TRENDING
What are the Best Casino Games?
Discover the Enjoyment of Free Gambling Enterprise Gamings Online
Next
Prev

आन्तरिक पर्यटकको रोजाइ बन्दै राजकाँडा

शेयेर गर्नुहोस


जमुना न्युरे/कैलाली जिल्लाको प्राकृतिक सुन्दरतासँगै सुविधा सम्पन्न सडक र घरबास विस्तार भएपछि मोहन्याल गाउँपालिका–७ स्थित राजकाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइ बन्दै गएको छ ।


सुदूरपश्चिमको प्रवेशद्वारा चिसापानीबाट छ किलोमिटर पैदलयात्रा गरी माथि उक्लिएपछि आइपुग्छ राजकाँडा । यहाँबाट देखिने अपि र शैपाल हिमालको चुचुरोको सुन्दर दृश्यसँगै सूर्योदयको मनोरम दृश्यले यहाँ आउने पर्यटकलाई आकर्षित गर्दछ ।
तिनै सुन्दर दृश्यका कारण कैलालीको मोहोन्याल गाउँपालिका–७ स्थित राजकाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइ बन्दै गएको हो ।

चिसापानीबाट पैदलयात्राका साथै कैलालीको लम्कीबाट मोटर बाटोको समेत पहुँच विस्तार भएको छ । सोह्र कि. मी उत्तरतर्फ सवारीमार्फत यहाँ पुग्न सकिन्छ । मोटर बाटोका लागि सडक सञ्जाल भए पनि धेरैजसो पर्यटक पैदलयात्रा गर्न रुचाउने गरको जेसिस एभरेस्ट स्कुल धनगढी बाट पैदल रुट हुँदै राजकाडा पुगेका कक्षा १२ अध्यनरत छात्रा छात्रहरु पहाडको उकालो पैदलयात्रा गरेर थाकेपनि यहाँ पुगेपछि सबै थकान मेटिने बताए ।

राजकाँडा पुगेर हिमालको चुचुरोसँगै सूर्योदय हेर्न पाउँदा निकै आनन्द लाग्ने धनगढी बाट विद्यार्थी लियर राजकाडाँ पुगेका कृष्ण बहादुर बोहराले बताए । प्राकृतिक सुन्दरताका साथै सुविधा सम्पन्न घरबास सञ्चालन भएकाले पर्यटकलाई सहज बनाएको उनको भनाइ छ ।


’यहाँ पुग्ने कतिपय पर्यटक टेन्ट ल्याएर बस्ने गर्छन् भने कतिपय (होमस्टे) घरबासमा बस्ने गर्दछन् । पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै व्यवसायमा पनि वृद्धि हुँदै गएको छ,’ धुलिकोट घरबासका सञ्चालक मीनबहादुर बोहराले भने । सुरुमा एउटा घर बनाएर घरबास सञ्चालन गरेको उनले बताए ।
बोहराले भने, ’लम्की बजारमा रहेको होटेल छोडेर लकडाउनको समयमा यहाँ आएर घरबास सञ्चालन गरेको हुँ । सुरुमा सबैले तराईको व्यवसाय नछोड्न भन्नुभएको थियो । अहिले कमाइ प्रशस्त भइरहेको छ । पर्यटकीय मौसममा यहाँ पर्यटक राख्ने ठाउँको अभाव हुन्छ ।’


पहिलेका वर्षको तुलनामा यो वर्ष राजकाँडा पुग्ने पर्यटकको सङ्ख्या बढ्दै गएको मीनबहादुरले उल्लेख गरे । दसैँ र तिहारको समय यहाँको मौसम र वातावरण उपयुक्त मानिने भएको आन्तरिक पर्यटकको आगमन बढेको उनले बताए।
पूर्वाधार विकास, प्रचारप्रसार, पर्यटन प्रवर्द्धनका गतिविधि सञ्चालन भएसँगै आन्तरिक पर्यटकको आगमन बढेको छ ।
घरबास सञ्चालक बोहराले भने, ’मौसममा दैनिक ३० देखि ५० हजारसम्म आम्दानी हुने गर्दछ ।’ पर्यटकको सङ्ख्या बढेसँगै उनीहरूलाई व्यवस्थित गर्न समस्या हुने गरेको उनले बताए ।


’यहाँ २५ देखि ३० जनासम्म राख्न सक्ने क्षमता छ । कहिलेकाहीँ ३५–४० जनासम्म आउने गरेका छन् । उनिहरुलाई व्यवस्थित गराएर राख्न सकिँदैन,’ बोहराले भने । बस्नका लागि ठाउँ नभए पनि घरबासमा खाना खुवाउने गरेको उनले बताए ।


’कहिलेकाहीँ एक सयसम्मलाई खाना खुवाउनुपर्छ । घरबासमा खानेपानीको समस्या छ । सोलारमार्फत खानेपानी ल्याएका छौँ । घाम नलागेको बेला पानी नआउँदा समस्या हुन्छ,’ उनले भने । राजकाँडामा हेर्नका लागि हिमालका चुचुरोसँगै हात्ती, ढुङ्गा, रानीकुवा, धुलीकोट दरबार, गुफा छन् । यहाँ भएका पर्यटकीय पूर्वाधारलाई थप व्यवस्थित बनाउन सके बाह्य पर्यटक पनि भित्राउन सकिने उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

What are the Best Casino Games?

Discover the Enjoyment of Free Gambling Enterprise Gamings Online

Mejores Casinos Online Mastercard: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

अर्जुन ट्रफीको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडीमा

धनगढी, क्रिकेटको शहर धनगढीमा यही माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन

अझै पढ्नुहोस्
समाचार

सालको १थान गोलिया ८ थान सालको चिरान बरामद

धनगढी /कैलाली जिल्लाको घोडाघोडी नगर पालिका न वडा ११ टप्पा गाउँ बाट १ थान सालको गोलिया ८ थान सालको चिरान आज दिउँसो १बजे बरामत गरियको

अझै पढ्नुहोस्

Mostbet BD: জমা এবং টাকা তোলার সময়সীমা সম্পূর্ণ বিশ্লেষণ

Mostbet BD: জমা এবং টাকা তোলার সময়সীমা সম্পূর্ণ বিশ্লেষণ Mostbet BD তে আপনার অর্থ জমা এবং তোলার প্রক্রিয়া বোঝা অত্যন্ত গুরুত্বপূর্ণ। সাধারণভাবে, Mostbet BD তে

अझै पढ्नुहोस्