‘एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ लाई न्यूसिटी पोलिक्लिनिकको साथ

शेयेर गर्नुहोस

डडेल्धुरा । क्रिकेटको सहर धनगढीमा असार ७ गते आयोजना हुने ‘एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ लाई न्यूसिटी पोलिक्लिनिक प्रालिले प्रायोजन गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डको मुख्य प्रायोजक धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) तथा नवजीवन को–अपरेटिभ्स सह–प्रायोजक रहेकोमा विगतका संस्करणमा समेत साथ दिँदै आएको न्यूसिटी पोलिक्लिनिकले चौथो संस्करणमा पनि अवार्डलाई प्रायोजन गरेको हो ।

अवार्डमार्फत प्रदान हुने ८ वटा विधामा सुदूरपश्चिम आइकन महिला विधालाई उक्त क्लिनिकले प्रयोजन गरेको हो । अब उक्त विधाको नाम न्यूसिटी पोलिक्लिनिक सुदूरपश्चिम आइकन महिला अवार्ड हुने भएको छ । मङ्गलवार मञ्चका सचिव विराज रोस्यारा, मञ्चका सल्लाहकार दीपक उपाध्याय र अस्पतालका सञ्चालक डा. सुशिल भण्डारीले उक्त विधाको अवार्डका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

धनगढीमा रहेको निजी क्षेत्रको स्वास्थ्य संस्था न्यू सिटी पोलिक्लिनिकले विगत लामोसमयदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ सेवा प्रवाह गर्दै आएको छ । हाड जोर्नी तथा नसासँग सम्बन्धित समस्याको उपचारमा उक्त क्लिनिकले थप विशेषज्ञ सेवाहरू प्रदान गर्दै आएको छ ।

असार ७ गते धनगढीमा आयोजना हुने चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड ’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका कोषाध्यक्ष नवराज पनेरुले जानाकरी दिए । उनका अनुसार सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी प्रदान गरिनेछ ।

ताजा खबर

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Proč je stoprocentní lokalizace herní nápovědy do češtiny klíčem k úspěchu?

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

एलिपिएलले नेपालका खेलाडी उत्पादन गरेको छ ः अध्यक्ष चन्द

धनगढी । लिटल फ्लावर प्रियिर लिगले नेपाली खेलाडीहरु उत्पादन गरिरेहको नेपाल क्रिकेट संघका केन्द्रिय अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन । चन्दले लिटल फ्लावर प्रियिर

अझै पढ्नुहोस्

Каким образом собственные цели воздействуют в рамках ощущение результата

Каким образом собственные цели воздействуют в рамках ощущение результата Оценка достижения нечасто определяется лишь итоговым итогом. На восприятие воздействует именно то, какая собственная цель стояла

अझै पढ्नुहोस्