कैलालीमा अपराधका घटनाहरु बढ्न थालेको भन्दै सरोकारवालाको चिन्ता

शेयेर गर्नुहोस


धनगढी /कैलाली जिल्लामा अपराधका घटनाहरु बढ्न थालेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विहीबार कैलाली जिल्ला अदालतको जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा सहभागी वक्ताहरुले सो चिन्ता व्यक्त गरेका हुन ।


कैलालीमा बढी जसो अपराधका घटनाहरु लागूपदार्थ दुव्र्यसनीका कारणले हुने गरेको जिल्ला अदालत कैलालीका प्रमुख जिल्ला न्यायधीश तथा जिल्ला न्याय क्षेत्र समन्वय समितिका अध्यक्ष भुवनसिंह थापाले बताउनु भयो ।

उहाँले घटनास्थलमा तयार पारिने घटना विवरणसहितको कागजात सही र तथ्य भए सोही अनुसार न्याय दिइने भएकाले सत्य तथ्य विवरण दिन प्रहरी प्रशासनलाई सबैले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । सडक, बजार क्षेत्र तथा भिडभाड हुने ठाउँमा सिसी टिभी क्यामेरा जोडिएमा त्यसले पनि अपराध न्यूनीकरणमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।


बैठकमा जिल्ला अदालतका न्यायाधीश दीपेन्द्रनाथ योगीले अहिलेको विषम परिस्थितिमा जिल्ला अदालतले आवश्यक सामग्रीहरुको अभावमा पनि न्यायीक सेवालाई चुस्त दुरुस्त गर्न लागि परेको बताउनुभयो । उहाँले अदालत एक्लैले केही गर्न नसक्ने भएकाले सबै संयन्त्र सक्रिय भएर न्याय प्रणालीलाई सहयोग गर्नुपर्ने बताउनुभयो । बैठकमा अर्का न्यायाधीश हरिसिंह धामीले अदालतमा परेका मुद्दाको प्रकृति हेरेरै कैलालीको अवस्था छर्लङ्ग देखिएको बताउनुभयो । कैलालीमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा बढीरहेकाले कैलालीको पारिवारिक अवस्था नाजुक देखिएको उहाँले बताउनुभयो । सम्बन्ध विच्छेदपछि कैलालीमा बैंकिङ कसुरका मुद्दा बढेका छन् ।

बैंकिङ कसुरका मुद्दाले यहाँको सामाजको आर्थिक अवस्था डामाडोल भएको देखिन्छ । तसर्थ समाजलाई राम्रो बनाउन यहाँका सरोकारवाला निकाय, नागरिक समाज, स्थानीय तहको पहिलो जिम्मेबारी रहेको उहाँले जोड दिनुभयो ।


जेनजी आन्दोलपछि अदालतमा आगजनी हुँदा जलेका कागजात तथा मिसिलहरु प्रमाणीकरण गर्न सुरुवात गरेको बताउँदै श्रेष्तेदार चेतराज पन्तले जिल्ला अदालतले न्यायीक काम कारबाही सुचारु गर्न र नागरिक प्रतिको उत्तरदायित्व तथा न्यायप्रति प्रतिवद्ध रहेको बताउनुभयो ।

बैठकमा वैतनिक वकील रेणु प्रधानले आगजनी हुँदा न्याय सम्पादन प्रक्रियामा समस्या भइरहेकोले सेवाग्राही अलमलमा परिरहेको बताउनुभयो । बैठकमा प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, सरकारी वकील कार्यालयका जिल्ला न्यायधिवक्ता भानदेव जोशी, डिभिजन वन कार्यालय कैलालीका डिभिजनल प्रमुख कृष्णदत्त भट्ट, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रहरी प्रमुख, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Winplace Casino Slot Experience

Odins Fortune Casino Slot Game Experience

Sfida la Fortuna con i Giocchi da Casinò di DailySpins Casino

El Juego de Dinero con Préstamos Rápidos en México, un Servicio Ofrecido por MoneyPanda

Amonbet Casino Slot Experience Overview

The Luckymister Slot Machine Experience in Las Vegas Casinos

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Оптимизация мобильной версии Pinco от десктопной для пользователей

Оптимизация мобильной версии Pinco от десктопной для пользователей В эпоху быстрого технологического прогресса важность оптимизации мобильной версии сайта становитcя всё более очевидной. В этой статье

अझै पढ्नुहोस्