कैलालीका थारू समुदाय लवाङ्गी पूजामा रमाउँदै

शेयेर गर्नुहोस

यहाँका थारू समुदाय आज बिहानैदेखि लवाङ्गी पूजाको तयारीमा जुटेका छन् । नयाँ अन्न भित्र्याइसकेपछि प्रसादका रूपमा आफ्ना देवीदेवतालाई त्यो चढाउन यो समुदायले हरेक वर्ष विवाह पञ्चमीमा लवाङ्गी पूजा गर्दै आएको छ ।

थारू अगुवा चन्द्रकुमार चौधरीका अनुसार यो पूजासँगै थारू समुदायमा भजहर, हरहर पूजा गर्ने गरिन्छ । लवाङ्गी र हरहर पूजा अन्नबालीसँग जोडिएको हुन्छ भनेभजहर गर्मीयाम सुरु भएसँगै विभिन्न रोगव्याधिले सताउने हुँदा त्यस्ता रोगव्याधि नलागोस् भनेर पूजा गरिन्छ । भजहर पूजा ग्रीष्मऋतुको पूर्वसन्ध्यामा हुने गरेको छ ।

अन्नसँग जोडिएकाले पनि लवाङ्गी पूजाको महत्व छ । विशेषगरी कैलालीको घोडाघोडी मन्दिरमा थारूहरूको लवाङ्गी पूजा हुने गरेको छ । “पश्चिम नेपालका थारू समुदायको सबैभन्दा ठूलो देउथान घोडाघोडीलाई मानिन्छ । घोडाघोडी मन्दिरलाई थारू समुदायले घोरीघोरा देउथानका रूपमा मान्दै परापूर्वकालदेखि यस क्षेत्रमा लवाङ्गी पूजा गर्दै आएको चौधरीले बताए ।
देउताको बास भएको ठाउँमा बलि दिएर पूजा गरिन्छ, त्यो देउथान हो । यस क्षेत्रमा परापूर्वकालदेखि नै बलि दिएर पूजा गरिन्छ त्यसैले यो घोरीघोरा देउथान हो मन्दिर होइन ।


लवाङ्गी पूजाको अघिल्लो रात थारू गुरुवाहरूले ढाक बजाउने, धामी बस्ने गरेको घोडाघोडी नगर भल्मल्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए। पूजाका दिन बिहान मन्दिरमा देउतालाई छाँकी (रक्सी), चढाई कुखुरा, सुँगुरलगायत पशुबलि दिने गरिन्छ । मुख्य गुरुवाले पूजा गरेपछि सहभागी भल्मन्साहरूले भोग दिने अनि त्यसपछि मात्र अन्य भक्तजनको पूजा तथा भोग दिने गरिन्छ ।


घोडाघोडी मन्दिरमा पूजा गरिसकेपछि आ–आफ्नो गाउँको मरुवामा पूजा गर्ने प्रचलन छ । पूजाका अवसरमा घोडाघोडीमा थारू संस्कृति संरक्षणका लागि सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरिएको छ ।


राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै थारू समुदायको वेशभूषा झल्काउने थारू समुदायको पुरानो बडका नाच, सखिया नाच, लाठी नाच, झुम्रा नाच, कठरिया नाच, दिन नचुवा नाच, धमार, माङ्गरलगायत प्रस्तुति भइरहेको अध्यक्ष चौधरीले जानकारी दिए । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङलगायत स्थानबाट ठूलो सङ्ख्ययामा भक्तजन यहाँ आउने गरेका छन् ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सालको काठ सहित ट्याक्टर बरामद

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ४ रामपुर बाट रामदुलारे चौधरी घर नजिकै बाट सब डिभिजन बन सुखड बाट गएको गस्ती टोलिले सालको १० गोलिया

अझै पढ्नुहोस्

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्