आँखाभरि सजिएकी ‘मनाङकी मेनका

शेयेर गर्नुहोस

शे–फोक्सुण्डो तालअघि नै तिलिचो ताल पुग्ने योजना थियो । तर, ठिक उल्टो भयो । पहिला शे–फोक्सुण्डो पुगियो । त्यसपछि तिलिचो । भ्रमणका लागि मलाई प्रेरणा दिने या उक्साउने कामको श्रेय भने प्रेस युनियनका केन्द्रीय सदस्य कपिल कोइरालालाई जान्छ ।

‘म त तिहारलगत्तै एबिसी (अन्नपूर्ण बेस क्याम्प) को पदयात्रामा जाने हो । यदि तपाइ कुनै यात्रामा जाने हो भने तिहारअघि नै गएर आउनुस्’, छोरा सेफियन्स लम्सालको दबाब ।

यसरी कपिलको प्रेरणा र सेफियन्सको ‘प्रेसर’ को परिणाम हो, मेरो तिलिचो यात्रा । जीवनकै यादगार पलका रूपमा मेरो मानसपटलमा सजिएको छ । किनकि, तिलिचो तालतर्फको यात्रामा प्रस्थान गर्नुअघि पनि म खासै स्वस्थ भने थिइनँ । तैपनि, पाँच सय फिटको हाइटसम्म जान सकिन्छ भन्ने विश्वास मनमा थियो । कपिल कोइराला र मुरारी सत्यालसँगै मुग्लिनबाट बाराका साथीहरू केन्द्रीय सदस्य रवीन्द्र सिंह र शेषनाथ यादव जोडिने योजना बन्यो ।

काठमाडौंबाट पर्यटक बसमा चढेर अघि बढ्दा मलाई भिन्न अनुभूति भयो । लामो दूरीको यात्रामा बस चढ्नै परे उही तीव्र गतिका रात्रि बसहरू चढिन्थ्यो । धेरै भएको रहेछ, मैले पर्यटक बस नचढेको । बिहान ७ बजे काठमाडौंबाट हिँडेको खण्डमा तीन–चार घण्टामा मुग्लिन पुगिहालिन्छ भन्ने आँकलन गरेर मैले साथीहरूलाई १० बजे मुग्लिन बोलाएको थिएँ । तर, हल्लाउन पनि नमिल्ने, दौडाउन पनि नमिल्ने त्यो पर्यटक बस दिउँसो २ बजे मात्र मुग्लिन पुग्यो ।

मुग्लिङमा खाना खाइवरी मित्रहरूलाई पिकअप गरेर हामी पृथ्वी राजमार्गमा सलल गुड्दै, तनहुँको डुम्रे हुँदै उत्तरतर्फ लाग्यौँ । डुम्रे बेसीशहर सडक बडो उत्तम रहेछ । ४२ किलोमिटरसम्मै कालेपत्रे । ‘ढिलो गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न’ भन्ने ट्राफिक सन्देश शीरोपर गर्दै मन्द गतिमा आरामका साथ लमजुङको बेशीशहर पुग्दा अपराह्नको पाँच बजिसकेको थियो ।

बेशीशहरमा टुप्लुक्क भेटिए, पत्रकार महासंघका जिल्ला अध्यक्ष सन्देश पौडेल । अध्यक्षसँग केहीबेर भलाकुसारी र चियापानपछि हामी त्यसै साँझ मनाङ गएर बस्ने सुर कस्यौँ । साथीहरूले मनाङ जान त्यति सजिलो नभएको र साँझ सात बजेपछि हिँड्न नपाइने जानकारी गराए । तर, सुरक्षाकर्मीसँग अनुरोध गरेर भए पनि गन्तव्य छिचोल्ने साहस बटुल्दै हामी लम्कियौँ । दुस्साहस भनौँ या एडभेञ्चरको लालसा, हामी हिँडिरह्यौँ ।

हामीसँग स्कोरपियो गाडी थियो, फोरह्वील नभएको । अप्ठेरो बाटोमा ठूल ठूला ढुँगाहरु । तैपनि भारतीय नम्बर प्लेटको त्यो स्कोरपियो प्रायः तराईका समथर भूमिमा चलाउँदै आएका चालक रामबाबुले त्यो कष्टकर पहाडी बाटोमा बडो कुशलतापूर्वक चलाए, हामीलाई राति धारापानी भन्ने ठाउँसम्म पुर्‍याए ।

