TRENDING
Промокод на Олимп Бет: как выгодно использовать бонусы
Quickbet kokemuksia – Asiantuntijan opas!
1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”
Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане
“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%
Next
Prev

कैलाली निर्वाचन क्षेत्र–३ का उम्मेदवार भीम बडूवाल को हुन् ?

शेयेर गर्नुहोस


सुखड/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर–३ बाट नेपाली काँग्रेसका उम्मेदवार भीम बडूवाल काँग्रेसका अनुभवी, सङ्घर्षशील तथा विकासमुखी नेता हुन् ।

बिपी कोइरालाको लोकतान्त्रिक विचारधाराबाट प्रभावित बडूवाल विद्यार्थी जीवनदेखि नै राजनीति र सामाजिक सेवामा सक्रिय रहँदै आएका छन् । प्रजातन्त्र, लोकतन्त्र र नागरिक अधिकारका पक्षमा भएका हरेक आन्दोलनमा उनको सक्रिय सहभागिता रहँदै आएको छ ।


उनको औपचारिक राजनीतिक यात्रा वि.सं. २०५० सालमा रघुनाथ आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)को इकाई सचिव बनेसँगै सुरु भएको हो । सङ्गठन निर्माणमा कुशल बडूवाल वि.सं. २०५२ सालमा नेपाल विद्यार्थी सङ्घ कैलाली निर्वाचन क्षेत्र नम्बर–२ को क्षेत्रीय सभापतिमा निर्वाचित भए ।

त्यसपछि वि.सं. २०५५ सालमा नेविसंघ कैलालीको कोषाध्यक्ष र वि.सं. २०५९ सालमा जिल्ला सभापतिको जिम्मेवारी सम्हाल्दै उनले विद्यार्थी राजनीतिमा बलियो नेतृत्व स्थापित गरे ।
विद्यार्थीहरूको हक–हितका सवालमा स्पष्ट र बुलन्द आवाज उठाउने प्रखर वक्ताका रूपमा परिचित बडूवाल वि.सं. २०६५ सालमा नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिको सह–महामन्त्री बने । सो अवधिमा उनले सङ्गठन विस्तार, आन्दोलनको नेतृत्व तथा नीति निर्माणमा सक्रिय भूमिका निर्वाह गरे ।


विद्यार्थी राजनीतिपछि पनि पार्टी सङ्गठनमा निरन्तर सक्रिय रहँदै आएका बडूवाल वि.सं. २०६२, २०६७ र २०६८ का महाधिवेशनमा प्रतिनिधि तथा महासमिति सदस्य बने । वि.सं. २०६७ सालमा नेपाली काँग्रेस कैलालीको जिल्ला सचिव र वि.सं. २०७२ सालमा जिल्ला सभापतिमा उम्मेदवारी दिएका उनले हार–जितभन्दा माथि उठेर पार्टी र सङ्गठनको सेवामा निरन्तर योगदान पु¥याउँदै आएका छन् ।

वि.सं. २०७८ सालमा उनी नेपाली काँग्रेस कैलालीको जिल्ला उप–सभापतिमा निर्वाचित भएका हुन् ।
राजनीतिसँगै सामाजिक सेवामा समेत गहिरो योगदान दिएका बडूवालले वि.सं. २०६७ सालमा घोडाघोडी ग्रामीण विद्युत् सहकारी संस्थाको अध्यक्षको रूपमा साबिक साडेपानी, दरख, रामशिखरझाला, मसुरिया र उदासीपुरका करिब १२ हजार घरधुरीमा विद्युत् सेवा पु¥याउन नेतृत्वदायी भूमिका खेले ।

उनको नेतृत्वमा ती बस्तीहरू अन्धकारमुक्त बन्न सफल भए, जसलाई उनको जीवनको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ । शैक्षिक रूपमा समेत सुदृढ बडूवालले त्रिचन्द्र क्याम्पस, काठमाडौँबाट स्नातक (बी.ए.) अध्ययन पूरा गरेका छन् । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट कानुनमा एल.एल.बी. उपाधि हासिल गरेका छन् ।

शिक्षा, राजनीति र कानुनको ज्ञानले उनलाई नीति निर्माण र जन पक्षीय वकालतमा सक्षम बनाएको छ । विद्यार्थी आन्दोलनबाट खारिएका, सङ्गठन निर्माणमा दक्ष, विकासमा परिणाम देखाइसकेका तथा जनताको आवाज संसदमा मजबुत रूपमा उठाउन प्रतिबद्ध भीम बडूवाल आज कैलाली क्षेत्रका एक भरोसायोग्य र अनुभवी राजनीतिक व्यक्तित्वका रूपमा चिनिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Промокод на Олимп Бет: как выгодно использовать бонусы

Quickbet kokemuksia – Asiantuntijan opas!

1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”

Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане

“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%

ТОП-10 Секретных фишек Pinco, о которых не знают новички

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Вавада промокод на бездепозитный бонус

Вавада промокод бездепозитного бонуса 2026 Вавада промокод на бездепозитный бонус Чтобы воспользоваться привлекательницей, ознакомьтесь с условиями, которые могут и существенно увеличить ваш игорный баланс. Можете

अझै पढ्नुहोस्
राजनीति

टीकापुर घटनाको समाधान राजनीतिक रुपमा गर्न माग

काठमाडौ / टीकापुर नगरपालिकाका प्रमुख रामलाल डङ्गौरा थारुले टीकापुर घटनाको समाधान राजनीतिक तवरबाट गर्न माग गरेका छन् । । टीकापुर घटना राजनीतिक रहेको भन्दै राजनीतिक

अझै पढ्नुहोस्
पर्यटन

कोरोना पछि लयमा फर्किदै गाभरभ्याली होमस्टे

जमुना न्युरे,धनगढी /बाँकेको बैजनाथ गाउँपालिका–१ स्थित गाभरभ्याली होमस्टे वार्षिक २ करोडको कारोबार गर्न सफल हुदै कोरोना पछि पुन लयमा फर्किन थालेको छ । तराइ भु-परिधी

अझै पढ्नुहोस्