गतल मनसायबाट विनियोजित बजेट कार्यान्वयन हुन्न: मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले गतल मनसायबाट विनियोजित बजेट कार्यान्वयन नहुँने धनगढीमा एक कार्यक्रममा बताए ।

शुक्रबार धनगढीमा नेपाल वन प्राविधिक संघ प्रदेश कार्य समित सुदूरपश्चिमको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।

“बजेट भित्र समेटिएका कुनैपनि कार्यक्रम, कुनैपनि योजना चलखेलका आधारमा, लेनदेनका आधारमा, अनावश्यक रुपमा वा आवश्यकता नभएका ठाउँमा बजेट विनियोजन भएको छ, भने त्यो कुनैपनि कार्यान्वयन हुँदैन,” मुख्यमन्त्री शाहले भने “हामी आफूले आफूलाई वर्तमान परिपेक्षमा बुझ्न सकेनौ भने मुलुकको जिम्मेवारी र कर्तव्य के हो भन्ने बुझ्न सकेनौ भने हामीमाथि निरन्तर प्रश्नहरू आइरहनेछन्, उठिरहनेछन् सबैमा सचेत हुन र समयमा आफूलाई परिमार्जन गर्न जरुरी छ ।


बजेटका निर्माणका समयमा धेरै टिक्का टिप्पणीहरु आए, कुनै आग्रह वा कुनै पूर्वाग्रहले आएका हुनसक्छन म त्यतातिर जान्न, तर सहि के हो गलत के हो त्यो विश्लेषण गर्ने जिम्मेवारी तपाईहरुको काँधमा छ, सहि विश्लेषण गरी मलाई रिपोर्टिङ गर्नुहोला, मुख्यमन्त्री शाहले भन्नुभयो म त्यसलाई गम्भिरता पूर्वक लिन्छु। “हामी सबै जिम्मेवार बनौ,” मुख्यमन्त्री शाहले भने “सबैले विधि, प्रक्रिया र पद्धतिलाई स्थापित गर्दै अगाडि बढ्न र इमान्दारीका काम गर्नु पर्दछ। साथै उहाँले सही मार्ग र सही पथमा आफूलाई उभ्याउँदै गर्दा एउटा मित्रका हिसाबले, एउटा नेतृत्व हिसाबले र एउटा सरकारका हिसाबले सधै जनताको पक्षमा रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै उधोग ,पर्यटन , वन तथा वातावरण मन्त्रालयका सचिब दिर्घ नारायण कोइरालाले भने नव निर्वाचित कार्यसमितिलाई बधाइ दिदै भने यो मन्त्रालय सुदूरपश्चिम प्रदेश सात मन्त्रालय भन्दा बढी जनता सङ्ग बढी सरोकार राख्ने मन्त्रालय हो काम लाई सेवाको रुपमा हेर्नू पर्ने , आउने दिनहरु वन मन्त्रालय बारेमा टीका टिप्पणी कसैले नर्गर्ने गरि काम गर्न सुझाब दिएका थिय ।
कार्यक्रममा नव निर्वाचित कार्यसमितिलाई सपथ तथा प्रमाणपत्र वितरण गरियको निर्वाचन अधिकृत तथा प्रदेश वन निर्देशक हेम राज बिष्टले जानकारी दिए ।

बैशाख २० गते भएको निर्वाचनमा प्रदेध अध्यक्ष रामवतार चौधरी , उपाध्यक्ष गणेश त्रीपाठ्ठी , खुल्ला सचिब दिनेश यादब , महिला सचिब शुस्मा ढकाल , कोषाध्यक्ष रामचन्द्र अवस्थी , सदस्यहरु रबिना पन्थी , अनिशा मरहट्टा , बिमल चन्द ,भरत शाह र शृजना चौधरी बिजय भएका थिए ।

ताजा खबर

Roulette Low Stakes Australia High RTP: A Comprehensive Review

Le Tower Rush Jeu Des Tour Eiffel Roulette

Ce este Chicken Road? Definiția și caracteristicile jocului de noroc.

Information on Redbet Casino Online Gaming Platform Features and Services.

Juegos de Azar en Coolcat Casino Online Seguros y Fáciles

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सबडिभिजन बन कार्यालय पन्डौनको भवन उदघाटन

जमुना न्युरे,पण्डौन/कैलाली जिल्लाको मोहन्याल गाउँ पालिका वडा ४ खिमडिमा सब डिभिजन बन कार्यलय पन्डौनको नव निमिर्त भवन आज एक कार्यक्रम बिच उदघाटन गरिएको छ ।

अझै पढ्नुहोस्