TRENDING
Todo lo que necesitas saber sobre la ruleta sin depósito VIP
Milyen Új Fizetési Módszereket Kínál A Legális Magyar Online Kaszinó?
En Dybtgående Anmeldelse af CasinoX: Flexible Limits bei den besten Blackjack-Tischen im NV Casino für Strategen
1x Казино Зеркало: Пошаговый гид для новичков
Next
Prev

गङ्गा दशहराको अवसरमा बेहडाबाबामा दर्शनार्थीको घुइँचो

शेयेर गर्नुहोस

कैलालीको धनगढी उपमहानगरपालिका –१६ रामपुर गाउँमा अवस्थित प्रसिद्ध बेहडाबाबा मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको आज बिहानैदेखि घुइँचो लागेको छ ।

जेष्ठ शुक्ल दशमी ङ्गा दशहराका अवसरमा पूजाआजा गर्ने दर्शनार्थीको आज भिडभाड लागेको हो । यस अवसरमा बेहडाबाबा मन्दिर परिसरमा गंगा दशहरा मेला पनि लागेको छ । मन्दिरमा पूजाआजा गर्ने र मेला भर्नेको घुइँचो रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए ।

उनका अनुसार नेपालीसहित भारतीय दर्शनार्थी भक्तजन पूजाआजाका लागि आउनेक्रम जारी छ । प्रसिद्ध यस मन्दिरको दर्शन र पूजाआजाका लागि नेपाल, भारत दुवै देशका श्रद्धालुहरु आउने गरेका छन् । बेहडाबाबामा गङ्गा दशहरा, चैत अमावस, माघी, शिवरात्री र नयाँ सालमा भक्तजनको भिड हुने गर्दछ । यसैगरी, साउन महिनाको सबै सोमबार भक्तजन आउने गरेको समितिका अध्यक्ष जोशीले जानकारी दिए ।

बेहडाबाबाको महिमा

भारतको उत्तर प्रदेशस्थित गोला स्थानका ग्वालाले बेहडाबाबाको पत्ता लगाएको विश्वास गरिन्छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जोशीका अनुसार राणाकालीन समयमा कैलालीको डमौलिया र धुरजन्ना क्षेत्रमा गोलाका ग्वाला गाईगोरु चराउन आएका थिए । तीमध्ये एक ग्वालाको गाईले बच्चा जन्माए पनि घरमा दुध दिने गरेको थिएन । गाईले दुध नदिने गरेको रहस्य खोज्दै जाँदा गाईले हालको बेहडाबाबामा रहेको शिवलिङ्गमा आफ्नो दुध खसाउने गरेको तथ्य भेटियो । पछि ग्वालाले फुटाएर शिलालाई भारत लग्न खोज्दा सकेनन् । लिङ्गबाट रगत आएको देखिएपछि त्यहिँ छाडेर पूजापाठ सुरु गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जोशीले बताए ।

“उनीहरुले लिङ्ग नजिकबाट सानो ढुङ्गा लगेर गोलामा सानो मन्दिर बाएका छन्”, उनले भने, “त्यहाँ बनाइएको मन्दिर पनि बेहडाबाबा नै हो ।” ग्वालाहरुको गाईको बथानलाई त्यतिबेला ‘बेहडा’ भन्ने गर्दथे । यसै नामबाट पछि मन्दिरको नाम बेहडाबाबा रहन गएको हो । भारतका ग्वालाले बेहडाबाबा पत्ता लगाएका कारण यसप्रति उनीहरुको धेरै श्रद्धा रहेको र बर्सेनी पूजाअर्चना गर्न आउने गरेको जोशीले बताए ।

बेहडाबाबालाई धनगढी उपमहानगरपालिकाले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दैआएको छ । यसमा भौतिक संरचना थपिने क्रम जारी रहेको छ । जलाशयमा स्थान गरी चोखो मनले बेहडाबाबाको दर्शन गरेमा सबै मनोकामना पूरा हुने विश्वास भक्तजनको रहँदैआएको छ । गंगा दशहरामा बेहडाबाबा मन्दिर परिसरमा पाँच दिन मेला लाग्नेगर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Todo lo que necesitas saber sobre la ruleta sin depósito VIP

Milyen Új Fizetési Módszereket Kínál A Legális Magyar Online Kaszinó?

En Dybtgående Anmeldelse af CasinoX: Flexible Limits bei den besten Blackjack-Tischen im NV Casino für Strategen

1x Казино Зеркало: Пошаговый гид для новичков

Strategii de ruletă premium: Cum să câștigi mare cu cele mai bune strategii

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

व्यक्तिगत फोन रेकर्ड गरी गोपनीयता हनन गर्ने कानुन सच्चाउन प्रेस युनियनको माग

जमुना न्युरे,नेपालको संविधानले प्रदत्त गरेको गोपनीयताको हक तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने मनसायले सर्वसाधारणको टेलिफोन कुराकानी रेकर्ड गर्ने गरी सरकारले कानुन संशोधन गर्न लागेकोमा नेपाल

अझै पढ्नुहोस्