डिभिजन वनले घोडाघोडी तालमा मिचाहा प्रजातिलाई हटाउँदै

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/कैलाली जिल्लाको बिश्व रामसार सुचिमा शुचिकृत घोडाघोडी ताल नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोडाघोडी तालमा मिचाहा प्रजाती बेसरम लाई हटाइउन थालिएको छ ।


घोडाघोडी तालको उत्तर क्षेत्र को बाड्का सिराहा , छोड्की सिराहा , छोट्कि छिङट्लिया ,लम्कि कोन्ढिया, र पुर्बी क्षेत्र पनि अहिले ताल देखिदैन पुरै बेसरम देखिन्छ।

सुदूरपश्चिम प्रदेश उधोग ,पर्यटन ,वन तथा वातावरण मन्त्रालय बाट डिभिजन वन कार्यलय पहलमानपुरलाई बार्सिक कार्यक्रम अन्तरगत रकम छुट्याएर घोडाघोडी तालको मिचाहा प्रजाती बेसरम हटाउन लागिएको डिभिजन वन अधिकृत राम बिचारी ठाकुरले जानकारी दिए ।

अहिले ३लाख बजेट रहेको छ मिचाहा प्रजाती बेसरम हटाउदै छौ , सबै ताल भरी हटाउनका लागि बजेट अपुग हुने हुदा स्थानीय पालिका , सुरक्षा निकाए , सरक्षणमा सक्रिय सघं सस्थाहरु, धार्मिक सघं सस्थाहरु र सामुदायिक वन उपभोक्ता समूह हरुको सहयोगमा बेसरम लाई ब्यबस्थापन तथा नियन्त्रण गरिने डिभिजन वन कार्यलय प्रमुख ठाकुरले बताए ।

यश अघि घोडाघोडी तालमा थुप्रै कार्यक्रम गरिए पनि यो मिचाहा प्रजाती हटाइने कार्य सिमसार सरक्षण सदुपयोग आयोजना र चरा सरक्षण नेटवर्क कैलाली पछि डिभिजन वन कार्यलय पहलमानपुर करिब ७ बर्ष पछि हटाउदै गरेको स्थानीय कृष्ण चौधरीले बताए ।

अहिले सिमासार क्षेत्रमा आश्रीत रहेका १४ जना चौधरी समुदायका स्थानीयहरु तालमा बेसरम हटाउने कार्यमा लागेका छ्न ।

कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) एक कार्यक्रमका भब्य र धुमधाम का साथ घोषणा गरियो ।
तर घोडाघोडी तालको पानी र तालको अवस्था बारेमा कसैको नजर पुगेको छैन । घोडाघोडी तालका साह्ययक तालहरु २३ वटाको त कुरा छौडौ यहाँ मुख्य रुपमा रहेको घोडाघोडी ताल नै मिचाहा प्रजाती पुरिएको छ ।

घोडाघोडी तालकै नाम बेचेर खाएका स्थानीय निकायको बृहत् घोडाघोडी पर्यटन बोर्ड , जेड एस एल,
घोडाघोडी क्षेत्र सरक्षण तथा जागरण मन्च नेपाल , हिमाली नेचर लगायतका सघं सस्थाहरुले काम गर्दै आयका छन्
तर पनि घोडाघोडी तालको अवस्था दिन प्रतिदिन खस्किदै गएको प्रती कसैलाइ चिन्ता र चासो भने छैन ।
बृहत घोडाघोडी पर्यटन बोर्डले १० बर्ष गुरुयोजना बनाएको छ ।

ताजा खबर

IvyBet – Opoziția de Fortuna la Jocurile de Noroc

Kasyno online z płatnością PayPal

Crystal Poker Slot Machine Strategies for Success

SlotLair – Ein Spiel der Chance und des Ruhms in Glücksspielanlagen

LExpérience BravoPlay en Ligne : Jouer les Machines à Sous avec Précaution

सम्बन्धितखवर

छुटाउनु भयो कि !