लक्ष्मी सामुदायिक वनको १७औँ साधारणसभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे/“रुख रोपौँ, वन जोगाऔँ, वन र वन्यजन्तु हाम्रा सन्तान हुन्, यिनीहरूको संरक्षण र संवर्द्धन गर्ने हाम्रो अभियान” भन्ने मूल नाराका साथ कैलालीको गौरीगङ्गा नगरपालिका–१०, नुक्लीपुरस्थित लक्ष्मी सामुदायिक वन उपभोक्ता समूहको १७औँ वार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

सामुदायिक वनका अध्यक्ष शेरसिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा समूहकी कोषाध्यक्ष शान्ति बोहराले आर्थिक वर्ष २०८२/८३ को १३ लाख २१ हजार ९ सय ८७ रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गरेकी थिइन्।

कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय धनगढी, कैलालीका निमित्त प्रमुख वन अधिकृत रामअवतार चौधरीले सामुदायिक वनले वन संरक्षणसँगै वन पैदावारको सदुपयोगबाट आम्दानीका , हामिले वन बाट काठ कटान गरे मात्र होइन अन्य आम्दानीको स्रोतहरु सिर्जना गर्नुपर्ने बताए।


उनले सामुदायिक वनले आफ्नो कार्ययोजना र विधानअनुसार काम गर्नुपर्ने बताउँदै काठ तथा दाउराबाट मात्रै नभई गैरकाष्ठ वन पैदावार, नगदेबाली तथा अन्य आयआर्जनका माध्यमबाट पनि उपभोक्ताको आर्थिक अवस्था सुधार गर्न सकिने बताए।
सामुदायिक वनले वातावरण संरक्षणसँगै सामाजिक एकता, कला–संस्कृति संरक्षण र समावेशी समाज निर्माणमा समेत योगदान पुर्‍याइरहेको चौधरीले बताए। पछिल्लो समय वन विनाश, अतिक्रमण, डढेलो तथा जलवायु परिवर्तनका चुनौती बढ्दै गएकाले यसको नियन्त्रणमा सबैको सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ थियो।

वन्यजन्तुको बासस्थानमा भइरहेको क्षतिका कारण वन्यजन्तु गाउँबस्तीमा प्रवेश गर्ने क्रम बढेको र यसले मानव–वन्यजन्तु द्वन्द्व निम्त्याइरहेकोले सामुदायिक वनको क्षेत्रफल र वन संरक्षणको अवस्था सुधार हुँदै गएको उल्लेख गर्दै उनले आगामी दिनमा कार्बन उत्सर्जन न्यूनीकरण तथा कार्बनसम्बन्धी कार्यक्रमबाट समेत सामुदायिक वनले लाभ लिन सक्ने बताए।

उनले वन अतिक्रमण नगर्न, वन डढेलो नियन्त्रणमा सहयोग गर्न तथा वनमा जाँदा वन्यजन्तुको आवतजावत हुने समय र क्षेत्रबारे सचेत हुन उपभोक्तालाई आग्रह गरे। विशेषगरी च्याउलगायतका वन पैदावार सङ्कलन गर्न वनमा जाँदा वन्यजन्तुको आवतजावत हुने बिहान–बेलुका तथा संवेदनशील समयमा सावधानी अपनाउनुपर्ने उनको भनाइ थियो।


कार्यक्रमका विशिष्ट अतिथि सब–डिभिजन वन कार्यालय उदासीपुरका प्रमुख वरिष्ठ वन अधिकृत मनोज ढकालले सामुदायिक वनको कुल आम्दानीलाई तोकिएको मापदण्डअनुसार संरक्षण, प्रशासन तथा सामुदायिक विकासका क्षेत्रमा उपयोग गर्नुपर्ने बताए।
उनका अनुसार सामुदायिक वनको आम्दानीको २५ प्रतिशत वन विकास तथा संरक्षणमा, ५ प्रतिशत प्रशासनिक तथा व्यवस्थापन खर्चमा र बाँकी ७० प्रतिशत रकम आयआर्जन, गरिबी निवारण तथा सामुदायिक विकासका कार्यक्रममा खर्च गर्न सकिन्छ।


ढकालले सामुदायिक वन नेपालको सफल कार्यक्रमका रूपमा स्थापित भएको बताउँदै वन संरक्षणमा उपभोक्ताको प्रत्यक्ष सहभागिता महत्वपूर्ण रहेको बताए। वनमा चोरी–सिकारी, डढेलो तथा अतिक्रमण भएमा सम्बन्धित निकायलाई जानकारी गराउँदै नियन्त्रणमा सहयोग गर्नु सबै उपभोक्ताको जिम्मेवारी भएको उनको भनाइ थियो।

कार्यक्रमको सञ्चालन सामुदायिक वनका सचिव हिङ्गु चौधरीले गरेका थिए। साधारणसभाका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा थारू समुदायका झुम्रा, सखिया र हुर्दुङ्गा नाच, देउडा तथा ठाडी भाका प्रस्तुत गरिएको थियो। सांस्कृतिक प्रस्तुतिमार्फत वन तथा वातावरण संरक्षणसम्बन्धी सन्देशसमेत प्रवाह गरिएको थियो।

ताजा खबर

Online Roulette Not Affected by Gamstop

Apostas de Roleta do Dinheiro Online: O que você precisa saber

The Best Online Roulette: A Comprehensive Guide

Como Jogar Roleta Francesa: Guia Completo

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नोभा हस्पिटलमा प्रहरी र प्रदर्शनकारी बिच झडप

धनगढी/धनगढी नोभा हस्पिटलको लापरवाही गरेका कारण कञ्चनपुरको बेलौरीका १७ वर्षीय नसिब चौधरीको मृत्युु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका छन् । तोडफोडबाट अस्पतालको अगाडीको भागका सिसा

अझै पढ्नुहोस्