सुदूरपश्‍चिममा पर्यटनमा लगानी गर्न प्रदेश सरकारको आह्वान

शेयेर गर्नुहोस

काठमाडौं- सुदूरपश्‍चिम सरकारले प्रदेशमा पर्यटनका प्रचुर सम्भावना भएकोले लगानी गर्न आह्वान गरेको छ। काठमाडौंमा सोमबार सुदूरपश्‍चिम लगानी तथा विकास सम्मेलन र पर्यटन व्यवसायीको भूमिका विषयमा भएको अन्तर्क्रिया कार्यक्रममा प्रदेश सरकारले लगानीको वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको हो।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधि सभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति समभापति डा. आरजु राणा देउवाले सुदूरपश्‍चिम प्राकृतिक स्रोत, संस्कृति तथा भेषभुषामा सम्पन्‍न भएको उल्लेख गर्दै भौतिक पूर्वाधारको विकास भइरहेको बताइन्। उनले थपिन्, ‘सुदूरपश्‍चिममा प्रचुर सम्भावना छ र अब लगानीकर्तालाई सुरक्षित महसुस गराउने गरी वातावरण बनाउन प्रदेश सरकारले पहल गर्नुपर्छ।’

उनले सुदूरपश्‍चिमको पर्यटन विकासमा नेपाल पर्यटन बोर्डले पनि पिछडिएको र कम प्रचार भएको क्षेत्रको पर्यटन प्रबर्द्धनमा जोड दिनुपर्ने बताएकी हुन्। उनले थपिन्, ‘दीगो पर्यटन विकासका लागि समुदायमा आधारित पर्यटन विकासलाई जोड दिनुपर्दछ। यसका लागि हामीले स्थानीय समुदायमा जनचेतना जगाउने र उनीहरुलाई पर्यटन क्षेत्रबाट आम्दानी गर्न सकिन्छ भन्‍ने बुझाउन जरुरी छ।’

कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्‍चिममा जन्मिएर देश र विदेशमा विभिन्‍न पद र ओहदामा बसेकाहरुले आफ्नो अनुभव, बौद्धिक, भौतिक, आर्थिक लगानीलाई सुदूरपश्‍चिममा लगानी गर्न आह्वान गरेका छन्। उनले भने, ‘अब सुदूरपश्‍चिममा सम्भावनाका ढोका खुलिसकेका छन्। हामीसँग ठूलो बजार छ। हामी नीतिगत र कानुनी अड्चन फुकाउने र लगानीको लागि वातावरण निर्माण गर्छौं र तपाईंहरु आएर लगानी गरिदिनुस्।’

त्यसैगरी सुदूरपश्‍चिमका पर्यटनमन्त्री रमेश धामीले संघ सरकारले सुदूरपश्‍चिममा लगानी गर्नुपर्छ भन्‍ने महसुस गर्न नसकेकोप्रति दु:ख व्यक्त गर्दै निजी क्षेत्रलाई लगानीका लागि आह्वान गरेका छन्। उनले भने, ‘सुदूरपश्‍चिममा लगानी गर्न सरकारी निकाय तयार हुनुपर्छ अनि निजी क्षेत्रलाई आकर्षित गर्न सकिन्छ। हामीले दक्ष जनशक्ति उत्पादनका लागि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) सुदूरपश्‍चिममा स्थापना गर्ने गरी काम अघि बढाइसकेका छौं। अब लगानीकर्ताले डराउनुपर्ने स्थिति छैन, ढुक्क भएर लगानी गर्नुस्।’

लगानी बोर्डका सीईयो शुशिल भट्टले सरकारले लगानी सम्मेलन गर्न लागेको उल्लेख गर्दै प्रदेशलाई आफ्ना योजनाहरु प्रस्तुत गर्न आग्रह गरेका छन्। लगानी बोर्डले प्रदेश सरकारले ल्याएका योजनाहरुलाई स्वकेश गराउन सहयोग गर्ने र अन्य परियोजनाहरुमा पनि लगानी गर्न आग्रह गरेका हुन्।

त्यसैगरी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले आन्तरिक लगानीलाई मात्रै पनि परिचालन गर्न सकेको अवस्थामा सुदूरपश्‍चिमको पर्यटन विकासका लागि धेरै समय नलाग्‍ने बताए। उनले प्रदेश सरकारले नीति निर्माण गर्दा लगानी आउने वातावरणलाई खुकुलो बनाएर अघि बढ्नुपर्नेमा उनले सुझाव दिए।

नेपाल नदी संरक्षक मेघ आलेले कर्णालीको सभ्यतालाई जोगाएर पर्यटन प्रबर्द्धन गर्न आग्रह गरे। युरोपियन युनियन व्यापार तथा लगानी कार्यक्रमको सहकार्यमा भएको कार्यक्रममा बोल्दै ईयूको वरिष्ठ अधिकृत मिम हमालले पर्यटन प्रबर्द्धनका लागि ईयूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

त्यसैगरी पर्यटन व्यवसायी दिनेश भण्डारीले सुदूरपश्‍चिममा पर्यटन विकासको सम्भावना र चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए। त्यसैगरी सुदूरपश्‍चिम प्रदेश लगानी तथा विका सम्मेलन पर्यटन उपसमिति संयोजक अमरबहादुर शाहीले पर्यटनको सम्भावना बोकेको सुदूरपश्‍चिममा लगानी गर्न आग्रह गरेका हुन्।

कार्यक्रममा होटल व्यवसायी संघका अध्यक्ष विनायक शाह, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देश हिक्मत सिंह ऐरी, नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानिरु शेर्पा, टानका अध्यक्ष निलहरी बास्तोला, र्‍याफ्टिङ एसोसियसन नेपालका अध्यक्ष शिव अधिकारी, नाटाका महासचिव शिवराज पाण्डे, टुटलका सीईयो शिक्षित भट्टलगायत पर्यटन व्यवसायीहरुले सुदूरपश्‍चिमको पर्यटन विकासका लागि गुरुयोजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिएका छन्।

ताजा खबर

Mobile Roulette for iOS India Premium: A Comprehensive Guide

Free Online Blackjack: A Comprehensive Guide for Athletes

Top Online Slots: A Guide to the most effective Gamings in the Online Casino Globe

The Ultimate Guide to Mobile Roulette for Android Australia Instant

Top Neteller Online Casino Sites: A Comprehensive Guide for Gamblers

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सात वर्षसम्म पनि सेति लोकमार्गको लक्ष्य अनुसार काम हुन सकेन

टीकापुर/निर्माण सुरु भएको सात वर्ष वितिसक्दा पनि सेती लोकमार्ग को एक सय ९२ किलोमिटर सडकमा ट्याक खोल्नै बाँकी रहेको छ ।कुल तीन सय ५९ किलोमिटर

अझै पढ्नुहोस्

новички и профи выбирают Cactus Casino для моментальных выплат — станьте следующим победителем!

Шанс на победу рядом: играйте онлайн и оцените все возможности cactus casino для ярких эмоций Разнообразие игровых автоматов Бонусные системы и акции Важные условия отыгрыша

अझै पढ्नुहोस्
समाचार

कैलालीमा मौलाउँदो अपराध, सुरक्षा चुनौती बढ्यो

पछिल्ला केही दिनयता कैलालीमा असुरक्षा बढ्न थालेको छ । दैनिकरुपमा अपराधिक गतिविधि बढ्न थालेपछि आम नागरिकले असुरक्षा महसुस गर्न थालेका छन् । दिनदहाडै धारिलो हतियार

अझै पढ्नुहोस्