TRENDING

रक्तदाता दीपक उपाध्याय रक्तदान सद्भाव दूतमा नियुक्त

शेयेर गर्नुहोस


धनगढी/पत्रकार एवम् सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी पटक रक्तदान गर्नु भएका रक्तदाता दीपक उपाध्याय रक्तदान सद्भाव दूतमा नियुक्त भएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उहाँलाई रक्तदान सद्भाव दूत नियुक्त गरेको हो । आज धनगढीमा निःशुल्क रक्त सेवा शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले सम्मानसहित उपाध्यायलाई रक्तदान सद्भाव दूत नियुक्त गरेका हुन ।

उपाध्यायले कैयौं वर्षदेखि बिरामीलाई रगत उपलब्ध गराउनका लागि सहयोग गर्दै आउनुभएको छ । यसैगरी, उहाँले रक्तदान कार्यक्रम सञ्चालन र रक्तदान गर्नका लागि विभिन्न सङ्घ संस्था, व्यक्तिलाई घचघच्याउनुका साथै प्रेरणा प्रदान गर्दै आएका छ्न ।

धनगढी निवासी उहाँले हालसम्म १०७ पटक रक्तदान गरि सकेका छन् । रगत आवश्यक पर्ने बित्तिकै धेरैजसो बिरामीका आफन्तले उहाँलाई सम्पर्क गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाल रेडक्रस सोसाइटी धनसिंहपुर उपशाखाकाे सभापतिमा टमट्टा

धनसरा बुढा ,टीकापुर/नेपाल रेडक्रस सोसाइटी धनसिंहपुर उपशाखाकाे सभापतिमा रतन बहादुर टमट्टा निर्विरोध चयन हुनु भएको छ । शुक्रबार भएको सहमतिमा नेपाल रेडक्रस सोसाइटी धनसिहपुर उपशाखाकाे

अझै पढ्नुहोस्
समाचार

सार्वजनिक स्थलमा दाउरा वितरण गर्न मन्त्रालयकाे निर्देशन

धनगढी / बढ्दै गरेकाे चिसाेका कारण जनजिवन प्रभावित हुन नदिन दाउरा वितरण गर्न उधाेग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकाे निर्देशन दिएकाे छ । मातहातका डिभिजन

अझै पढ्नुहोस्