ईद पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने छ : प्रदेश प्रमुख मियाँ

शेयेर गर्नुहोस


कैलाली /सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले ईद पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल फित्र अर्थात् ईद पर्वको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रदेश प्रमुख मियाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन् ।


एक आपसमा रहेको रिस, राग बिर्सेर एक आपसमा खुसी साटासाट एवं शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव ,भाइचारा र पारिवारिक मिलनको रुपमा खुसी र हर्ष उल्लासपूर्वक ईद पर्व मनाउनु पर्ने प्रदेश प्रमुखको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।


‘यस पर्वले सम्पूर्ण नेपालीहरूका बिचमा आपसी सद्भाव, समझदारी ,समन्वय मेलमिलाप एवं भाइचाराको भावनाका बढाउनुका साथै राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ’उनले भनेका छन् ।
इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै संसारभरका मुस्लिम समुदायले आज ईद उल फित्र अर्थात् ईद मनाउँदै छन्। हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान–प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ ।


नेपालमा सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा सार्वजनिक बिदा दिएर यसलाई राष्ट्रिय पर्वको रूपमै महत्त्व दिएको छ । ईद अल–फित्र इस्लाम धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व मानिन्छ, जुन रमजान महिनाको समाप्तिको संकेतस्वरूप मनाइन्छ। रमजानको अवधिमा धर्मनिष्ठ मुस्लिमहरूले प्रत्येक दिन बिहानको झिसमिसेदेखि साँझको सूर्यास्तसम्म रोजा (उपवास) राख्ने गर्छन्।

यो महिना ईबादत, दान–पुण्य र सदाचारका लागि विशेष मानिन्छ। यस अवधिमा रोजा खोलेर परिवार र मित्रसँग रमाइलो गर्ने परम्परा पनि रहिआएको छ भने आफ्नो गक्षअनुसार दान दक्षिणा गरेर पुन्य कमाउने काम पनि अधिक हुन्छ।
सामान्यतया इद को अर्थ खुसी हो। एक महिना रमजानको व्रत बसेको र यस महिनामा आफूलाई इस्लाम धर्मले वर्जित गरेको कामबाट अलग राख्न सकेको तथा धेरै भन्दा भन्दा धेरै पुन्यको काम गरेको खुसीमा ईदको खुसीयाली मनाउने गरिन्छ ।

विशेषगरि बिहान नुहाएर सफा र पवित्र भएर मानिसहरू नजिकैको खुला मैदान वा तोकिएको खुला स्थानमा पुगेर ईदको नमाज पढ्ने गर्दछन्। ईदको नमाज पढेपश्चात् मानिसहरू एक आपसमा गला मिलाएर एक अर्कालाई ईदको शुभकामना दिने गर्दछन् भने एक अर्कासँग माफी लिने दिने गर्दछन्।

ताजा खबर

Casino Online Dinheiro Real Pix: Tudo o que você precisa saber

कैलालीमा कांग्रेसको आजदेखि नगर अधिवेशन सुरु

Cassino Online Dinheiro Real Pix: Tudo o que você precisa saber

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सेती राजमार्गको ट्र्याक खोल्ने बिषयमा छलफल सहित अनुगमन

सुखड/सुदुरपस्चिम प्रदेशको राष्ट्रिय गौरवको आयोजना सेती राजमार्गको ट्र्याक खोल्ने बिषयमा छलफल सहित अनुगमन गरिएको छ । अछाम निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य

अझै पढ्नुहोस्