विवाद समाधान गर्न कर्मचारीलाई नयाँ खटनपटन

शेयेर गर्नुहोस

धनगढी /कैलाली र कञ्चनपुरका केही राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा लामो समयदेखि देखिएको सीमा विवाद समाधान गर्न डिभिजन वन कार्यालय धनगढीले पहल थालेको छ।

विवाद समाधान नभएसम्म विवादित वन क्षेत्रमा काठ–दाउरा सङ्कलन, ढुवानीलगायतका वनसम्बन्धी सम्पूर्ण गतिविधि तत्कालका लागि रोकिएको छ।


विवादित क्षेत्रमा हुन सक्ने अनियमितता रोक्नुका साथै सीमा विवादलाई यथाशीघ्र स्थायी रूपमा समाधान गर्ने उद्देश्यले वन अधिकृतलाई कार्यक्षेत्र हेरफेर गरिएको कर्मचारी वन क्षेत्रमा हुने गतिविधि रोकिएको डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ डिभिजनल वन अधिकृत डा. रामविचारी ठाकुरले बताए
गोदावरी नगरपालिका–१० स्थित धाइया बेलानी सामुदायिक वन, गोदावरी–१२ स्थित ग्वासी समैजी सामुदायिक वन तथा सोही वडाको सिद्ध बैजनाथ सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र र कञ्चनपुरको कृष्णपुर नगरपालिकाका स्थानीयबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ।


विवाद समाधानका लागि डिभिजन वन कार्यालय धनगढीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश वन निर्देशनालय, डिभिजन वन कार्यालय कञ्चनपुर तथा गोदावरी र कृष्णपुर नगरपालिकालाई समेत पत्राचार गरेको जनाएको छ।
यसैबीच, केलागाड–धौलेपानी राष्ट्रिय वनमा गत आर्थिक वर्षमा भएको काठ–दाउरा सङ्कलनसम्बन्धी सम्पूर्ण सक्कल फाइल थप आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा पठाइएको कार्यालयले जनाएको छ।


सीमा विवाद रहेका वन क्षेत्रमा स्थानीयसँग पर्याप्त समन्वय नगरी वन कार्ययोजनामा क्षेत्रफल विस्तार गरिएको विषयसमेत उठेको छ। सब–डिभिजन वन कार्यालय गोदावरीमा कार्यरत वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहोराको कार्यकालमा यस्तो विषय देखिएको भन्दै सम्बन्धित पक्षसँग समन्वय र सहकार्य गरी वनको कार्ययोजना संशोधन गरिने वरिष्ठ डिभिजनल वन अधिकृत ठाकुरले बताए ।


वन क्षेत्रमा देखिएको विवादपछि सब–डिभिजन वन कार्यालय गोदावरीमा कार्यरत वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहोरालाई सब–डिभिजन वन कार्यालय उदासीपुरमा सरुवा गरिएको छ। उनको स्थानमा वन अधिकृत चन्द्रबहादुर भण्डारीलाई जिम्मेवारी दिइएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ।

ताजा खबर

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

Figyelmes elemzés a thenvcasinos-hu.com kínálatával, ami új dimenziókat nyit a játékosok előtt Magyarországon

Genuine opportunities await players with theluckygemcasino.nl and exciting bonus features

सम्बन्धितखवर

छुटाउनु भयो कि !