धनगढी उप–महानगरका लागि शिक्षा क्षेत्र बन्यो खेलाचीको बिषय

शेयेर गर्नुहोस


धनगढी । धनगढी उप–महानगरपालिकाले शिक्षा क्षेत्रलाई खेलाचीको रुपमा लिदा त्यसको प्रभाव पठनपाठनमा परिरहेको छ । उप–महानगरपालिकाबाट सनकको भरमा शिक्षा क्षेत्रलाई चलाउने काम भैरहेको छ । शैक्षिकशत्रको बिचमा आएर विद्यालय मिलान गरिदा त्यसको नकारात्मक प्रभाव विद्यार्थीमा परेको छ ।


साउनको विद्यालय मिलान ः बेठिक समयमा ठिक काम
२०८० साउन मसान्तमा आएर धनगढीका विद्यालय मिलान गरिएको थियो । काम ठिक भएपनि समय ठिक नभएको गुनासो शिक्षा सरोकारवालाहरुको छ । पढ्ने विद्यालय छनोट गर्ने अधिकार विद्यार्थी र अभिभावकमा हुन्छ धनगढी उप–महानगरपालिका ११ कि रामदुलारी रानाले भनिन्,‘साउनको महिनामा आएर भैरव आधारभूत विद्यालयमा पढ्ने छोरीलाई बाशुदेवीमा पढाउनुपर्ने भयो ।” घोडसुवाको विद्यालय नजिक भएपनि बाशुदेवी पठाउनु पर्ने बाध्यता आईलाग्यो रानाले भनिन्,‘छोरी स्कुल जान मन गरेकी थिएन कर गरेर पठाउनु प¥यो ।”


पहिलो चैमासिक परीक्षाको समयमा विद्यालय मिलान गरिदा विद्यार्थीमा मनोवैज्ञानिक प्रभाव परेको शिक्षकहरु बताउँछन् । बिचमा नयाँ विद्यालयमा गएर पढ्नुपर्दा वालबालिकाको एक बर्ष नयाँ साथीहरु, नयाँ शिक्षक र त्यहाँको शैक्षिक वातावरण संग घुलमिल हुनमै बित्छ । त्यसको प्रभाव सिकाई उपलब्धीमा पर्छ । विद्यालय मिलान गर्दा पनि एउटै मापदण्ड लागु नभएको पाईएको छ । धनगढी–९ को सरस्वती आधारभूत विद्यालय वडा नं ८ को धनगढी नमूना प्राविधिक माध्यमिक विद्यालयमा समायोजन गरिनु यसको उदारण हो ।


धनगढी उपमहानगरपालिकाले साउनमा ९ वटा विद्यालयलाई समायोजन गरेको थियो । वडा नं –११ को जोकैया आधारभूत विद्यालय बेला आधारभूत विद्यालयमा समायोजन भएको थियो । धनगढी–१८ को नेपाल भूपू सैनिक आधारभूत विद्यालयको कक्षा २ र ३ खप्तडी आविमा मर्ज गरिएको थियो । धनगढी–१७ को कालिका आधारभूत विद्यालयको कक्षा ४ र ५ वडा नम्बर १७ कै न्यू कालिका आविमा समायोजन भएको थियो ।


धनगढी–६ को भैरवबाबा आधारभूत विद्यालयको कक्षा ६–८ बासुदेवी माध्यमिक विद्यालयमा मर्ज गरिएको थियो । धनगढी–९ को सरस्वती आधारभूत विद्यालयको कक्षा ६–८ धनगढी नमूना प्राविधिक माध्यमिक विद्यालयमा समायोजन भएको थियो । यसैगरी धनगढी–१२ को नवदुर्गा आधारभूत विद्यालयको कक्षा ६–८ दुर्गा आविमा समायोजन हुँदा वडा नम्बर १५ को जनजागृति आधारभूत विद्यालयको कक्षा ६–८ राष्ट्रिय माविमा मर्ज गरिएको थियो ।


यस्तै, धनगढी–१३ को जनता राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा ९–१० जनता राष्ट्रिय माध्यमिक विद्यालय कैलाली गाउँमा समायोजन गरिएको थियो भने वडा नम्बर १७ को दीपेन्द्र चारपाते माविको ९ र १० कक्षा बेहडाबाबा माविमा मर्ज गरिएको थियो । विद्यालय मिलान आवश्यकता भएपनि सयम र मापदण्ड ठिक नभएको शिक्षकहरु बताउँछन् ।


आधा शैक्षिकसत्रमा आएर दरवन्दी मिलान ः फरक विद्यालय फरक मापदण्ड उप–महानगरपालिकाले दोश्रो त्रैमासिक परीक्षा पछि दरवन्दी मिलान गरिएको भन्दै सूचना प्रकाशित गरेको पाईएको छ । कात्तिक १६ गते साविक बालविकास, आधारभूत र माध्यमिकतहको दरवन्दी मिलान गरिएको भन्दै समायोजनमा परेका शिक्षकलाई फाराम भर्न भनिएको छ । बिना छलफल, हचुवाको भरमा फरक फरक मापदण्ड बनाएर दरवन्दी मिलान गरेको भन्दै शिक्षकहरुले बिरोध जनाएका छन् ।


