ नम्बर वडा अध्यक्ष मिथुन गौतम सहितको टोलीले स्थलगत अनुगमन गरेका हुन । 

छलफलपछि स्थलगत अनुगमन गर्दै ट्रयाक खोल्न आवश्यक निर्णयहरू लिइएको छ । सडक विस्तारले यातायात, व्यापार, र जनजीवनमा सहजता ल्याउने अपेक्षा गरिएको छ । अनुगमन पश्चात् गरिएको निर्णयलाई छिटो कार्यान्वयन गर्न डिभिजन वन कार्यालयका प्रमुख राम चन्द्र कडेल र योजना प्रमुख बिरेन्द्र बहादुर चन्दलाई समन्वय गरेर तत्काल काम सुरु गर्न अछाम निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य शेर बहादुर कुँवरले आग्रह गरेका छन ।

वनको अवरोधका कारण सेती राजमार्गको कामले गति तीन नसकेको भन्दै पुर्व मन्त्री कुँवरले यो राजमार्ग बने यश क्षेत्रका जनताको आर्थिक अवस्था सुधारहुनुका साथै मान सरोवर जान छोटो दुरि र सहज हुने अपेक्षा गरिएको बताए । “वनको अवरोधका कारण समयमै कामले तिब्रता पाउन सकेको छैन ।  कैलालीको मोहन्याल १  चोसेकाडा र राक्सा को बीचमा करिब २ किलोमीटर मात्रै नयाँ ट्र्याक खोल्न बाकी छ । यसका लागि जिल्ला वन कैलाली संग कुरा भएको र अब चाडै बाकी काम सुरु हुने  कुँवरले बताए ।

करिब २ किलोमीटर नयाँ ट्र्याक खोलेमा कैलालीको खक्रौलाघाटबाट खिमडी सम्मको सहज यात्रा बन्ने देखिन्छ  । खिमडी देखि लोडेघाट ४० किलोमीटर र अछाममा करिब ७ किलोमीटर नयाँ ट्र्याक खोल्न बाकी रहेको छ । यो राजमार्ग निर्माण भए त्रि देशिय आवतजावत  गर्न सहज हुने छ । लुम्बिनी  नागार्जुन बानिया जेभीका प्रतिनिधि 

खगेन्द्र शाही ,प्रबिण खत्री र दल साउदले बनले सहज बाताबरण गरे बाकी रहेको २ किलोमीटर ट्याक चाडै सम्पन्न गर्ने जानकारी दिए ।

ताजा खबर

Le Tower Rush Jeu Des Tour Eiffel Roulette

Ce este Chicken Road? Definiția și caracteristicile jocului de noroc.

Information on Redbet Casino Online Gaming Platform Features and Services.

Juegos de Azar en Coolcat Casino Online Seguros y Fáciles

Roulette Online India VIP: A Complete Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

माघी होमस्टेमा हुने लाटोकोसेरो उत्सबको तयारी तीब्र

जमुना न्युरे ,सुखड /कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित माघी होमस्टे थारु गाउँमा आयोजना भइरहेको लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तिब्र पारिएको छ ।आउदो माघ २० र

अझै पढ्नुहोस्
अर्थ

जनता कृषि सहकारी संस्था लिमिटेड टीकापुरको १२ औं वार्षिक साधारण सभा सम्पन्न

जनता कृषि सहकारी संस्था लिमिटेड टीकापुरको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७७÷०७८ को ११ लाख ७८ हवार ३

अझै पढ्नुहोस्

Mostbet দিয়ে কিভাবে খেলবো: বাজির পদ্ধতি ও কৌশল

Mostbet দিয়ে কিভাবে খেলবো: বাজির পদ্ধতি ও কৌশল Mostbet একটি জনপ্রিয় অনলাইন বেটিং প্ল্যাটফর্ম যেখানে আপনি বিভিন্ন ধরনের খেলা, ক্যাসিনো এবং বাজি রাখতে পারেন। এখানে

अझै पढ्नुहोस्