मुख्यमन्त्री शाह र नेपाल उद्योग वाणिज्य महासघ अध्यक्ष ढकाल बीच भेटवार्ता

शेयेर गर्नुहोस

धनगढी/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालबीच आज एक औपचारिक भेटवार्ता भएको छ।


मुख्यमन्त्री निवासमा भेटका क्रममा अध्यक्ष ढकालले सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनको अवसरमा महासङ्घले तयार पारेको “सुदूरपश्चिम प्रदेशमा लगानी सम्भावना, अवसर तथा चुनौती–स्थिति पत्र, २०८१” मुख्यमन्त्री शाहलाई हस्तान्तरण गर्नुभयो।


स्थिति पत्र ग्रहणपछि मुख्यमन्त्री शाहले सुदूरपश्चिममा विशाल लगानी सम्भावना रहेको उल्लेख गर्दै प्रदेश सरकारले अनुकुल लगानी वातावरण निर्माणलाई अत्यन्त प्राथमिकता दिएको बताउनुभयो। उहाँले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै, “सुदूरपश्चिमको कर्णाली–चिसापानी क्षेत्रमा ५ अर्ब रूपैयाँ लगानीमा केवलकार परियोजना सञ्चालन गरी प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गर्नुभएकोमा अध्यक्ष ढकालज्यूलाई धन्यवाद व्यक्त गर्नु भयो ।


अध्यक्ष ढकालले सुदूरपश्चिममा पर्यटन, कृषि, जडीबुटी, धार्मिक तथा जलस्रोत क्षेत्रमा अपार सम्भावना रहेको बताउँदै प्रदेशमा अर्को ठूलो लगानी आकर्षित गर्न महासंघ प्रतिबद्ध रहेको जानकारी दिनुभयो। उहाँले चिसापानीमा ५ अर्ब लगानीमा निर्माण भइरहेको केवलकार परियोजना प्रदेशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।


सिमानासँग नजिक रहेको भौगोलिक अवस्थाका कारण सुदूरपश्चिममा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत लगानीको अवसर बढिरहेको उल्लेख गर्दै ढकालले नेपालमा नकारात्मक धारणा भन्दा पनि सकारात्मक ऊर्जा र लगानीमैत्री सोच आवश्यक भएको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Exploring the Gaming Options at Vegas Land Casino

Jogo Legal e Seguro no Cosmislot Casino

PalmSlots Casinos Utbud av Spelautomater och Tavlor

KingBit Casino Online Gaming Experience Review

Vegastars Casino Gaming Options for Diverse Players

Dragonara Casinos Online Gaming Platform Review

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Lucky Piggy Starz: обзор, аналитика и перспективы в Казахстане В Казахстане рынок онлайн‑казино растёт быстрыми темпами, и игроки всё чаще ищут новые площадки, обещающие не

अझै पढ्नुहोस्
समाचार

धनगढीमा स्टेपिङ स्टोन जुनियर कप क्रिकेटको तयारी पूरा, ट्रफी सार्वजनिक

धनगढी/ धनगढी क्रिकेट एकेडेमी (डीसिए) को आयोजनामा हुने स्टेपिङ स्टोन इंग्लिस स्कुल जुनियर कप क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । यही पुस १४ गतेबाट

अझै पढ्नुहोस्