TRENDING
Online Gambling Enterprise Canadian Payment Techniques: A Comprehensive Overview
Play Blackjack for Fun: An Overview to Enjoying the Classic Gambling Establishment Video Game
Casino Sites That Approve PayPal: A Guide to Protect and Convenient Online Betting
Penny Slot Machine Online: An Ultimate Overview for Casino Enthusiasts
Next
Prev

धनगढीमा काँग्रेस नेतृत्त्वबीच राष्ट्रिय राजनीति र पार्टी एकताबारे छलफल

शेयेर गर्नुहोस

धनगढी/धनगढीमा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशस्तरीय नेतृत्त्वबीच महत्वपूर्ण राजनीतिक छलफल सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको संयोजनमा भएको उक्त छलफलमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेश कार्यवाहक सभापति, राष्ट्रिय सभाका सांसद, प्रदेश सरकारका मन्त्री, पार्टीका प्रदेशस्तरीय पदाधिकारी, कैलाली–कञ्चनपुरका जिल्ला सभापति, प्रदेशसभा सदस्य र जिल्लास्तरीय पदाधिकारीहरुको सक्रिय सहभागिता रहेको थियो ।

बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको परिस्थिति, संघीय लोकतान्त्रिक व्यवस्थाको कार्यान्वयन र पार्टी संगठनलाई अझ सुदृढ बनाउने विषयमा गहन छलफल गरिएको थियो । सहभागी नेताहरुले मुलुक अहिले जटिल राजनीतिक मोडमा रहेको भन्दै लोकतन्त्रको रक्षा, संविधान कार्यान्वयन र सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागि काँग्रेसलाई अझ जिम्मेवार र एकताबद्ध भएर अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।

नेताहरुले पार्टीभित्र देखिएका असन्तुष्टि र अन्तरविरोधलाई अन्त्य गर्दै आन्तरिक जीवनमा मजबुत एकता कायम गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् । छलफलमा प्रदेश सरकारका मन्त्रीहरुले आफ्ना अनुभव र योजना प्रस्तुत गरेका थिए भने सांसद तथा जिल्लास्तरीय नेताहरुले स्थानीय स्तरका जनचासोका विषयमा धारणा राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले नेपाली काँग्रेसको बलियो संगठनात्मक एकता नै लोकतन्त्रको स्थायित्व र जनताको विश्वासको आधार हुने बताए । उनले सुदूरपश्चिम प्रदेशमा काँग्रेसलाई अझ प्रभावकारी बनाउँदै विकास, सुशासन र समृद्धिको मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी सहभागी नेताहरुले नियमित संवाद, सहकार्य र सामूहिक निर्णय प्रक्रियामार्फत पार्टीलाई मजबुत बनाउनुपर्ने निष्कर्ष निकालेका छन् । छलफल सकारात्मक र परिणाममुखी रहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर गर्ने सहमति गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Online Gambling Enterprise Canadian Payment Techniques: A Comprehensive Overview

Play Blackjack for Fun: An Overview to Enjoying the Classic Gambling Establishment Video Game

Casino Sites That Approve PayPal: A Guide to Protect and Convenient Online Betting

Penny Slot Machine Online: An Ultimate Overview for Casino Enthusiasts

Free Casino Site Slot Gamings for Enjoyable: Appreciate the Thrills without Investing a Penny

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दिलिप पेस्तोल, गोली, जरायोको सिङ सहित प्रकाउ

भजनी,कैलालीको भजनी नगरपालिका–९ आमबारि मा अवैध हातहतियार लुकाएर राखेको सूचनाका आधारमा प्रहरीले छापा मारेको छ। दिलिप कार्कीको घरमा खानतलासी गर्दा पेस्तोल, गोली, जरायोको सिङदेखि मयुरको

अझै पढ्नुहोस्
समाचार

घाइतेको घाउमा स्थानीयकाे आर्थिक सहयाेगले मलमपट्टि

टीकापुर/केैलालीकाे टीकापुर नगरपालिका वडा नं. १ व्यवसायक्षेत्रका दिनेश बटाला मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । घाइते बटलाकाे घरकाे आर्थिक अवस्था कम्जोर भएका कारण

अझै पढ्नुहोस्
Highlights

असाेज ३१ गते सुदुरपश्चिममा सार्वजनिक बिदा

टीकापुर/भाेली असाेज ३१ गते सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएकाे छ ।बैषाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार प्रदेशभर असाेज ३१ गते पनि

अझै पढ्नुहोस्