धारापानीबाट मनाङ, चामे, माथिल्लो मनाङ र थाङसार भन्ने ठाउँसम्म यात्रा गर्न के कति समय लाग्छ भन्नेबारे यथेष्ट जानकारी हासिल गरेपछि राति ११ बजेतिर होटल ‘गोरखा इन’ मा मीठो परिकारसँगै हामी विश्रामतर्फ लाग्यौँ ।

भोलिपल्ट बिहानै उठेर हामी माथि चामे उक्लियौँ, जहाँ लमजुङ घर भएका, तर उतै बसेर काम गरीरहेका पत्रकार जिबी घिमिरेसँग जम्काभेट भयो । स्थानीय साथीहरूसँग भेटघाटसँगै खाना खाइरहँदा त्यहाँका प्रहरी इन्चार्ज डीएसपी हरि पौडेलसँग पनि भेटघाट भयो । अबको यात्रामा आइपर्ने अल्टिच्यूड समस्या र अन्य सुरक्षा चुनौतीबारे डिएसपी सा’बसँग सल्लाह लियौँ ।

साथीहरूले त्यसै दिन वेश क्याम्पसम्म पुग्न सकिने सल्लाह त दिएका थिए, तर यात्राको प्रारम्भ नै कसिलो र धपेडीयुक्त भएकाले वेशक्याम्प पुग्ने हतारो गर्दा अर्को दिन त्यसपछिको उकालो चढ्न नसकिने हो कि भन्ने लाग्यो र हामी मनाङ ङिस्याङ गाउँपालिका– ९, खान्सारमै अडियौँ । बेशीसहरदेखि मनाङ सदरमुकाम चामेसम्म ६५ किलोमिटर र चामेदेखि खाङसारसम्मको दूरी ३१ किलोमिटर छ ।

मनाङ, ङिस्याङ गाउँपालिका प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँ रहेछ । यसै गाउँपालिकामा तिलिचो ताल, गंगापूर्ण ताल, आइस लेक, मम्छो ताल, ग्रीन लेक, घले राजाको दरबार, याक खर्क, थोराङलापास, काङलापास, मेसोकान्तपास, ने गुफा, मिलेरेपा गुम्बा, मनाङ गुम्बालगायतका कैयौँ गुम्बा रहेको जानकारी भयो । तर, छोटो अवधिको भ्रमण भएकाले खान्सारमा हामीले एउटा तालको मात्र भ्रमण गर्‍यौँ र केहीबेर मनाङ बजार भ्रमण गर्‍यौँ ।

पहिला पहिला विदेशी पर्यटक मात्र आउने मनाङमा अचेल आन्तरिक पर्यटकको पनि चाप बढेको देखियो । मनाङबाटै लमजुङ, अन्नपूर्ण, मनास्लु, जुलुलगायतका हिमशृंखलालाई नजिकैबाट आँखाभारी सजाउन पाइने भएकाले पनि यो क्षेत्र अहिले आन्तरिक र वाह्य पर्यटनको प्रचुर सम्भावना भएको क्षेत्र हो । ताल र उपत्याका, गुम्बा र बुद्ध मन्त्र लेखिएका शीलाहरु, माटोको छानाका घर देख्दा जोकोहीको मन अल्हादित हुन्छ । ५,४१६ मिटर उचाइको हिमाली भञ्ज्याङ थोराङ्लापाससमेत यहीँ भएकाले यस क्षेत्रले साहसी पर्यटकलाई पनि आकर्षित गर्दै आएको छ । मनाङ क्षेत्रमा पदयात्री विशेष गरेर थोराङ्लापास, लार्केपास, कालापास, विश्वकै अग्लो स्थान (४,९१९ मिटर) मा रहेको तिलिचो तालको अवलोकनका लागि आउने गर्छन् ।

