नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीसँग खोज्यो राष्ट्रियसभामा भाग

शेयेर गर्नुहोस


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले राष्ट्रियसभामा भाग खोजेको छ । नाउपा संरक्षक रेशमलाल चौधरी र अध्यक्ष तथा भूमि व्यवस्थामन्त्री रञ्जिता चौधरीले बिहीबार प्रधानमन्त्रीलाई भेटेर राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको सिट बाँडफाँटमा भाग खोजेको हो ।


नाउपाका संरक्षक चौधरीले सत्ती कर्णाली न्युज डटकम सँग भन्नुभयाे, ‘राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता भएको प्रधानमन्त्री ज्यूलाई जानकारी गरायौँ । हामी गठबन्धनमा रहेकाले सिट बाँडफाँटमा समेटियोस् भन्ने कुरा राखौँ ।’


माघ ११ गते राष्ट्रियसभाका १९ सिटको निर्वाचन हुँदैछ । गठबन्धनभित्रका नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले मात्र भागबन्डाको तयारी छ ।
आफ्नो पार्टीका सुदूरपश्चिममा १४, लुम्बिनीमा ४ र मधेसमा १ मत रहेको र उक्त मतभार महत्त्वपूर्ण भएकाले तीनमध्ये एक प्रदेशमा उम्मेदवारी पाउनुपर्ने चौधरीको भनाइ रहेकाेछ ।


नागरिक उन्मुक्ति पार्टीले भूमिसुधार मन्त्रालयको नेतृत्व सम्हालिरहेको नाताले कमैया तथा सुकुम्वासीको घरबासको व्यवस्थाबारे पनि प्रधानमन्त्रीसँग परामर्श भएको चौधरीले बताउनुभयाे । देशबाट युवाहरु बाहिरिरहेको भन्दै युवाहरुलाई देशमै रोक्नका निम्ति बाँझो जमिन उपयोग गर्ने दिने नीति लिनुपर्ने कुरा राखेको चौधरीको भनाइ रहेकाे छ ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मुख्यमन्त्री शाह द्वारा कैलारी गाउँपालिका–२ गुर्गी बाँधको निरीक्षण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको कैलारी गाउँपालिका–२ टेढीस्थित टेढी बाँध तथा वडा नम्बर ३ कुकुरभुक्कामा रहेको गुर्गी बाँधको निरीक्षण गर्नुभएको छ। विहीबार मुख्यमन्त्री शाहले

अझै पढ्नुहोस्