TRENDING
Vavada online casino w Polsce – licencja
Vavada online casino w Polsce – licencja
Lemon Casino – Online Casino Recenzje
Lemon Casino – Online Casino Recenzje
Lemon Casino – szczegółowa recenzja Lemon Kasyno
Next
Prev

राजकाँडा–डुडेझारीमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन

शेयेर गर्नुहोस

कैलालीको राजकाँडा–डुडेझारी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनको सम्भाव्यता अध्ययन गरिएको छ। सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइको आयोजनामा तथा सिके सनर प्रमोसनको सहजीकरणमा गरिएको प्रारम्भिक प्राविधिक अध्ययनले यस क्षेत्र प्याराग्लाइडिङका लागि उपयुक्त रहेको निष्कर्ष निकालेको छ।


प्रदेश सरकारले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित राजकाँडा–डुडेझारी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनको सम्भावना खोज्न बजेट विनियोजन गरी अध्ययन अघि बढाएको थियो। लम्कीचुहा नगरपालिका–३ र मोहन्याल गाउँपालिका–७ मा फैलिएको यो क्षेत्र प्राकृतिक सौन्दर्य, कर्णाली नदीको मनोरम दृश्य र खुला भू–भागका कारण साहसिक पर्यटनको नयाँ गन्तव्य बन्न सक्ने अपेक्षा गरिएको हाे।


प्याराग्लाइडिङ पाइलट तथा प्राविधिक विज्ञ राम राई का अनुसार राजकाँडाको डाँडाबाट कर्णाली नदीको तटीय क्षेत्रसम्म करिब ५ देखि ५.५ किलोमिटर दूरीको उडान सम्भव देखिएको छ। अध्ययनले जालपा देवी मन्दिरको दक्षिणतर्फको भागलाई टेक–अफ (उडान स्थल) र डुडेझारीकाे समथर भू–भागलाई ल्यान्डिङ क्षेत्रका रूपमा पहिचान गरेको छ।


प्राविधिक मूल्याङ्कनका क्रममा उडान स्थलको भिरालोपन ५० देखि ६० डिग्रीसम्म रहेको पाइएको छ। सुरक्षित उडानका लागि केही पूर्वाधार निर्माण आवश्यक भए पनि समग्र रूपमा क्षेत्र अनुकूल रहेको उनले बताएका छन्। अध्ययनले वर्षका बाह्रै महिना प्याराग्लाइडिङ सञ्चालन गर्न सकिने सम्भावना देखाएको छ।


अध्ययनका क्रममा केही सुरक्षा तथा प्राविधिक चुनौतीहरू पनि रहेका छन्। नेपाली सेना र सशस्त्र प्रहरी बलका तालिम केन्द्र तथा फायरिङ रेन्ज क्षेत्र नजिक भएकाले उडान सञ्चालन गर्दा सुरक्षा निकायसँग समन्वय आवश्यक पर्ने देखिएको छ। यसबाहेक केही स्थानमा रहेका हाईटेन्सन लाइन र बिहानको समयमा लाग्ने हुस्सुले पनि चुनौती थप्न सक्ने अध्ययन टोलीले जनाएको छ।


यद्यपि विज्ञको टोलीले सुरक्षा निकायका क्षेत्रभन्दा बाहिर अवतरणका लागि पर्याप्त खाली भू–भाग उपलब्ध रहेको बताएका छन्। “आर्मी र सशस्त्रलाई असर नपर्ने गरी धेरै ल्यान्डिङ पोइन्टहरू छन्, हामीले ड्रोनमार्फत पनि अध्ययन गरेका छौँ,” पाइलट राम राईले भने।

लम्की चुहा वडा नम्बर ३ का वडा अध्यक्ष लव शाहीले कृषि योग्य जमिनको सीमितता रहेको यस क्षेत्रमा पर्यटन नै आर्थिक समृद्धिको मुख्य आधार बन्न सक्ने सम्भावना भएको बताए। निर्माणाधीन केबलकार, कर्णाली नदीको र्‍याफ्टिङ र प्रस्तावित प्याराग्लाइडिङले यस क्षेत्रलाई नयाँ पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्न सक्ने उनले बताए।


प्याराग्लाइडिङ सञ्चालनमा आए स्थानीय बादी तथा मुक्त कमैया समुदायका युवाहरूले रोजगारीका अवसर पाउने, होमस्टे तथा होटल व्यवसाय विस्तार हुने र स्थानीय अर्थतन्त्र चलायमान बन्ने अपेक्षा समेत रहेको उनले बताए। सामुदायिक वनका प्रतिनिधिहरूले पनि पर्यटन विकासका लागि सकारात्मक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

अध्ययन टोलीका विज्ञ डा. प्रेम शर्माका अनुसार यो प्रारम्भिक सम्भाव्यता अध्ययन मात्र हो। स्थानीय सुझाव तथा प्राविधिक विवरण समेटेर विस्तृत प्रतिवेदन तयार गरिनेछ भने आगामी चरणमा परीक्षण उडानसहित सामाजिक, वातावरणीय र आर्थिक प्रभावको थप अध्ययन गरिनेछ।

आयोजना सफलतापूर्वक कार्यान्वयन भए राजकाँडा–डुडेझारी क्षेत्र सुदूरपश्चिमको पर्यटकीय गन्तव्यका रूपमा विकास हुनुका साथै कर्णाली र लुम्बिनी प्रदेशका पर्यटक भित्र्याउने र पर्यटकीय क्षेत्रसँग जोडिने महत्त्वपूर्ण पर्यटन करिडोर बन्न सक्ने पर्यटन एकाइका प्रमुख डबल बोहराले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Vavada online casino w Polsce – licencja

Vavada online casino w Polsce – licencja

Lemon Casino – Online Casino Recenzje

Lemon Casino – Online Casino Recenzje

Lemon Casino – szczegółowa recenzja Lemon Kasyno

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Преимущества скачивания казино Пин-Ап: бонусы, акции и условия игры

Преимущества скачивания казино Пин-Ап: бонусы, акции и условия игры Казино Пин-Ап предлагает игрокам множество преимуществ, среди которых особое внимание заслуживают бонусы, акции и условия игры.

अझै पढ्नुहोस्

OlimpBet KZ отзывы: как казахстанцы видят популярное онлайн‑казино

ОлимпБет давно стал одним из самых обсуждаемых сайтов для ставок в Казахстане.Сайт привлекает широким выбором спортивных событий, бонусными программами, удобным мобильным приложением и быстрыми выводами

अझै पढ्नुहोस्