नेपाल शिक्षक संघ धनगढी नगरसमितिका अध्यक्ष मोहन भण्डारीले हचुवाको भरमा नगरपालिकाले काम गर्न खोज्दा शिक्षा क्षेत्र बर्वाद भैरहेको बताए । आधा कोर्ष पढाई भैसकेको छ बिचमा नयाँ विद्यालयमा नयाँ शिक्षक जादा टाईमटेबल नै फेर्नुपर्छ , पढाईरहेको विद्यालयबाट शिक्षक अर्को विद्यालयमा जादा पहिलेको विद्यालयमा पनि पढाईमा पनि बाधा पर्छ भन्ने कुराको हेक्का समेत नगरपालिकाले राखेको छैन अध्यक्ष भण्डारीले भने,‘ गलत निर्णय सहेर बसिदैन ।” धनगढी उप–महानगरपालिका वडा नं १ का अध्यक्ष सन्तोष मुडभरीले शिक्षक दरवन्दी मिलानको बिषयमा शिक्षक संघ संगठनहरुले बिरोध गरिरहेको बताए । उनले भने,‘दरवन्दी मिलानको बिषय बिवादित देखिएकाले फेरी छलफल गरिनुपर्छ भन्ने हो ।”


कक्षा ८ को नतिजामा लापर्वाहीको त्यो हद ः
धनगढी उपमहानगरपालिकाको आधारभूत तह कक्षा –८ ( शैक्षिकसत्र २०७९) उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशन निकै बिवादित भएको थियो । बिवादपछि विद्यार्थीहरुलाई पुनर्योग गर्ने अवसर दिईएको थियो । सुरुको नतीजामा उपमहानगरपालिकाका–१७ सामुदायिक र १ संस्थागत विद्यालयको कक्षा ८ को नतिजा शून्य रहेको नतीजा सार्वजनिक भएसँगै त्यसले शैक्षिक गुणस्तरमाथि प्रश्न उठाउँदै देशव्यापी चर्चा पायो । सबै क्षेत्रको बिरोध पछि पुनर्योगको अवसर दिईयो । पुनर्योगमा सहभागि हुने अक्सर सबै विद्यार्थी उत्तिर्ण भए । ‘पुनर्योग गर्दा नेपालीमा ८७, अंग्रेजीमा ५६, गणितमा ११२, सामाजिकमा १५३, विज्ञानमा ७३, स्वास्थ्यमा ६३, नैतिकमा २३, पेसामा १२२ र कम्प्युटरमा ९० जना उतिर्ण भएका थिए । यसमा विद्यालयको पठनपाठनको गुणस्तर भन्दा उप–महानगरपालिकाको लापर्वाही देखियो ।


उपमहानगरपालिकाले कक्षा ८ को परीक्षा ५ चैतदेखि सुरु गरेको थियो । हतारमा परीक्षाको नतिजा ३ वैशाखमा प्रकाशन गरियो । नयाँ शैक्षिक सत्रका लागि वैशाख महिना विद्यार्थी भर्ना अभियान हो । कक्षा ८ मा उत्तिर्ण भएका विद्यार्थी कक्षा ९ मा अध्यापन गर्न जाँदा उनीहरूको आधाभन्दा पढाइ प्रभावित भएको शिक्षक बताउँछन् । नेपाल शिक्षक संघ धनगढी नगर सभापति मोहन भण्डारी अहिले विद्यार्थीले पुनर्योगका लागि निवेदन दिँदा पुनर्योग गर्दा थुप्रै त्रुटि भेटिएको बताउँछन् ।‘केही विद्यार्थीले नतिजा पुनर्योगका लागि निवेदन दिनु भएको थियो । त्यो गर्दा नतिजा राम्रो देखियो । नम्बर चढाउँदा वा जोड्दा गलत जोडेको देखियो,’ उनले भने । यसले थुप्रै त्रुटि गरेर विद्यार्थीको जीवनमा खेलवाड गर्न खोजिएको उनको आरोप छ ।
शिक्षकको दिल्ही भ्रमण ः दलालले दियो दुःख ः
धनगढी उप–महानगरपालिकाले जेठ १५ गते नगर उप–प्रमुख , शिक्षक, शिक्षाविद लगायत ३५ सदस्यीय टोली तामझामका साथ दिल्ली डोरियो । त्यसको उदेश्य दिल्लीमा केजरीवालको मोडेल हेरेर फर्किनु र त्यसलाई धनगढीमा लागु गर्नु रहेको थियो । यो बिषय मिडियामा हल्लाखल्ला पनि भयो ।

दिल्लीमा गएर कहाँ बस्ने, कुन प्रकृयाबाट विद्यालयको अवलोकन गर्ने कुराको सबै चाजो धनगढी उप–महानगरपालिका शिक्षा महाशाखाले गरेको थियो । शैक्षिक भ्रमणमा गएका शिक्षकहरुका अनुसार शिक्षा महाशाखाका कर्मचारीलाई राजदुताबासको कर्मचारी भन्दै एउटा दलालले कुरा गरिरहेको रहेछ । दिल्ली पुग्दा ति दलाल फेला परेनन् । शिक्षकहरुले दुःख पाए ।

भ्रमणमा गएका एक शिक्षकले भने,‘ दिल्लीमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह ‘मनु” फेला नगरेको भए कुनैपनि विद्यालय नहेरेर फर्किनु पथ्र्यो वहाँले समन्वय गर्दा ग्रेडबृद्धिको तयारी गरिरहेका विद्यालय र त्यहाँका विद्यार्थी भेटर फर्किनु प¥यो ।” टोली दिल्ली पुगेको समयमा त्यहाँका विद्यालयमा विदा रहेको भ्रमणटोलीमा रहेका हरुले बताए ।   

ताजा खबर

Quais os casinos online legais mais populares em Portugal que conquistam os jogadores?

Entdecken Sie die spannende Welt der Echtgeld Online-Casinos

Comprehending ESA Letters in Nevada

Online Casino Echtes Bargeld: Ein Umfassender Leitfaden

Najlepsze kasyno online: ekskluzywne oferty dla subskrybentów newslettera

सम्बन्धितखवर

छुटाउनु भयो कि !