हामी खाङसारको होटल नोर्वुमा बसेका थियौँ । बेडका हिसाबले पाँच–सात सय जनाभन्दा बढी पर्यटक नधान्ने त्यो ठाउँमा हामी पुग्दा पर्यटनको ओइरो लागेको दुई दिन भएको रहेछ । मौसमले पनि निकै साथ दिएकाले होटलमा पर्यटकको चाप थियो । डाइनिङ रुममै साठी–सत्तरी जना सुतिरहेका देखिन्थे । होटल सञ्चालकहरु सिंगल÷सिंगल तीन बेडलाई पनि ‘यो त हाम्रो सात बेडको हो’ भन्दै जोडेर सात जनालाई सुताउन पछि परिरहेका थिएनन् । तर, हामी ६ जनालाई चाँही होटलले डबल÷डबल बेडका दुईवटा र एउटा सिंगल बेड दियो । त्यसमै हामी एडजस्ट भयौँ ।

अर्को दिन गाडी त्यहीँ छोडेर हामी पैदल यात्रातर्फ लाग्यौँ । श्रीखर्क हुँदै हावा चल्दा पनि ढुंगा खस्ने स्थानमा पुग्यौँ । त्यस पहिरोमा हावा चल्यो कि माथिबाट ढुंगा खसिरहेका हुन्थे । त्यस क्षेत्र पहिरो गइरहने स्थान रहेछ । बाटोमा भरिया, घोडा, खच्चड र पर्यटकको लामो क्याराभान, कतै ब्रेक नभएको । सामान्यतया चारदेखि पाँच घण्टा लाग्ने भए पनि हामीलाई खाङसारवाट तिलिचो बेसक्याम्प पुग्न सात घण्टा लाग्यो । तिलिचो बेसक्याम्पमा पर्यटकका खातिर १२ वटा होटल रहेछन् । ती होटलको ‘हस्पिटालिटी क्यापेसीटी’ धेरै त थिएन, तर त्यहाँ पनि करिब तीन हजार पाहुना खचाखच देखिन्थे । हामी पनि एउटा होटलमा गएर बस्यौँ ।

त्यहाँ बसेका पर्यटक अर्को दिन बिहान २ बजे नै उठेर तिलिचो तालतिर जाँदा रहेछन् । त्यसको कारण भनेको उही १२ बजेपछि बेस्सरी चल्ने बतास । हामी पनि बतास छल्न बिहान ३ बजे उठेर हिँडेका थियौँ । बाइस घुम्तीसम्म त हामी आरामले गएका थियौँ, तर हाम्रा बाराका दुई जना साथी त्यहाँबाट फर्किए । मैले पनि बाइस घुम्तीभन्दा माथि हिँडेरै जाने आँट गरिनँ । घोडा हायर गरेँ । कपिल र मुरारी मुस्किलले हिँडेर तिलिचो पुगेँ ।

अहो, घोडा भने अचाक्ली महँगो । उकालोमा जम्मा २० मिनेट बोकेको ४ हजार रुपैयाँ । घोडाले जहाँनेर छाड्यो, त्यहीँबाट तिलिचोको हिउँ क्षेत्र शुरु भयो । हिउँमा लडीबुडी गर्दै हामीले धीत मरुञ्जेल तिलिचो ताललाई नियाल्यौँ ।

समुद्र सतहदेखि करिब ४ हजार ९ सय १९ मिटर उचाइमा रहेको तिलिचो ताल करिब ४ किलोमिटर लामो र करिब १ दशमलव २ किलोमिटर चौडा छ । गहिराई भने करिब ८५ मिटर । हुन त धेरैले तिलिचो ताललाई नै मर्स्याङ्दी नदीको मुहान भन्दा रहेछन्, तर त्यहाँबाट कुनै पनि हिम नदि बगेको देखिएन । शे–फोक्सुण्डो तालबाट ठूली, सानी भेरी नदी निस्किएको देखिन्छ, तर तिलिचोमा भने ताल निकासको कुनै प्राकृतिक धारा प्रवाहित नभएको, बरु ताल बन्दखालको देखियो ।

जे होस्, विश्वका सर्वाधिक अग्लो स्थानमा रहेका तालमध्ये अन्नपूर्ण हिमालको छेउमा रहेको तिलिचो ताल पनि एक हो । हिन्दू धर्मावलम्बीले तिलिचो ताललाई एउटा पवित्र स्थान मान्दछन्, जसको वर्णन रामायणमासमेत भएको पाइन्छ । रामका भाइ भरतले यस क्षेत्रमा आउँदा तिलिचो तालमै स्नान गरेको रामायणमा उल्लेख छ । यसैगरी स्थानीय थकाली, गुरुङ र लामा समुदायले पनि यो ताललाई धार्मिक र सांस्कृतिक हिसाबले गहिरो तादात्म्यता राख्दा रहेछन् ।

