लिक्मामा चतुर्दशी दसैं मनाइदै

शेयेर गर्नुहोस

सुखड/आश्विन शुक्ल चतुर्दशी अर्थात् चतुर्दशी दसैं । आज गौरीगंगा नगरपालिका–८, लिक्मामा सुदूरपश्चिमको खुसी, समृद्धि र प्रगतिको कामनाको संकल्प गर्दै आश्विन शुक्ल चतुर्दशी अर्थात् चतुर्दशी दसैं मनाइएको छ ।


हरेक बर्ष जस्तै यश बर्ष पनि दुर्गा भवानीको पूजाआजा गरी राँगो बलि दिएर सुदूरपश्चिमको खुसी, समृद्धि र प्रगतिको कामनाको संकल्प गर्दै चतुर्दशी दसैं मनाइएको हो।
राँगालाई महिषासुरको प्रतीक मानेर गाउँघरमा डुलाई पूजा आजा गराएर चतुर्दशीका दिन बेलुकी घाम अस्ताउने बेलामा दुर्गा भवानीलाई खुसी पार्न बलि दिने गर्छन्। बलि दिँदा ब्राह्मणद्वारा संकल्प बोलेर सुदूरपश्चिमबासीको खुसी, समृद्धि र प्रगतिको कामना गर्ने गरिन्छ।


राँगो बलि दिनुअघि दसैँको दोस्रो दिनदेखि नै राँगोलाई स्थानीयको घरघरमा लगेर पूजाआजा गराउने र चतुर्दशीका दिन परम्परागत भोस्सो (एक प्रकारको संस्कृति) कवाज (दमाहाको तालमा नाङ्गो तरवाल नचाउँदै एक आपसमा बहादुरीको लयमा खेलिने खेल) खेल्ने गरिन्छ। चतुर्दशी दसैंमा डेउडाको रमाइलोसँगै आफन्त तथा इष्टमित्रसँग भेटघाट हुने अवसर प्राप्त हुने गरेको बताउँदै गौरी गंगा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाअध्यक्ष विष्णु भाटले भने,’चतुर्दशी दसैं सुदूरपश्चिमको एक मौलिक र सांस्कृतिक पर्व पनि हो, जहाँ सुदूरपश्चिमबासीको प्रगतिको कामना गर्दै संकल्प पनि बोलिन्छ ।’


राँगो बलि दिइएपछि चतुर्दशी दसैंमा रातभर डेउडा खेल्ने गरिएको उनले बताए । ‘राँगाको बलि दिइसकेपछि यहाँ महिला र पुरुषको दोहोरो डेउडा हुने गर्दछ,’ उनले भने, ‘आफन्त र इष्टमित्र मिलेर पनि छुट्टछुट्टै समूह बनाई डेउडा खेल्ने गर्दछन्।’

ताजा खबर

The Comprehensive Guide to Pettable ESA Letter Expenses

Feinste Online Portomaschinen: Ein Leitfaden für das ultimative Pc-Spiel-Erlebnis

The Home Associated With Online Slot Games

बिरबहादुरको एक कलले बचायो करिब ३० परिवार

Quais os casinos online legais mais populares em Portugal que conquistam os jogadores?

Entdecken Sie die spannende Welt der Echtgeld Online-Casinos

सम्बन्धितखवर

छुटाउनु भयो कि !