नक्कली टाचाँ बनाएर काठ तस्कर गर्दै

शेयेर गर्नुहोस


जमुना न्युरे/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा २ जोकाहा टोलमा खयरको काठ बरामद गरिएको छ ।

जोकाहा गाउँको पुर्ब पट्टी रहेको सूक्तिकाडा खोला बाट १ सय ८ थान खयर् गोलिया अबैध काठ बरामत बरामद गरियको छ ।सब डिभिजन वन कार्यालय साडेपानीको बिशेष गस्ती टोलिले ठुलो मात्रामा खयरको काठ , लुकाइ घाटगद्दी गरि राखेको अवस्थामा काठ बरामद गरिएको छ ।

स्थानीयका अनुसार चौड्याल आधारभुत बिधालयको चउरमा काठ सुरक्षाका साथ राखियको थियो । तस्करहरुले खयरको गोलियाको बाहिरको बोखल समेत नक्कली टाचाँ हानी कानुनि रुपमा बिधि पुर्‍यायको विशेष स्रोतले बताएको छ ।


अहिले सब डिभिजन वन कार्यालय साडेपानी र डिभिजन वन कार्यालय पहलमापुरको सयुक्त टोलिले बरामद गरियको गोलिया सब डिभिजन साडेपानीको कम्पाउडमा राखियको छ ।
विशेष स्रोतका अनुसार नजिकै रहेको चौड्याल आधारभुत बिधालयको कम्पाउड रहेका खयर रुख , स्थानीयको पुराना घरका खामा बला , अन्य ठाँउ बाट काठ ल्याइ संकलन गरियको जानकारी दिए ।


यति ठूलो परिमाणको काठ कहाँ बाट जम्मा भयो भन्ने अन्यौल सङ्गै नक्कली टाचाका बारेमा समेत सब डिभिजन प्रमुखलाई सन्का गर्ने ठाउँ रहेको स्थानीय बासिन्दा बताउँछन् ।
यता सब डिभिजन वन कायालय साडेपानीका प्रमुख शेर बहादुर भण्डारी आफू बिदा रहेकाले घट्ना बारेमा केही थाहा नभएको बताए ।


नक्कली टाचाँ कहाँ कसले प्रयोग गरिएको भन्ने विषयमा , यो काठ कस्को हो कहाँ बाट आयो नम्बरी आवादीको होकि , सार्बजनिक स्थानको , ब्यक्ति बाट किनियको हो भन्ने कुरा घटनाको अनुसन्धान बाट खोल्ने डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख वरिष्ठ डिभिजनल अधिकृत जनक पाध्यायले जानकारी दिए ।


घटनाको सत्यतथ्य अनुसन्धान गरि बन ऎन २०७६ अनुसार कानुनी कारबाही गर्ने डिभिजनल प्रमुख पाध्यायले बताए ।
पछिल्लो समयमा दिन प्रतिदिन काठ पैदावर चोरिनिकासी भै रहेको पाइय पनि तस्करहरुले कानुन प्रक्रिया पूरा गरि नक्कली कागजात र टाचा निर्माण गरेको यो पहिलो घटना रहेको छ ।यसरी समयमा समय सापेक्ष अनुसार प्राबिधिक ज्ञान नलिए सरक्षण चुनौती थपिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Zukunftsperspektiven entwickeln mit honeybetz für nachhaltige Spielstrategien

Oportunidade em Jogos de Azar com SlotLair

Gelassenheit beim Überqueren der Straße mit chickenroad entwickeln und Highscores erzielen

Strategies for winning consistently with https://justrealnews.ca/category/online-betting and informed choices

Il Fuoco dellArdente Ragazzi della Fortuna

सम्बन्धितखवर

छुटाउनु भयो कि !