घोडाघोडीमा ग्लोबल डेरीको ९१ औँ शाखाका रूपमा महालक्ष्मी दुग्ध चिलिङ्ग सेन्टर शुभारम्भ

शेयेर गर्नुहोस

१० मङ्सिर, सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१०, पहलमानपुरमा ग्लोबल डेरी प्रा.लिको ९१औँ शाखाका रूपमा महालक्ष्मी दुग्ध चिलिङ्ग सेन्टरको शुभारम्भ गरिएको छ ।

एक कार्यक्रम बिच स्थानीय दुग्ध कृषक भरतबहादुर कुँवरले रिबन काटेर चिलिङ्ग सेन्टरको उद्घाटन गरेका हुन् । ग्लोबल डेरी प्रा.लिले आफ्नो सेवा विस्तार गर्दै विभिन्न स्थानमा शाखा सञ्चालनमा ल्याउने क्रममा महालक्ष्मी दुग्ध चिलिङ्ग सेन्टरलाई ९१औँ शाखाका रूपमा सञ्चालनमा ल्याएको हो ।

चिलिङ्ग सेन्टर सञ्चालनमा आएसँगै पहलमानपुर तथा आसपासका क्षेत्रका दुग्ध उत्पादक किसानलाई दूध बिक्री तथा व्यवस्थापनमा थप सहजता पुग्ने अपेक्षा गरिएको छ । स्थानीय स्तरमा दूध सङ्कलन केन्द्र नहुँदा उत्पादित दूधले बजार नपाउने समस्या भोग्दै आएका किसानले नयाँ चिलिङ्ग सेन्टर सञ्चालनसँगै राहत पाउने आशा गरेका छन् ।

स्थानीय कृषक पुष्पादेवी सुवेदीले आफ्ना उत्पादनले बजार नपाउँदा आफूहरू चिन्तित रहेको बताउँदै अब चिलिङ्ग सेन्टर सञ्चालनमा आएपछि उक्त समस्या समाधान हुने आशा व्यक्त गरिन् ।

चिलिङ्ग सेन्टरको शुभारम्भ कार्यक्रममा ग्लोबल डेरी प्रा.लिका प्रबन्ध निर्देशक जनक न्यौपानेले सेन्टरको दैनिक दूध सङ्कलन क्षमता ५ हजार लिटर रहेको जानकारी दिए । उनले गर्मी मौसममा दूध बिक्री हुने भए पनि जाडो मौसममा दूध बिक्री नहुने समस्या दुग्ध उत्पादक किसानले भोग्दै आएको बताए ।

जाडोमा दूध बिक्री नहुने समस्याका कारण पशुपालन तथा दुग्ध उत्पादन क्षेत्रमा लागेका किसानको भविष्य अन्योलमा पर्ने अवस्था रहेको उल्लेख गर्दै न्यौपानेले उक्त समस्या समाधान तथा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशमा महालक्ष्मी दुग्ध चिलिङ्ग सेन्टरको शुभारम्भ गरिएको बताए ।

उनका अनुसार ग्लोबल डेरीले हाल २५ हजारदेखि ३० हजारसम्म दुग्ध उत्पादक कृषकसँग प्रत्यक्ष रूपमा जोडिएर काम गरिरहेको छ । किसानले उत्पादन गरेको दूधको बजार व्यवस्थापन तथा दुग्ध व्यवसायलाई दिगो बनाउन कम्पनीले शाखा विस्तारलाई प्राथमिकता दिएको उनले बताए ।

कम्पनीले ३६५ दिन दूध खरिदको ग्यारेन्टी रहेको दाबी गर्दै कृषकलाई सरकारी मापदण्डअनुसार समयमै भुक्तानी दिँदै आएको न्यौपानेले बताए । साथै, कृषकलाई पशु आहार, भ्याक्सिन, औषधोपचार तथा पशु बिमामा समेत सहयोग गर्दै आइरहेको उनले जानकारी दिए ।

