मुख्यमन्त्री शाह द्वारा कैलारी गाउँपालिका–२ गुर्गी बाँधको निरीक्षण

शेयेर गर्नुहोस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको कैलारी गाउँपालिका–२ टेढीस्थित टेढी बाँध तथा वडा नम्बर ३ कुकुरभुक्कामा रहेको गुर्गी बाँधको निरीक्षण गर्नुभएको छ।


विहीबार मुख्यमन्त्री शाहले कटैनी नदीमा निर्माण गरिएका जिल्लाकै पुराना सिँचाइ आयोजना अन्तर्गतका बाँधहरूको स्थलगत निरीक्षण गर्नुभएको हो। टेढी सिँचाइ आयोजनाबाट पालिका वडा नम्बर ६, ८, २, ३, ५ र ७ तथा गुर्गी सिँचाइ आयोजनाबाट पालिका वडा नम्बर ७, ५, १ र ३ का कृषकहरू लाभान्वित हुँदै आएका थिए।

२०६४ सालमा आएको बाढीले बाँध क्षतिग्रस्त बनाउँदा यी आयोजना पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्। बाँध भत्किनुका साथै नहर निर्माण हुन नसक्दा त्यस क्षेत्रका किसानहरू वर्षौंदेखि समस्यामा परिरहेका छन्।


बाँधको निरीक्षणपछि मुख्यमन्त्री शाहले प्रभावित क्षेत्रका किसानलाई राहत पुर्‍याउन तथा कृषि क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनताको माग सम्बोधन गर्न प्रदेश सरकार सकारात्मक र प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीका अनुसार टेढी र गुर्गी बाँध पुनर्निर्माणसँगै सिँचाइ नहर निर्माण भएमा हजारौं कृषक प्रत्यक्ष लाभान्वित हुनेछन्।

उहाँले त्यस क्षेत्रका करिब ९५ प्रतिशत जनता कृषिमा निर्भर रहेको बताउँदै हाल किसानहरू वर्षाको पानीमा निर्भर हुन बाध्य रहेको र चैते धान खेतीसमेत गर्न नसक्ने अवस्था रहेको जानकारी दिनुभयो। साथै, सिँचाइ अभावमा किसानहरूले महँगो मूल्यमा डिजेल किनेर पानी तान्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ।


बाँध निर्माणका लागि प्रदेश र स्थानिय सरकारले पटक–पटक बजेट विनियोजन गरेपनि कार्यान्वयन नहुँदा योजना अलपत्र परेको स्थानीय लखन चौधरीले गुनासो गर्नुभयो। ।”योजना समयमै सम्पन्न नहुन एकदमै दुखद कुरा हो, ” स्थानीय चौधरी भन्नुभयो, “सरकारबाट विनियोजित रकम कार्यान्वय भएमा किसानलाई राहत हुनेथियो ।, “
निरीक्षणमा मुख्यमन्त्रीसँगै राष्ट्रिय सभा सदस्य, नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट, उपाध्यक्ष खेम चौधरी, सुदूरपश्चिम प्रदेश प्रदेश नीति तथा योजना आयोगका सदस्य निर्प सुनार, कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी लगायत स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

N1Bet – Das Glück des Spiels ist egal, ob Gewinn oder Verlust

Ouro da Fortuna em Nova Vegas

Spielautomat Olympia – Die Münze Rätlet zum Sieg

Marvel Automaten – Erfolg ist nur eine Gewinnlinie entfernt

Viu-Viu – Glücksspiel auf höchstem Niveau

LExpérience Tour de Poursuite Virtuelle en Ligne

सम्बन्धितखवर

छुटाउनु भयो कि !