TRENDING
Vavada online casino w Polsce – licencja
Pin Up Casino Azərbaycan
1win — ставки на спорт в букмекерской конторе
Next
Prev

सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापतिले लिए सपथ

शेयेर गर्नुहोस

धनगढी/सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापति बुधबार निर्विरोध रुपमा निर्वाचित भएका छन् । चारै जनाको सपथग्रहण समेत भएको छ । प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले एक कार्यक्रमका बिच चारै जना सभापतिलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।  

निर्विरोध निर्वाचित हुनेमा विधायन तथा प्रदेश मामिला समितिमा दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ती पार्टीका घनश्याम चौधरी र सामाजिक विकासमा समाजवादीले माया पन्त छन् ।

निर्वाचित सभापतिहरुमा विष्ट नेपाली कांग्रेस, थापा नेकपा एमाले, चौधरी नागरिक उन्मुक्ती र पन्त नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य हुन्।
 
उनीहरुले मङ्गलबार सभापति पदमा मनोनयन गरेका थिए । नेकपा माओवादी केन्द्रले भने प्रदेश सभा बैठक सञ्चालन भएपछि बन्ने विशेषाधिकार समितिको सभापति पाउने सहमति सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपाबिच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Vavada online casino w Polsce – licencja

Pin Up Casino Azərbaycan

1win — ставки на спорт в букмекерской конторе

1win casino and sportsbook in India

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु

धनगढी/नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको नेपाली कांग्रेसका उपसभापति तथा पुर्व मन्त्री पुर्णबहादुर खड्का उद्घाटन गनुभएको छ । शनिवार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजना

अझै पढ्नुहोस्