रामसार सूचिमा सूचिकृत घोडाघोडी तालमा नगरपालिकाद्वारा नियमविपरित ठेक्का

शेयेर गर्नुहोस



जमुना न्युरे,सुखड/घोडाघोडी नगरपालिकाले रामसार सूचिमा सूचिकृत घोडाघोडी तालमा नियमविपरित ठेक्का लगाएको छ । विश्व रामसार सूचिकृत तथा नेपालको पहिलो पन्क्षी अभय–आरण्य क्षेत्र (बर्ड सेन्चुरी) घोडाघोडी तालमा नगरपालिकाले नियमविपरित बिना मापदण्ड विभिन्न शीर्षकमा आम्दानीका लागि ठेक्का लगाएको हो ।

नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को परिच्छेद ३ को दफा ११ को उपदफा (घ) अनुसार घोडाघोडी मन्दिर क्षेत्रमा आन्तरिक कर सङ्कलनका लागि गत भदौ ५ गते रु १४ लाख ८५ हजारको बोलपत्र आह्वान गरेको हो । बढी बढाबढमा खुलेको उक्त ठेक्का खप्तड निर्माण सेवा बाजुराले पाएको छ ।

घोडाघोडीले स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को परिच्छेद ३ को दफा ११ को उपदफा (घ) अनुसार बोलपत्र आह्वान गरेको उल्लेख गरिएको छ । रामसार तथा सिमसार क्षेत्रको स्थानीय पालिकालाई अध्ययन गरी सिमसारको बस्तुस्थितिबारे तथ्याङ्क राख्ने जिम्मेवारी रहेको नेपालको संबिधान २०७२ को अनुसूची ९ मा उल्लेख गरिएको छ ।

घोडाघोडी तालमा यसरी बिना कार्यबिधि बनाई सरोकारवाला निकायसँग समन्वय नगरेर ठेक्का लगाउन नहुने डिभिजन वन कार्यलय पहमानपुरका प्रमुख वरिष्ठ डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले बताए । रामसार तथा सिमसारको संरक्षण तथा सदुपयोग गर्ने नीति , कार्यबिधि बनाउने अधिकार प्रदेश सरकारलाई नभएको संरक्षण तथा सिमसारविद् टोपबहादुर खत्रीले बताए । “यो सङ्घीय सरकारको अधिकार भित्र पर्छ”, उनले भने ।

स्थानीय तहले विकास निर्माणका कार्य गर्दा स्थानीय सामुदायिक वन, संरक्षणकर्मी, संरक्षणमा लागेका सङ्घ संस्थाहरुलाई अनुगमन, निगरानी गरी अतिक्रमण रोक्न, प्राकृतिक मैत्री सरचना निर्माण गर्ने, जैविक विविधताको संरक्षण, पानीको मुहान संरक्षण जस्ताका विभिन्न सङ्घ संस्थाहरुले सहकार्य गर्न सक्ने खत्रीले बताए ।

स्थानीय तहले लगाएको ठेक्काबारे सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दिर्घनारायण कोइरालाले स्थानीय तहको ठेक्का रामसार सिमसार नीति विपरित भएको बताए । यस कार्यलाई रोक्न सम्बन्धित निकायलाइ पत्राचार गरिने उनको भनाइ थियो ।

सचिव कोइरालाले रामसार तथा सिमसार क्षेत्रमाथी आश्रीत समुदायको आर्य आर्जन, सिमसार माथिको निर्भरता कम गर्न परम्परागत सिपमा आधारित काम गर्न लगाउने, जैविक विविधताको संरक्षण तथा सदुपयोग गर्न, पानीको मुहान संरक्षण जस्ता काम गर्न सक्ने, स्थानीय तहले राजस्व आफुले उठाउन नहुने भन्दै उनले सामुदायिक वनले पर्या– पर्यटनको काम गर्न सक्ने बताए ।

घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतले भने बृहत घोडाघोडी पर्यटन बिकास बोर्ड बाट बनायको १० बर्से को गुरुयोजना अनुसार कार्यबिधि निर्माण गरिएको बताए । कार्यपालिका बैठकबाट यस सम्बन्धि कार्यबिधि पारित गरी बोलपत्र आह्वान गरिएको बताए ।

बृहत घोडाघोडी पर्यटन बोर्डले निर्माण गरेको १० बर्ष गुरुयोजना प्रदेश सरकार हुँदै संघिय सरकारलाई अनुमोदनको लागि प्रक्रिया अगाडि नबढाउदा पालिकाको १० लाख रकम खर्च गरेर बनायको गुरुयोजना खेर गएको छ । जसले घोडाघोडी ताल तथा मन्दिरको ब्यवस्थापन भएको छैन , ।

सिमसार तथा रामसार सूचीमा रहेको घोडाघोडी ताल प्राकृतिक ठूलो ताल हो । यो ताल २ हजार ५६३ हेक्टरमा फैलिएको छ । घोडाघोडी ताल ३५२ हेक्टरमा फैलिएको छ ।
यस तालमा ३८२ प्रजातिका रैथाने तथा आगन्तुक चरा पाइन्छन् ।घोडाघोडी ताल क्षेत्रमा ३२ प्रजातिका माछा, ३४ प्रजातिका स्तनधारी पाइने गरेका जनाइएको छ। यसैगरी, ३२ प्रजातिका पुतली, ११ प्रजातिका घोंघी, सात प्रजातिका घस्रने जन्तु र ६४७ प्रजातिका वनस्पति पाइने चरा बिद तथा चरा सरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले बताए ।

घोडाघोडीको राजमार्ग देखि माथिल्लो भागमा आर्थिक बर्ष २०५९-२०६०मा तत्कालीन जिल्ला वन अधिकृत नवराज बरालले घोडाघोडीमा अतिक्रमण हटाइएको ठाउँमा पुन : अतिक्रमण गरि घरटहरा बनाइएको छ । सम्बन्धित सरोकारवाला निकायहरुले घोडाघोडिको अतिक्रमण नियन्त्रण गर्न कुनै पहल गरियको छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

King Chance Casino: A Comprehensive Guide to Online Gaming Options and Regulations

Ein Überblick über Ausländische Casinos und ihre Regulierungen worldwide.

Übersicht über Ausländische Casinos und deren Möglichkeiten in Deutschland

Vulkan Vegas Kasino – Spela Online Casinospel Med Fokus på Trygghet och Nöje

Välkommen till Vagerland Kasino, Ett Spännande Ombud för Online Casinospel

Spinathlon Casino: Erfolgsstrategien für ambitionierte Spieler entwickeln

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाल विद्यार्थी संघ द्वारा घोडाघोडी मन्दिर परिसर र हेलिप्याड क्षेत्रमा सरसफाइ

सुखड । कैलालीको धार्मिक तथा पर्यटकीय क्षेत्र घोडाघोडी मन्दिर परिसर र सुखडमा रहेको हेलिप्याड क्षेत्रमा सरसफाइ गरिएको छ ।  नेपाल विद्यार्थी सङ्घ घोडाघोडी नगर कमिटीको आयोजनामा

अझै पढ्नुहोस्