मारवाडी सेवा समिति नेपाल द्वारा नि:शुल्क कृत्रिम खुट्टा वितरण

शेयेर गर्नुहोस

परराष्ट्रमन्त्री एनपी साउदले मारवाडी समुदायले समाज सेवामा अनुकरणीय काम गर्दै आएको बताएका छन्। मारवाडी सेवा समितिले शनिबार गौशालामा आयोजना गरेको ‘निशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रम’ मा उनले मारवाडी समुदायले समाज सेवामा अनुकरणीय काम गर्दै आएका बताएका हुन्।


समितिले पशुपति गौशाला धर्मशालामा आयोजना गरेको कार्यक्रममा मन्त्री साउदले भने, ‘मारवाडी समुदायले देशको अर्थतन्त्रमा मात्रै नभएर समाज सेवामा पनि अत्यन्तै अनुकरणीय काम गर्दै आएको छ।’ मारवाडी समुदायले देशभर संगठित भएर गर्दै आएको समाज सेवाको चर्चा गर्दै उनले समाज सेवा मुखले गर्छु भने जस्तो सहज भने नभएको बताए।


‘तपाईंहरुले देशव्यापी रुपमा संगठन बनाउनुभएको छ। त्यसले राम्रो सहयोग गरेको छ। केही न केही त्यसको सामाजिक पक्ष हुन्छ हुन्छ,’ मन्त्री साउदले भने, ‘अरुले गर्न नसक्ने काम तपाईहरुले गर्दै आउनुभएको छ। समाज सेवा मुखले गर्न सजिलो छ। तर, त्यसका लागि समय निकाल्नु, व्यवस्थापन गर्नु गाह्रो छ।’
मारवाडी सेवा समितिले २०५६ सालदेखि पशुपति गौशाला धर्मशालाद्वारा निशुल्क रुपमा कृत्रिम खुट्टा वितरण गर्दै आएको छ। शनिबार कार्यक्रममा आयोजना गरेर समितिले ७ जनालाई निशुल्क रुपमा खुट्टा वितरण गरेको छ।


पशुपति गौशाला धर्मशालाका महासचिव महावीर घिराइयाले अहिलेसम्म झण्डै ६ हजार जनालाई निशुल्क खुट्टा वितरण गराइसकिएको जानकारी दिए। उनका अनुसार दिपकप्रसाद सुवेदी, शान्तकुमारी कार्की, विष्णुबहादुर भुजेल तुलसीप्रसाद श्रेष्ठ, लोकेन्द्रप्रसाद सापकोटा, शंकरबहादुर सोनार र पूर्णचन्द्र तोलांगीलाई निशुल्क खुट्टा वितरण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Grande Vegas Casino – Gry Na Stawkę Bez Wzrostu Kapitału

WinUnique Casino Online Gaming Options and Responsible Play Strategies

Crypto Loko Casino – Neutrales und Unabhängiges Online Casino für Spieler

Las Opciones de Apuesta en Glitch Spin Casino

Affidabile intrattenimento e donbet casino, la tua esperienza di gioco ideale e sicura

Intricate details surrounding donbet casino reveal exciting gaming possibilities for everyone

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रजातन्त्र दिवसको अवसरमा बोगटान -१ सिचाैर द्वारा वृक्षारोपण

दिपक वि.क,डोटी/डोटी जिल्ला बोगटान फुडसिल गाउँपालिका वडा नं:१ छिडिखाना ,सिमाचाैर ,द्वारा प्रजातन्त्र दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरि मनाएको छ। फागुन ७ गते ७३औं प्रजातन्त्र

अझै पढ्नुहोस्
खेलकुद

कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता : ‘ए’ डिभिजन लिगको उपाधि विजय स्पोर्ट्स क्लब धनगढीले जित्यो

१२ जेठ,सुखड । कैलाली घोडाघोडी नगरपालिका–१ सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको ‘ए’ डिभिजन लिगको उपाधि विजय स्पोर्ट्स क्लब धनगढीले जितेको छ । विजय

अझै पढ्नुहोस्
Highlights

जस्तो दुखमा पनि संर्घष गरेर अगाडि हिड्छिन साबित्रा

जमुना न्युरे,सुखड/कैलालीको घोडाघोडी नगरपालिका वडा न २ मा बस्ने सावित्रा शाहि अहिले ४१ बर्षकि भईन । बुवा अमर बहादुर शाही र आमा मनकला शाहिको जेठो

अझै पढ्नुहोस्