नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चाैधरी चयन

शेयेर गर्नुहोस

टीकापुर/नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चाैधरी चयन हुनुभएको छ । शुक्रबार नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चाैधरी चयन हुनुभएको हाे ।


प्रथम राष्ट्रिय महाधिवेशनबाट बरिष्ट उपाध्यक्ष दामोदर पण्डित,
उपाध्यक्षमा सुदुरपश्चिम प्रदेशबाट रतन बहादुर थापा, गण्डकी प्रदेशबाट शिव कुमार बास्ताेला, कर्णाली प्रदेशबाट महेन्द्र पुन, काेशि प्रदेशबाट इन्द्र कुमारी लिम्बू, मधेस प्रदेशबाट राम कुमार महताे निर्विरोध चयन हुनुभएको छ ।


त्यस्तै सह- महासचिवमा सुदुरपश्चिम प्रदेशबाट टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु, सुनसरीका पदम अधिकारी, महाेतरीका पवन कुमार लावती, पाँचथरका दिलकुमार लावति, गाेरखाका राजन गरुङ्ग, कन्चनपुरका प्रमवति राना, धाधिङ्गका नीर बहादुर श्रेष्ठ चयन हुनुभएको छ ।


त्यस्तै सचिवमा सप्तरीका तुलसी प्रसाद चाैधरी, कैलालीका ललित ताम्राकार, सुनसरीका चन्द्र कुमार चाैधरी, काठमाडौंका बिजय कुमार बस्नेत निर्विरोध चयन हुनुभएको छ । त्यसै गरि सह सचिवमा ललितपुरका पुस्पलता रेग्मी अधिकारी , कैलालीका करिस्मा कठरिया, कपिलवस्तुका अहमद हुसेन मनिहार, काठमाडौंका मणीराम भण्डारी, कैलाली बर्दगाेरियाका लाल बहादुर रावल र सुनसरीका अम्बर बहादुर लिम्बू निर्विरोध चयन हुनुभएको छ । र काेषाध्यक्षमा सप्तरीका टीका लक्ष्मी चाैधरी चयन हुनुभएको छ ।

ताजा खबर

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !