लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो

शेयेर गर्नुहोस

धनगढी/हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ ।

  हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउने क्रममा मुस्ताङको लोमान्थाङमा विभिन्न कार्यक्रम आयोजना गरी सचेतना दिवस मनाइएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, लोमान्थाङ, हिमाली अनुसन्धान केन्द्र र नेपाल पन्छी संरक्षण संघलगायतका संस्थाहरूको संयुक्त आयोजनामा माथिल्लो मुस्ताङका सरोकारवाला निकायका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीय समुदायको सहभागितामा अन्तरक्रिया तथा गिद्ध गणना गरेर सचेतना दिवस मनाइएको हो ।

कार्यक्रममा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, लोमान्थाङका प्रमुख उमेश पौडेलले माथिल्लो मुस्ताङको जैविक विविधता तथा गिद्धको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए । अनुसन्धानकर्ता देउबहादुर रानाले गिद्धको पारिस्थितिक तथा वातावरणीय महत्त्व र यसको संरक्षणको आवश्यकताबारे प्रस्तुति दिएका थिए । 

आईयूसीएन गिद्ध विशेषज्ञ समूह एसियाका सह–अध्यक्ष कृष्णप्रसाद भुसालले अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको ऐतिहासिक पृष्ठभूमि, नेपालमा गिद्ध संरक्षणका क्षेत्रमा भएका प्रयास तथा आगामी कार्यभारबारे जानकारी गराए । 

कार्यक्रममा माथिल्लो मुस्ताङमा गिद्धसँग जोडिएको स्थानीय सांस्कृतिक सम्बन्ध अझै पनि बलियो रहेको बताइएको थियो। लोमान्थाङ गाउँपालिका–५ का वडाध्यक्ष ओङदी गुरुङले परम्परागत संस्कृति तथा स्थानीय चलनले गिद्ध संरक्षणमा समेत योगदान पुर्‍याउँदै आएको बताए । 

गिद्ध दिवसको अवसरमा सचेतनामूलक कार्यक्रमसँगै नेपालका विभिन्न क्षेत्रमा गिद्ध गणना पनि गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत रहेका गिद्धका वासस्थान तथा सम्भावित क्षेत्रहरूमा समेत गिद्ध गणना गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख रविन कडरियाले जानकारी दिए । 

लोमान्थाङमा शनिबार गरिएको गिद्ध गणनामा हिमाली गिद्ध ८७ वटा र हाडफोर गिद्ध ५ वटा अभिलेख गरिएको छ ।

ताजा खबर

The Ultimate Guide to Roulette Bonus: Everything You Need to Know

The Comprehensive Guide to Acquiring an ESA Letter Online

विवाद समाधान गर्न कर्मचारीलाई नयाँ खटनपटन

Comprehending ESA Letter for Cats: A Comprehensive Guide

Alternatif menarik bagi penggemar slot daring dengan pragmatic play demo dan peluang menang besar

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रदेश निजामती सेवा ऎन २०७९ को पहिलो संशोधन कार्यन्वयन नगराउन माग सहित ज्ञापन पत्र

धनगढी/कर्मचारी समायोजन ऐन २०७५ बमोजिम यस सुदूरपश्चिम प्रदेशमा समायोजन भई यस प्रदेशमा कार्यरत सहायक चौथो तहका विभिन्न सेवा समूहमा तथा जनरल फरेष्ट्री समूह श्रेणी विहिन

अझै पढ्नुहोस्
राजनीति

प्रमुख-उपप्रमुख विहीन बन्यो कैलालीको टिकापुर नगरपालिका

धनगढी/कैलालीको टिकापुर नगरपालिका प्रमुख उपप्रमुख विहीन भएको छ । नगरपालिकाका मेयर रामलाल डगौरा थारूले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्न

अझै पढ्नुहोस्