बसन्ता जैविकमार्गमा डमरू हुर्काउन आयो बाघ

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/हरेक बर्ष जस्तै डमरु हुर्काउन कैलाली जिल्लाको
बसन्ता जैविक मार्ग हुँदै कैलारी गाउँपालिकास्थित घुरहा नदी आसपासका सामुदायिक वन क्षेत्रमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन्।


डमरुसहितको पोथी बाघले घरपालुवा जनावरसमेत मार्न थालेपछि स्थानीयमा त्रास बढेको हो। वन क्षेत्रको आसपास विद्यालयसमेत रहेकाले विद्यार्थीहरूको सुरक्षाप्रति चिन्ता बढेको कैलारी गाउँपालिका–बसन्ति चौधरीले बताए ।

कैलारी गाउँपालिका–४ स्थित हरियाली महिला सामुदायिक वन, मिलन सामुदायिक वन तथा वडा नं ६ को भगतपुरस्थित सयपत्री सामुदायिक वन क्षेत्रमा डमरुसहितको बाघ ओहोरदोहोर गरिरहेको स्थानीयले बताएका छन्। यी वन क्षेत्र घुरहा नदी वारिपारि एकै क्षेत्रमा , घना र बाक्ला वनको रुपमा अवस्थित छन्।

हरियाली महिला सामुदायिक वन उपभोक्ता समितिकी सचिव सुनिता कुमारी चौधरीका अनुसार बाघले दुईवटा गोरु र एउटा बँदेल मारिसकेको छ। उनले भगतपुरका स्थानीयले बाघलाई डमरुसहित नदी वारपार गरिरहेको अवस्थामा देखेको जानकारी दिए ।
यसैगरी, वनमा हराएको गाई खोज्न गएका के गाउँका चन्द्रकला नेपाल बाघसँग केही मिटरको दूरीमा जम्काभेट भएको थियो।

“वनभित्र रहेको बाँसको झाडी नजिक बाघ देखेपछि म डरले चिच्याउन थालेँ,” प्रत्यक्षदर्शी चन्द्रकलाले भने “तर छोरो भने मोबाइलबाट फोटो खिच्न थाल्यो।” बाघसँग जम्काभेट भएपछि आफूहरू त्रसित भए पनि केही तस्बिर खिचेर घर फर्किएको बताए ।
भारतको दुधुवा राष्ट्रिय निकुञ्ज नजिक पर्ने उक्त क्षेत्रमा विगतमा पनि पाटेबाघ ओहोरदोहोर गर्ने गरेको अभिलेख छ। दुधुवामा बाघको सङ्ख्या बढी भएकाले पोथी बाघले आफ्ना डमरु जोगाउन तथा हुर्काउन बसन्ता जैविक मार्ग कोरिडोर हुँदै विभिन्न सामुदायिक वन क्षेत्रमा ल्याउने गरेको स्थानीयको भनाइ छ। हरियाली महिला सामुदायिक वनलगायतका क्षेत्रमा मोहना र घुरहा नदी किनार हुँदै बाघ दुधुवाबाट आउने गरेको जनाइएको छ।

सामुदायिक वन क्षेत्र वरिपरि विद्यालयसमेत रहेकाले बाघको गतिविधि निगरानी गर्न क्यामेरा ट्र्याप जडान गर्न स्थानीयले डिभिजन वन कार्यालयसँग माग गरेका छन्।
सब डिभिजन वन कार्यालय बसन्ताका प्रमुख वरिष्ठ वन अधिकृत मनोज ढकालले भने स्थानीयलाई सामुदायिक वनमा नजान , जङ्गल अहिले घाँस दाउरा गर्न , डढेलो नलगाउन साथै समुदायमा जनचेतना फैलाउन काम गरिएको जानकारी दिए ।

बघिनी बाघले भाले बाघ बाट सुरक्षित रूपमा बचायर डमरु हुर्काउन सान्ता वातावरण , प्रसस्त खानेकुरा पाउने भयकाले बाघ बसन्ता जैविक मार्ग आउने गरेको छ ।

डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले कैलारीका सामुदायिक वन क्षेत्रमा बाघ देखिएको विषयमा औपचारिक जानकारी प्राप्त नभएको बताए । यद्यपि, बाघ आएको पुष्टि भएमा आवश्यक सतर्कता अपनाउन उनले स्थानीयलाई आग्रह गरे ।

स्थानीयका अनुसार बाघ हुलाकी राजमार्गअन्तर्गत घुरहा नदीको पुल क्षेत्रदेखि उत्तरतर्फको वन क्षेत्र र नदी किनारमा ओहोरदोहोर गरिरहेको छ। त्यस क्षेत्रमा आवतजावत गर्दा विशेष सावधानी अपनाउन स्थानीयले अनुरोध गरेका छन्।

यसैबीच, सयपत्री सामुदायिक वन उपभोक्ता समितिका सचिव नरेन्द्र थारुले डमरुसहितको पोथी बाघलाई पछ्याउँदै भाले बाघ पनि उक्त क्षेत्रमा आएको दाबी गरे । उनकाअनुसार भाले बाघ आएपछि पोथी बाघ आफ्ना डमरुसहित मोहनपुरतर्फको वन क्षेत्रमा सरेको छ।

ताजा खबर

The Comprehensive Guide to Pettable ESA Letter Expenses

Feinste Online Portomaschinen: Ein Leitfaden für das ultimative Pc-Spiel-Erlebnis

The Home Associated With Online Slot Games

बिरबहादुरको एक कलले बचायो करिब ३० परिवार

Quais os casinos online legais mais populares em Portugal que conquistam os jogadores?

Entdecken Sie die spannende Welt der Echtgeld Online-Casinos

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Vavada casino сайт вход

Пошаговый вход на сайт казино Vavada Для того чтобы приступить к увлекательным развлечениям на платформе Vavada, необходимо учесть несколько ключевых моментов. Прежде всего, обязательно убедитесь

अझै पढ्नुहोस्
समाचार

कैलारीको बनकट्टामा शान्ति संग्राहलयको समुदघाटन

धनगढी, २६ माघ । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ६ बनकट्टामा शान्ति संग्राहलयको उदघाटन गरिएको छ ।कैलारी गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा

अझै पढ्नुहोस्