भ्रमणका क्रममा हामीले के थाहा पायौँ भने, खान्सारबाट श्रीखर्कसम्म गुम्बा बनाउन ट्रयाक खोलेर ट्रयाक्टर चलाइएको रहेछ । तर, हामी पुग्दा त्यो बन्द रहेछ । खाङसारबासीले नै त्यो बन्द गराएका रहेछन् । खान्सारबाट श्रीखर्कसम्म मोटरबाटो सुचारु गर्ने हो भने तिलिचो तालसम्मको ‘एक्सेस’ अझ बढी सहज र छिटो हुन्थ्यो र पर्यटकीय सम्भावना अझ चुलिन्थ्यो । तर, शे–फोक्सुण्डो तालमा दुनैबाट यात्रीलाई हिँडाइएझैँ.त्यहाँ पनि मोटर र मोटरबाटोले पदयात्राका अन्य लाभ खोस्ला भन्ने डरले स्थानीयवासिन्दा मानिरहेका देखिँदैनन् ।

हामी त्यसै दिन फर्केर बेस क्याम्प आयौँ । साँझ खान्सार पुगेर खाना खाइवरी सुत्यौँ । राति सुतिरहँदा मनमा केही कुराहरु खेले– तिलिचो तालसम्म सहज यात्रा मार्गको विकास गर्ने हो भने बेस क्याम्पसम्मै खोला किनारै किनार आरामले मोटर बाटो जाने देखिन्छ । त्यहाँबाट उता चार पाँच घण्टासम्म हिँडेर तालसम्म जान सकिने सम्भावनाहरु छन् । यदि तालसम्मको यात्रा सहज बनाउने हो भने भारतीयलगायत अन्य देशका पर्यटकको समेत ओइरो लाग्नसक्ने देखिन्छ ।

अर्को कुरा, पर्यटकका लागि होटलका रुम सस्ता छन् । १५ सय रुपैयाँमा दश जनासम्म सुत्न मिल्ने रुम पाइन्छ । खानपिन महँगो, सादा खानाकै करिब १ हजार रुपैयाँ । तिलिचो तालस्थित चिया पसलमा हामीले एउटा चाउचाउ उमालेर खाएको मात्र ५ सय रुपैयाँ तिरेका थियौँ । थर्मसमा तातो पानीको व्यवस्था त थियो, तर एक ग्लास तातो पानीको डेढ १०० रुपैयाँसम्म ठटाइयो । शायद वस्तुको भन्दा पनि त्यो ठाउँ, त्यो उचाइ र त्यो सौन्दर्यसहितको मूल्य जोडिएको हुनसक्छ भनेर मन बुझाइयो ।

जे होस्, तिलिचो तालको भ्रमण गरेपछि मैले राजा महेन्द्रलाई सम्झिएँ । राजाले रारा तालको सौन्दर्य देखेपछि उतिबेलै ‘राराकी अप्सरा’ शीर्षकमा कविता नै रचेका थिए । म त रारा र तिलिचो दुवै तालको भ्रमण गरिसकेको पत्रकार । मलाई लाग्यो, राजा महेन्द्र कतै तिलिचो भ्रमणमा नगएका रहेछन् कि ? यदि बाह्रै महिना हिउँको शुभ्र घुम्टो ओढिरहने हिउँवाला तिलिचोलाई देखेर राजाले लेख्ने थिए, ‘मनाङकी मेनका’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Monte-Carlo – Die Glücksmeister des Casinoklassikers

Browinner – Tytuł Gier Zakładów Hasłem Księgi Rekordu

Curiosità e spingranny online, una guida completa per appassionati del gaming innovativo

Experiências únicas do jogo online com roulettino casino e apostas seguras e emocionantes

Genuine opportunities unfold around spinogambino casino for seasoned players and newcomers alike

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुरमा रहेकाे घण्टा घर संचालनका लागि नगर प्रमुख सहितकाे टाेलीले अनुगमन

टीकापुर/टीकापुरमा रहेकाे घण्टा घर संचालनका लागि नगर प्रमुख सहितकाे टाेलीले अनुगमन गरेकाे छ । शुक्रबार नगर प्रमुख रामलाल डगाैरा थारु लगायत प्राविधिक तथा उद्योग बाणिज्य

अझै पढ्नुहोस्