भलढुङी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको जानकी गाउँ पालिकामा ९ रहेको बर्दिया राष्ट्रिय निकुञ्ज बाट कर्णाली जैविक मार्ग हुँदै
भलढुङी सामुदायिक वन उपभोक्ता समुह आएको हात्ती
मृत फेला परेको छ ।सामुदायिक वनमै कर्णाली नदिको किनारमा मृत फेला परेको हात्ती बयस्क भाले रहेको हो ।

भलढुङ्गी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष छल्लुराम चौधरीले आफुहरु सामुदायिक वनमा जादा मृत अवस्था हात्ती देखेर डिभिजन वन कार्यलय पहलमानपुर प्रमुख रामचन्द्र कडेललाइ जानकारी गरायका थिय । घटनाको जानकारी पाउनसाथ घटनास्थलमा डिभिजन वनको टोलि पुगेको थियो । डिभिजन वन कार्यलय पहलमानपुरले बर्दिया राष्ट्रिय निकुञ्ज सङ्ग समन्वय गरेर प्राबिधिक टोलिलेलाई बोलायको थियो ।

घटनास्थलमा पुग्दा करिब ३०बर्षको बयस्क भाले हात्ती मृत अवस्थामा भेटिएको प्रमुख कडेलले जानकारी दिए ।

बर्दिया राष्ट्रिय निकुञ्ज बाट भेट्नरि डा. आयुश महर्जनको नेतृत्वमा आएको प्राबिधिक टोलिले हात्तीको पोष्टमाटम गरेर थप परिक्षणका लागि नमूना सङ्कलन गरिएको छ । हात्तीका दुई वटा दाह्रा डिभिजन वन कार्यलय पहलमानपुरमा ल्याइएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज बाट हात्ति कर्णाली नदिको भङ्गालो गेरुवामा पानी कम हुदा हात्ती पानी पिउन कर्णाली मै पुगेको हो । यसरी बन्यजन्तुहरु बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै कर्णाली जैविकमार्ग हुँदै दुधुवा नेसनल पार्क सम्म पुग्ने र बसन्ता जैविक मार्ग हुँदै आहारबिहार गर्ने गर्दछ्न । कर्णाली नदिको गेरुवामा पानी कम हुदा वन्यजन्तुहरु कर्णालीका छेउछाउका सामुदायिक वनहरुमा आइपुग्ने गर्छन् ।


हाती के कारणले मरेको हो भन्ने तत्काल केही भन नसकिने थप परिक्षण रिपोर्ट पछि मात्र भन्ने सकिने प्रमुख कडेलले बताए ।
हात्तीको पोष्टमाटम गरेर तेहि ठाउँमा सम्बधित सरोकारवाला निकाय रोहवरमा हात्तीको सब जमिनमा खाल्डो खनेर गाडिएको छ। हात्तीको पुच्छर भन्दा माथी भागमा सानो घाउ त्यस बाट पिप आयको ,हात्ती मृत फेला परेको ठाउँ माटो खनेको देखिएको अध्यक्ष चौधरी ले बताए ।


हात्ती के कसरी मरेको हो घटनाको थप अनुसन्धान गरिने कडेलले बताए , यसरी बर्दिया राष्ट्रिय निकुञ्ज बाट निर्बाद रुपमा बन्यजन्तु ओहोरदोहोर गर्दा करिव एक बर्ष अगाडि २ पाटेबाघ पासोमा परि मारिएका थिय । सम्बन्धित निकायले समयमा नै घटनाको अनुसन्धान र कानुनी कारबाहीका लागि केही गर्न नसक्दा यस्ता ठुला बन्यजन्तु चोरिसिकारीको जालोमा परिरहन्छ्न ।

ताजा खबर

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Вавада зеркало сайта как правильно использовать

Вавада зеркало сайта советы по правильному использованию При выборе проверенного источника для онлайн-игр важно обратить внимание на надёжность и безопасность платформы. Убедитесь, что используете актуальную

अझै पढ्नुहोस्