महालक्ष्मी दुग्ध चिलिङ्ग सेन्टर सञ्चालनमा आएपछि पहलमानपुर तथा आसपासका क्षेत्रका दुग्ध उत्पादक किसानलाई दूध सङ्कलन र बजार व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको छ । यसले स्थानीय स्तरमा पशुपालन तथा दुग्ध उत्पादन व्यवसायलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।

ग्लोबल डेरीले बुधवार नै लम्किचुहा नगरपालिका–६, गुलरामा समेत दूध चिस्यान केन्द्रको उद्घाटन गरेको जनाएको छ । साथै, कञ्चनपुर जिल्लाको पुनर्वास र महेन्द्रनगरमा समेत दुग्ध चिस्यान केन्द्र स्थापना गर्ने तयारी थालेको कम्पनीले जनाएको छ ।

कम्पनीले २०७२ सालमा बुद्ध भूमि नगरपालिका–९, इमिलियामा मुख्य प्रशोधन केन्द्र स्थापना गरी विभिन्न प्रकारका दुग्ध तथा दुग्धजन्य पदार्थ उत्पादन र बिक्री वितरण गर्दै आएको छ । कम्पनीले हालसम्म नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, अर्घाखाँची र पाल्पामा गरी ९१ वटा दूध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना गरेको जनाएको छ ।

कम्पनीका अनुसार ती केन्द्रमार्फत दैनिक ६० हजारदेखि ७० हजार लिटर दूध सङ्कलन, प्रशोधन, विविधीकरण तथा बजारीकरणको काम हुँदै आएको छ ।

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

การวิเคราะห์เชิงคณิตศาสตร์ของโบนัสรีโหลดรายสัปดาห์ : กลยุทธ์คืนเงิน (Cashback) ที่ทำให้ผู้เล่นเล่นต่อได้ไม่มีหยุด

โบนัสรีโหลดรายสัปดาห์เป็นหนึ่งในเครื่องมือการตลาดที่คาสิโนออนไลน์ใช้เพื่อกระตุ้นการเล่นต่อเนื่องของสมาชิกใหม่และสมาชิกเก่า แม้ว่าโปรโมชั่นเหล่านี้ดูเหมือนจะเป็นของขวัญฟรีจากผู้ให้บริการ แต่ในความเป็นจริงแล้วมันเป็นการสร้างสมดุลระหว่างความเสี่ยงของผู้เล่นและกำไรของเว็บไซต์ การเข้าใจกลไกเชิงคณิตศาสตร์ของโบนัสรีโหลดและการคืนเงิน (Cashback) จะช่วยให้ผู้เล่นสามารถวางแผนการเล่นอย่างมีเหตุผล ลดการเสียเงินโดยไม่จำเป็น และเพิ่มโอกาสทำกำไรระยะยาว บทความนี้จะเริ่มจากการอธิบายพื้นฐานของโบนัสรีโหลด รายละเอียดการทำงานของระบบ Cashback จากนั้นจะลงลึกในสูตรคณิตศาสตร์พื้นฐานที่ใช้คำนวณมูลค่าที่แท้จริงของโบนัส รวมถึงการเปรียบเทียบอัตรา Cashback ระหว่างเว็บไซต์ชั้นนำในตลาดไทย ปัจจัยที่ทำให้เงื่อนไขการวางเดิมพัน (Wagering) มีผลต่อการรับ Cashback อย่างไรบ้าง และจะนำเสนอกรณีศึกษาการคำนวณกำไรสุทธิเมื่อเลือกโบนัสรีโหลด 5 % หรือ 10 % ต่อมาเราจะพูดถึงการจัดการเงิน

अझै पढ्नुहोस्
राजनीति

टीकापुरका दलहरु चुनावको आन्तरिक तयारीमा, कुन वडामा कति मतदाता

टीकापुर/ कैलालीको टीकापुर लगायतका विभिन्न क्षेत्रमा राजनीतिक दलहरु चुनावकाे आन्तरिक तयारीमा जुटेका छन् ।सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेसँगै राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेर चुनावी

अझै पढ्नुहोस्