कैलालीमा मौलाउँदो अपराध, सुरक्षा चुनौती बढ्यो

शेयेर गर्नुहोस

पछिल्ला केही दिनयता कैलालीमा असुरक्षा बढ्न थालेको छ । दैनिकरुपमा अपराधिक गतिविधि बढ्न थालेपछि आम नागरिकले असुरक्षा महसुस गर्न थालेका छन् ।

दिनदहाडै धारिलो हतियार प्रयोग गरी आक्रमण गर्ने, लुटपाट गर्ने तथा ग्याङ फाइट गर्ने जस्ता अपराधिक घटना बढ्दै गएका छन् । कैलालीमा कर्तव्य ज्यान, बलात्कार, चोरी डकैती, तस्करी तथा सामूहमा झै झगडा जस्ता अपराध बढ्दै गएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ््कले देखाउँछ । 

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०८०/८१ मा कर्तव्य ज्यानका ११, ज्यान मार्ने उद्योगका २६, जबरजस्ती करणीका ८७, लागू औषधका ३१५ र सार्वजनिक अपराधका ३५१ घटना दर्ता भएका छन् ।

 यस्तै आर्थिक वर्ष ०८१/८२ मा कर्तव्य ज्यानका १५, ज्यान मार्ने उद्योगका ३९, लागू औषधका ४६९ र जबरजस्ती करणीका ८७ घटना भएका छन् । 

अपराधिक घटना बढ््दै गएपछि शान्ति सुरक्षा  मजबुद गर्न  बिशेष पहल थालिएको कैलालीका प्रमुख जिल्ला अधिकारी  कृष्ण प्रसाद लम्सालले सत्ती कर्णाली न्युज डटकमलाई बताए । उनले अपराधिक घटना कम गर्न  थप प्रहरी परिचालन गरिएको समेत बताए ।

कैलालीमा पछिल्लो समयमा बढिरहको अपराधिक गतिविधिले समाजमा डर त्रासको भय सिर्जना भइरहेको छ । कैलालीमा सुरक्षा चुनौति थपीएको भन्दै यसलाई नियन्त्रण गर्न सरोकारवालहरुले जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

What is Cadabrus Casino: Overview and Features

Betoro – Gewinne ohne Grenzen erzielen bei jedem Spielzug

Features and Overview of LeoVegas Casino Online Gaming Platform

Aktuelle Strategien und Details rund um bets24 für kluge Sportwetten zu finden

What is ComeOn Casino?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर ७ काे दशै मिलन तथा सांस्कृतिक कार्यक्रममा दुई पत्रकार सहित ८ जना सम्मानित

टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ७ काे आयाेजनामा दशै मिलन तथा सांस्कृतिक कार्यक्रम गरेकाे छ । नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश सदस्य तथा

अझै पढ्नुहोस्
समाचार

अतिक्रमण क्षेत्रमा गएर फुलमाला लगाउदै बन मन्त्री

जमुना न्युरे,धनगढी/सुदूरपश्चिम प्रदेशको उधोग पर्यटन वन तथा वातावरण मन्त्रालयका मन्त्री लक्ष्मण किसोर चौधरीले कैलाली जिल्लाको भजनी नगरपालिका वडा १ रहेको मोहन्याल सामुदायिक बनमा वन कार्यलय

अझै पढ्नुहोस्